आर्थिक 📈

वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्ब घटाइयो

वीरगञ्ज (पर्सा), ५ भदौ । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन् । विभागले आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य रु २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो । विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८०/८१ मा रु दुई खर्ब ४५ अर्ब… पुरा पढौ

कालिका लघुवित्तको १५औं बार्षिकाेत्सव सम्पन्न

पाेखरा,४ भदाै । पाेखराकाे बुद्दचाेकमा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले १५औं बार्षिकाेत्सव कार्यक्रम सम्पन्न गरेकाे छ । १५औं बार्षिकाेत्सवका अवसरमा संस्थाले केन्द्रीय कार्यालय र अन्य १०० वटा शाखाहरूमा शान्तिकाे कामनासहित १५ वटा /१५ वटा दीप प्रज्वलन गरि बार्षिकाेत्सव मनाएकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलीले बताएका छन । साे अवसरमा संस्थालाइ यहासम्म पुर्याउन सहयाेग गर्नुहुने सम्पुर्ण ग्राहकबर्ग, शेयरधनी, नियमन निकाय तथा सुभेच्छुकप्रति कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड परिबारले कृतज्ञता समेत ब्यक्त गरेकाे छ । पुरा पढौ

वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ४ भदौ । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए । ‘‘साउन खासै धेरै वैदेशिक… पुरा पढौ

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो १ अर्ब ८९ करोड

चितवन, ४ भदौ। स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता १ अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ। यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो । पहिलो वर्ष ३२ हजार छ… पुरा पढौ

काँक्रोखेतीबाट मनग्य आम्दानी गर्दै किसान

इलाम, ४ भदौ । सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गरे। “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उनले भने, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।” काँक्रो लगाउँदा रु एक लाख ५० हजार खर्च भएको उनले बताए। “रु छ–सात लाख आम्दानी भयो होला”, उनले भने, “हाम्रो गाउँमा धेरै किसानले काँक्रो… पुरा पढौ

सुनकाे भाउ १ सयले घट्याे चाँदीमा भने बृद्धि

काठमाडौं, ४ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनको भाउ यस दिन रूपैयाँ १ सयले घटेको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले गिरावट भई तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर घटेको छ । साथै यूरोसहित अन्य केहीको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ… पुरा पढौ

आज पनि सार्वजनिक बिदा, सेयर बजारमा काराेबार नहुने

काठमाडौं, ४ भदाै । आज पनि सार्वजनिक बिदाकाे कारण सेयर बजारकाे काराेबार नहुने भएकाे छ । सेयर बजारका सथै बैंक तथा वित्तीय संस्थाकाे काराेबार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था तथा सरकाररी कार्यालयहरू पनि बन्द हुने भएका छन् । यसदिन गाईजात्रा पर्वकाे अवसरमा सरकारले काठमाडाैं उपत्यकामा सार्वजनिक विदा दिएकाे छ । बिदापछि अब सेयर बजार तथा बैंक, वित्तीय संस्थाकाे काराेबार भाेलि खुल्ने भएकाे छ । साेमबार पनि जनै पूर्णिमा परेकाेले सरकारले सार्वजनिक विदा दिएकाे थियाे । पुरा पढौ

भारतमा थप २५१ मेगावाट विद्युत् निर्यात गर्दै नेपाल

काठमाडौं, ३ भदौ । नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । दश जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् विहारलाई र दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप एक सय २५ दशमलव ८९ मेगावाट विद्युत् हरियाणा राज्यका… पुरा पढौ

धितोपत्र विधेयक, २०८१ सङ्घीय संसद्मा दर्ता, यी हुन् नयाँ व्यवस्था

काठमाडौं, ३ भदौ । धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्मा दर्ता भएको छ । प्रचलित धितोपत्र ऐन कार्यान्वयनमा आएको लामो समय भएको र पुँजी बजारमा आएको परिवर्तनसँगै नियामक निकाय एवं नियमन कार्यलाई थप प्रभावकारी बनाइ विद्यमान कानुनी व्यवस्था समयानुकूल संशोधन र परिमार्जन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । धितोपत्र निष्काशन र व्यवस्थित कारोबार तथा धितोपत्र बजारको प्रभावकारी नियमन गर्न विद्यमान कानुनी व्यवस्थालाई समसामयिक संशोधन गर्न आवश्यक भएकाले सरोकारवाला निकायको सहभागिता तथा… पुरा पढौ