आर्थिक 📈

यी दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ११ भदाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । सीइडीबी हाइड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता तथा मैलुङ खोलाको ८१ हजार ७६८.२४ कित्ता बोनस सेयर सूचीकृत भएकाे नेप्सेले जनाएको छ । सीइडीबी हाइड्रोपावरले सेयरधनीहरूलाई ११ प्रतिशत बोनस सेयर वितरण गरेकाे थियाे । यस्तै मैलुङ खोलाले २.२२ प्रतिशत बोनस सेयर वितरण गरेकाे थियाे । नेप्सेमा साेहि सेयर सूचीकृत गरिएकाे हो । नेप्सेमा सूचीकृत साे सेयर डिम्याटमा… पुरा पढौ

एसियन लाइफको संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ११ भदाै । एसियन लाइफ इन्स्याेरेन्सकाे संस्थापक सेयर लिलामीका लागि आवेदन बुझाउने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साउन ३२ गतेदेखि आवेदन खुल्ला गरेकाे थियाे । कम्पनीले ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएकाे थियाे । यसमा आज कार्यालय खुल्ने अवधिभर आवेदन दिन पाइनेछ । सेयर लिलामीमा आवेदन दिन चाहने व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्ने भएका छन् । सेयरकाे मूल्य प्रतिकित्ता रूपैयाँ २७५ रुपैयाँ तोकिएको छ । यसमा लगानी गर्न चाहने लगानीकर्ताले… पुरा पढौ

मंगलबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, ११ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन आईतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो । चाँदीको भाउमा यसदिन तोलामा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ८ सय… पुरा पढौ

आज अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, ११ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ९५ पैसा र बिक्रिदर १… पुरा पढौ

काभ्रेको खानीखोलामा ‘एक-घर-एक धारा’ योजना सम्पन्न

काभ्रेपलाञ्चोक, ११ भदौ । काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरघै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी उपलब्ध गराएको जनाइएको छ । योजना सम्पन्न भएपछि यही भदौमा दुई चरणमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङद्वारा शुभारम्भ गरिएको हो । गाउँपालिकाको वडा नं ३ र ४ मा १ सय ७८ धारा निर्माण सम्पन्न भएको छ भने वडा नं ५ मा एक… पुरा पढौ

देशकै पुरानो भद्रपुर नाकाबाट वर्षाैदेखि निर्यात शून्य

झापा, ११ भदौ । विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर विसं २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको हो । मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढेको छ । तर,… पुरा पढौ

अवकाशप्राप्त इञ्जिनियर चौधरी कृषि कर्ममा रमाउदै

सिरहा, ११ भदौ । जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर)बाट दुई वर्षअघि अवकाश भएयता लहान–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् । अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उनले सुनाए। उमेरले छ दशक पूरा गरेका उनको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् । उनले लहान बजारबाट १० किलोमितर उत्तरतर्फ चुरेको काखमा अवस्थित करिब चार बिघा आफ्नै जमिनमा ‘कालिका कृषि फर्म’ दर्ता गरी ड्रागन फ्रुट, आँप,… पुरा पढौ

जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी

काठमाडौं, १० भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दि, व्यापार घाटा, उद्योग तथा व्यावसायीक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । काठमाडौँमा आज आयोजना गरिएको सुदूरपश्चिम समाजको १५औँ साधारणसभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताए । उनले भने, “नेपालको उद्यमसिलता र औधोगिक क्षेत्रको विकास गर्न मैले ध्यान केन्द्रीत गरेको छु ।” मन्त्री भण्डारीले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले राष्ट्रिय… पुरा पढौ

सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट

काठमाडौं, १० भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।छापावाल सुनमा यसदिन रुपैयाँ तथा चाँदी रुपैयाँ १० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, १० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै यूरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ९३ पैसा र… पुरा पढौ