आर्थिक 📈

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार साढे ५ अर्बमा सिमित

काठमाडौं, २ असोज । सेयर बजारको ओरालो लागेको यात्रा रोकिएको छैन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजारमा गिरावट भएको छ । दुई उपसमूह बाहेक जम्मैका सूचकांकहरु राताम्मै भएका छन् । यसका साथै कारोबकार रकम पनि घटेर साढे ५ अर्बको हाराहारीमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा झरेको छ । नेप्सेमा ०.१५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले घटेर ४५९.९२ विन्दुमा झरेको छ । १३ उपसमूहहरुमध्ये… पुरा पढौ

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा

काठमाडाैं, २ असाेज। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा गरिएकाे छ । प्रभु बैंक लिमिटेड कोष प्रवर्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यी २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको हो । प्रभु क्यापिटलको भदो ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक २०८०-८१ का लागि २ वटै म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश दिने निर्णय भएकाे जनाइएकाे छ। बैठककाे निर्णय अनुसार प्रभु सेलेक्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीहरुलाई… पुरा पढौ

बुधबार सुनचाँदीको भाउमा सामान्य गिरावट

काठमाडौं, २ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य तवरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलामा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ १५ ले घटेको जानकारी गराएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा आज रुपैयाँ… पुरा पढौ

नेपाल ल्यूब आयलको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडौं, २ असाेज । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गर्ने जानकारी गराएकाे छ । सरकारले असोज ३ गते भाेलि संविधान दिवसको अवसरमा सार्वजनिक विदा दिने हुनाले सेयर बजारकाे काराे नहुने भएकाेले सेयरधनीहरुले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउने र साधारण सभामा भाग लिन सक्नेछन्।  नेपाल ल्यूब आयलले गत वर्षको… पुरा पढौ

नेपाल र बङ्गलादेशबीच आर्थिक सहकार्य र साझेदारीमा जोड

काठमाडौं, २ असोज । नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ । बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग भएको शिष्टाचार भेटमा द्विदेशीय सम्बन्धलाई नवीकृत गर्दैै आर्थिक सहकार्य र साझेदारीमा जोड दिएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश… पुरा पढौ

महासङ्घकाे ‘स्टार्टअप’ नीति पारित, साना तथा मझौला उद्योग प्रवर्द्धन गरिने

काठमाडौं, २ असोज । नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताए। तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उनाले कैलालीमा प्रदेश सरकारसँगको सहकार्यमा चाँडै ‘इन्कुवेसन’ केन्द्र स्थापना गरिने बताए। साना तथा मझौला उद्यमीका लागि ‘एसएमई’ विकास केन्द्र महासङ्घमा स्थापना गरिने जानकारी दिँदै अध्यक्ष ढकालले यसको प्रभावकारी सञ्चालनको… पुरा पढौ

अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । साथै मङ्गलबार युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६०… पुरा पढौ

पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

काठमाडौं, २ असोज । भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदायको सहआयोजनामा गत भदौ २७ र २८ गते सो सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनबाट प्राप्त भएको निष्कर्षलाई सुत्रबद्ध गरेर सरकारलाई बुझाइने आयोजकमध्येको एक… पुरा पढौ

पढाइ स्नातकोत्तर, काम भेडा चराउने

खोटाङ, १ असोज । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भयो । कतिपयले त पढेको मान्छेले यस्तो काम पनि गर्छन् भनेर हेयको दृष्टिले पनि हेर्छन् तर केपिलासगढी गाउँपालिका–१ तेराहाका लक्ष्मण साम्पाङ ‘समिप’ लाई त्यसको प्रवाह छैन । उनी पाँच सय बढी भेडाको बथानमै रमाइरहेका छन्। राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण साम्पाङले विगत पाँच वर्षदेखि मुन्धुम भेडापालन फार्म दर्ता गरेर व्यावसायिक रुपमा भेडापालन व्यवसायमा रमाइरहेका छन् । हाल… पुरा पढौ

सुनमा ६ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, १ असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय र चाँदीमा रुपैयाँ १० ले घटेको जानकारी दिएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेर… पुरा पढौ