आर्थिक 📈

सनराइज फर्स्ट म्युचुअल र फोकस्ड इक्विटी फण्डको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडाैं, ६ भदौ ६ । सनराइज फर्स्ट म्युचुअल र फोकस्ड इक्विटी फण्डका इकाईधनीहरुका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । लाभांश पाउन इकाईधनीहरुले आजसम्म सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको प्रतिफल सुरक्षित गरिसक्नु पर्नेछ । दुबै फण्डहरुले शुक्रबार भदौ ७ गते बुकक्लोज गर्ने बताएका छन्। इकाईधनीहरुले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरुले मात्रै फण्डहरुबाट वितरण हुने प्रतिफल पाउन सक्नेछन्। सनराइज फर्स्ट म्युचुअल फण्ड सनराइज म्युचुअल फण्ड… पुरा पढौ

लोमान्थाङका २ सय १० परिवारलाई विद्युतीय चुलो वितरण

म्याग्दी, ६ भदौ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ ।दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ । उनले भने, “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हाैं ।” अध्यक्ष गुरुङ र… पुरा पढौ

महासङ्घको रु १० अर्बको लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने : अध्यक्ष ढकाल

काठमाडौं, ५ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ । आज आयोजित ‘स्टार्टअप नेसन २०३०’ को उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रु १० अर्ब पुँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै यो कम्पनीले नवप्रवर्तन र उद्यमशीलता विकासमा लगानी गर्ने जानकारी दिए। यो कम्पनी स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले कम्पनीमा लगानी गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक लगानीसँगै प्रत्यक्ष वैदेशिक… पुरा पढौ

नेप्सेमा सामान्य अङ्कको वृद्धि, करिब १९ अर्बकाे काराेबार

काठमाडौं, ५ भदौ । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारमा सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २.११ अङ्कले बढेर २९६८.४४ को बिन्दुमा रहेकाे छ । आज ३ सय ३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयरकाे काराेबार भएकाे छ। सेयर २ लाख १४ हजार ३ सय १९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९ सय ९२ बराबरको कारोबार भएको छ। आजको कारोबारमा बैंकिङ… पुरा पढौ

दूध नपाउँदा चितवन मिल्क चार महिनादेखि बन्द

चितवन, ५ भदौ । दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । दूध नपाएपछि गएको वैशाखबाट उद्योग बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो । भरतपुर महानगरपालिका वडा नं १ ठिमुरामा उद्योग रहेको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घ संस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको बताए। एक पटक सञ्चालन गर्नका लागि कम्तीमा… पुरा पढौ

बुधबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबकार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ८… पुरा पढौ

नेपाल पुनर्बीमा कम्पनीमा लगानीकाे अवसर, संस्थापक सेयर खरिदका लागि आवेदन माग

काठमाडाैं, ५ भदाै । नेपाल पुनर्बीमा कम्पनीले ७ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । विशाल ग्रुपकाे स्वामित्वमा रहेको ७ लाख कित्ता सेयर लिलाम बिक्री गरिने भएकाे हाे । सेयरमा विद्यमान संस्थापकहरुले आवेदन दिन पाउनेछन्। यसका लागि आजदेखि असोज ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने बताइएकाे छ। कम्पनीले सेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकेको छ। सेयर खरिद गर्न चाहनेले ताेकिएकाे मूल्यभन्दा बढी मूल्य राखेर आवेदन दिन सक्नेछन्। बोलकबोलमा सामेल हुनेले घटीमा १ लाख कित्ता र बढीमा सबै… पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

काठमाडौं, ५ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रिदर १… पुरा पढौ

‘ड्रागनफ्रुट’ खेतीप्रति किसानकाे आकर्षण बढ्दै

फिक्कल (इलाम), ५ भदौ । पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् । एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उनले फलेका फल बेचेर रु आठ लाख र बिरुवा बिक्रीबाट रु चार लाख आम्दानी गरेका हुन्। “गत वर्षसम्म फल र बिरुवाबाट रु १२ लाख आम्दानी… पुरा पढौ

हुप्सेकोटमा २५६ छोरीलाई ५ हजारसहितको बैङ्क खाता उपहार

मध्यविन्दु (नवलपरासी), ५ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले हालसम्म दुई सय ५६ जना बालिकालाई रु पाँच हजारसहितको बैङ्क खाता उपहार दिएको जनाएको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा सो सङ्ख्यामा बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो । आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हालसम्म त्यसप्रकारका बैंक खातामा रु १२ लाख ८० हजार जम्मा… पुरा पढौ