आर्थिक 📈

सुनकाे भाउमा रु ३ सयले बृद्धि, चाँदीमा गिरावट

काठमाडौं, २४ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बृद्धि भएको जनाएको छ । चाँदीमा रुपैयाँ २० ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ४६ जार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनमा रुपैयाँ १४… पुरा पढौ

आज अमेरिकी डलर र यूराेकाे भाउ बढ्याे, अन्यकाे कति ?

काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ ४ पैसा र… पुरा पढौ

कृषिमन्त्री अधिकारीद्वारा कृषि लगानी दशकमा सहयोग गर्न आइफाड निर्देशकसंग आग्रह

काठमाडौं, २४ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) का एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक रिहाना राजाले भेटवार्ता गरेकी छन्। निर्देशक रिहाना राजा र कोषका प्रतिनिधिलाई मन्त्रालयमा स्वागत गर्दै मन्त्री अधिकारीले नेपालको कृषि क्षेत्रमा आइफाडले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गरे। नेपाल र आइफाडबीचको सम्बन्ध पुरानो र गहिरो रहेको उल्लेख गर्दै उनले यो सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे। आइफाडको सहयोगमा कृषि मन्त्रालयअन्र्तगत हाल कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपि) सञ्चालनमा रहेको… पुरा पढौ

यसकारण गण्डकीका यातायात कार्यालयको राजस्व घट्यो

म्याग्दी, २४ साउन । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब ६३ करोड २४ लाख पाँच सय २९ राजस्व सङ्कलन भएको छ । बागलुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा दुई वटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा रहेको यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । आव २०७८/७९ मा रु दुई अर्ब २४ करोड र २०७९/८० मा रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन… पुरा पढौ

करेक्सनको भोलिपल्टै नेप्से १०८.३५ अंकले बढ्याे, करिब १८ अर्बको कारोबार

काठमाडौं, २३ साउन । अघिल्लो दिन करेक्सन देखिएको नेप्सेमा भोलिपल्टै आज उकालोको यात्रामा गएको छ । मंगलार १४५ अंकको गिरावट भएको नेप्सेमा यसदिन १०८ अंकको बढोत्तरीले लगानीकर्ताहरु उत्साहित भएका छन् । हिजाेकाे टर्नओभर पाैने २४ अर्बकाे थियो । आज याे करिब १८ अर्बमा सिमित भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा चढेको छ । नेप्सेमा ४.०८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १८.९० अंकले बढेर ४८३.४६ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरुमा… पुरा पढौ

मेरोमाइक्रोफाइनान्स लघुवित्तकाे नाफा बढ्याे

काठमाडाैं, २३ साउन । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे नाफामा आकर्षक बृद्धि देखिएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा ३६२.५९ प्रतिशतले बढेकाे हाे । संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म रूपैयाँ २१ करोड ९५ लाख खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ३६२.५९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा संस्थाले रूपैया ४ करोड ७४ लाख खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानीमा सामान्य बढेकाे… पुरा पढौ

आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्रसचिव लम्सालको जोड

काठमाडौं, २३ साउ । नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा नेपाल सहभागी भएकाे छ । ओमानको राजधानी मस्कट पुगेकी परराष्ट्रसचिव सेवा लम्सालको अध्यक्षतामा मङ्गलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्यरत कर्मचारीको उपस्थितिमा श्रव्यदृश्यका माधयमबाट बैठक आयोजना गरिएकाे हाे । उक्त बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापन लगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा स्रोत–साधनको व्यवस्थापनबारे विस्तृत… पुरा पढौ

अमेरिकी डलरकाे भाउ बढ्याे, अन्यकाे कति ?

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ ३ पैसा र बिक्रिदर १… पुरा पढौ

नेप्सेमा उच्च अङ्ककाे गिरावट, २३ अर्ब ७१ करोड बढीकाे काराेबार

काठमाडौं, २२ साउन । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा उच्च अङ्ककाे गिरावट भएकाे छ । काराेबार रकम भने हालसम्मकै बढी भएकाे छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १ सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ… पुरा पढौ

काँक्रोको बीउ बचेर किसानले २ करोड भित्र्याउन सफल

पर्वत, २२ साउन । जलजला गाउँपालिका–७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर रु दुई करोड भित्र्याउन सफल भएका छन् । व्यावसायिक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बीउ उत्पादन गरेका हुन् । उनीहरुले भक्तपुर लोकल जातको काँक्रोखेती गरेका थिए । यसवर्ष यहाँ करिब दुई हजार किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले जानकारी दिए । गत वर्षभन्दा यसवर्ष उत्पादित बीउले राम्रो मूल्य पाएको उनले बताए। यहाँका किसानले विगत दुई दशकदेखि व्यावसायिक रुपमा काँक्रोको… पुरा पढौ