आर्थिक 📈

यसकारण सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

वीरगञ्ज (पर्सा), १० भदौ । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१÷८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो । भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले… पुरा पढौ

आज सार्वजनिक विदा: सेयर बजार, बैंक-वित्तीय संस्था बन्द

काठमाडौं, १० भदाै । सार्बजनिक बिदाकाे कारण आज सेयर बजार तथा बैंक–वित्तीय संस्थाकाे काराेबार बन्द हुने भएकाे छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारण सरकारी कार्यालय र सेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका हुन्। बिदापछि अब सेयर बजारकाे काराेबार भाेलि मंगलबार बिहान ११ बजे खुल्नेछ । बैंक–वित्तीय संस्थाहरु पनि मंगलबार नै नियमितरुपमा सन्चालनमा आउनेछन् । पुरा पढौ

नेप्सेमा ७९.८८ अंकको गिरावट, पौने २० अर्बको कारोबार

काठमाडौं, ९ भदौ । आईतबार सेयर बजारमा भारि गिरावट भएको छ । कारोबारमा सन्तोष लिने ठाउँ भएपनि माइक्रोफाइनान्स बाहेक सबै उपसमूहहरु राताम्मै भएका छन् । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावटले लगानीकर्तालाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ । यसदिनको प्रि ओपन सेसन सकारात्मक भएपनि क्लोजिङ भने सकारात्मक नभई करेक्सनमा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा भारि गिरावट भएको छ । नेप्सेमा ७९.८८ अंकले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १४.५२ अंकले घटेर… पुरा पढौ

वीरगञ्ज भन्सारमा साउनमा पाैने ५ अर्बकाे राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ९ भदौ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा १२.६० अंककाे बृद्धि

काठमाडाैं, ९ भदाै । साताको सेयर काराेबार हुने पहिलो दिन आइतबार आज सेयर बजारकाे लय सकारात्मक भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार प्रि ओपन सेसनमा नेप्से परिसूचक १२.६० अंकले बढेको छ। साताकाे अन्तिम काराेबार भएकाे दिन बिहीबार नेप्सेमा ६.०१ अंककाे बृद्धि भएर २९७४.४६ विन्दुमा अडिएकाे थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १२.६० अंक बढेर २९८७.०६ विन्दुमा रहेकाे छ। सेन्सेटिभ इण्डेक्स २.३४ अंकले बढेको छ। यस प्रि ओपन सेसनमा १०७ वटा कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे… पुरा पढौ

आज सुनमा रु १ हजारले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ९ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ३५ ले भाउ बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीमा रुपैयाँ ३५ ले भाउ बढेर तोलाको १ हजार… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ स्थिर

काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै यूरोको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ९३… पुरा पढौ

महासंघले कार्यविधि २०६८ तत्काल परिमार्जन गर्न माग गर्दै राष्ट्र बैंकलाई बुझायाे ज्ञापनपत्र

काठमाडौं, ९ भदाै । नेपाल सुनचाँदी  व्यवसायी महासंघले सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि २०६८’ तत्काल परिमार्जन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा गएको टोलीले साे कार्यविधि परिमार्जन गरेर समसामयिक बनाउन माग गरेकाे छ । अध्यक्ष रसाइलीले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई १४ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । २०६८ सालमा जारी भएको ‘सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि २०६८’ अव्यवहारिक भएको महासंघले जनाएकाे छ । उक्त समयदेखि सुनचाँदी… पुरा पढौ

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी

त्रिशूली (नुवाकोट), ९ भदौ । तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ । तीज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्री कक्षमार्फत उद्यमी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सचिव मधुसुदन थपलियाले जानकारी दिए। सचिव थपलियाका अनुसार तीजपर्व सुरु हुनुभन्दा धेरैअघिदेखि उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीबाट उद्यमी र उपभोक्ता दुवै पक्ष लाभान्वित भएका छन् । “प्रदर्शनीमा… पुरा पढौ

बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

वीरगञ्ज (पर्सा), ९ भदौ । मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् रु दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रकम पुँजीगत खर्च गरेका छन् । मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा स्थानीय तहका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर रु तीन अर्ब ७० करोड ८० लाख सात हजार तीन सय ७० रकम… पुरा पढौ