आर्थिक 📈

सुनमा रु २३ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, २२ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २३ सय तथा चाँदीमा रुपैयाँ ६० ले गिरावट भएको जनाएको छ ।छापावाल सुनमा रुपैयाँ २३ सयले घटेर तोलाको १ लाख ४७ हजार ७ सय कायम गरिएको छ । घसअघि सोमबार छापावाल सुन हालम्मकै उच्च भाउ तोलाको १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २३ सयले घटेर तोलाको १… पुरा पढौ

एचआईडिसिएलकाे १ करोड ६८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २२ साउन । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीका अनुसार अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभएको सेयर बिक्री गर्न लागिएकाे हाे । यसका लागि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न पाउने भएका छन्। लगानी गर्न चाहने लागनीकर्ताले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश दिनुपर्नेछ। न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकोमा लगानीकर्ताले सोहि दर वा त्याेन्दा… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्याे

काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोको भाउ पनि बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ८६ पैसा र… पुरा पढौ

नारायणी नदी तटबन्धनमा बजेट अभाव, ठेकेदारले पाएनन् ४० करोड भुक्तानी

चितवन, २२ साउन । नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो । गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने रु एक अर्ब १३ करोड ६४ लाखमध्ये रु ५७ करोड भुक्तानी गरिएको छ । पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको रु… पुरा पढौ

नेप्से २८ सयको विन्दु नजिक, २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं, २१ साउन । बिहिबार करेक्सन भएको सेयर बजार आज भने उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारको सकारात्मक लयले लगानीकर्ताहरु चलायनमान भइरहेकाे संकेत गरेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.४७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.९७ अंकले घटेर ४९१.७८ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको… पुरा पढौ

प्रभु बैंकको खुद नाफामा उछाल, यस्ता छन अन्य सूचक

काठमाडाैं, २१ साउन । प्रभु बैंककाे नाफामा उल्लेख्य बृद्धि भएकाे छ। बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य बृद्धि भएकाे देखिएकाे छ। असार महिनाकाे अन्त्य सम्ममा बैंकले ४ अर्ब ४८ करोड खुद नाफा गरेकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १४९९.०४ प्रतिशतले धेरै हो । बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि र इम्पेयरमेन्ट चार्ज भारी मात्रामा घटेकाेले नाफामा भारी मात्राकाे उछाल देखिएकाे हाे… पुरा पढौ

सुनको भाउमा नयाँ रेकर्ड-तोलाको डेढ लाख, चाँदीको स्थिर

काठमाडौं, २१ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यसदिन सुनचाँदीको कारोबारको इतिहासमै पहिलोपल्ट सुनको भाउ बढेर डेढ लाख पुगेको हाे । चाँदीकाे भाउ ने स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर हालसम्मकै नयाँ रेकर्ड बनाउदै तोलाको १ लाख ५० हजारमा कारोबार भईरहेको जनाएाे छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, २१ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ७१ पैसा र… पुरा पढौ

बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने सुजन पक्राउ

कास्की, २१ साउन । गत साउन १६ गते बिहान २ बजेतिर पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको सूचना प्रहरीकोमा पुग्यो । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको कमाण्डमा तत्कालै प्रहरी घटनास्थलमा तैनाथ भयो । लगत्तै सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि पुग्यो । सुरक्षाकर्मी र स्थानीयवासीले महानगरको दमकलको सहायताले एक घण्टाभित्रमा आगो पूर्ण रुपमा निभाए । नारेश्वरस्थित डा थानेश्वर पहारीको घर भाडामा लिएर पोखरा–१७ निवासी ३६ वर्षीय सुजन गहतराले सपिङ सेन्टर चलाएका थिए । प्रहरीसँगको… पुरा पढौ

आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको जनाएको छ । छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २ सयले घटेर तोलाको १… पुरा पढौ