आर्थिक 📈

सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडाैं, २३ भदाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) को १५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ २३ गते, मंगलबारका लागि बुकक्लोज गरेसँगै नेप्सेले bonus share समायोजन पछि नयाँ मूल्य ४५८ रुपैयाँ २६ पैसा कायम गरेको हो। नेप्सेले अघिल्लो कारोबार दिन (सोमबार) दोस्रो बजारमा कायम अन्तिम कारोबार मूल्य रु. ५२७ का आधारमा यो मूल्य समायोजन गरेको हो। यही समायोजित मूल्यलाई आधार मानेर भदौ… पुरा पढौ

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्याे एजिएम

काठमाडाैं, २३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा आउँदो असोज १६ गते, शुक्रबार नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौँमा बिहान ९ बजेदेखि सुरु हुनेछ। सभामा बैंकको हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिनेछ।… पुरा पढौ

आज अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २३ भदौ। नेपाल राष्ट्र बैङ्कअन्तर्गत बैङ्क तथा वित्तीय संस्था नियमन विभागले आज मङ्गलबार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने प्रयोजनका लागि राष्ट्र बैङ्कले ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही अनुसार बैङ्किङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २३ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा कायम… पुरा पढौ

नेप्सेमा लगातार सुधार: परिसूचक २५६० विन्दुमा, कारोबार रू ३ अर्ब ८३ करोड नाघ्यो

काठमाडौं, २२ भदाै। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजारले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ४.४६ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंकले धकेलिएका छन्। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा… पुरा पढौ

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धनुषा, २२ भदौ । मधेस प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास सुरु भएको छ । आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना अलपत्र राख्ने र असारमा आएर बजेट सक्नकै लागि धमाधम काम गर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले यस वर्ष आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयनमा लैजाने नीति लिएको छ । प्रदेशको अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेट कार्यान्वयनका लागि अख्तियारी उपलब्ध गराएपछि अब विकास आयोजनाको प्रक्रिया भदौबाटै अघि बढाउन बाटो खुलेको छ । मन्त्रालयहरूले योजना… पुरा पढौ

राष्ट्र बैंकले रु. ३५ अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं, २२ भदाै । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बैंकिङ प्रणालीबाट रु. ३५ अर्ब निक्षेप संकलन (Liquidity Absorption) गर्ने भएको छ। राष्ट्र बैंकले ६० दिन (२ महिना) अवधिको 'निक्षेप संकलन उपकरण' मार्फत उक्त रकम संकलन गर्न लागेको हो। यस निक्षेप संकलन उपकरणको बोलकबोल आजै अर्थात् २०८३ भदौ २२ गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको मुख्य विशेषताहरू: आह्वान रकम: रु. ३५ अर्ब (पैंतीस अर्ब रुपैयाँ) उपकरणको अवधि: ६०… पुरा पढौ

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश घोषणा

काठमाडौं, २२ भदाै। नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले प्रस्ताव गरेको कुल लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेका छन्। यसका साथै, बैंकले अग्राधिकार शेयरधनीहरूका लागि समेत ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको यो प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको… पुरा पढौ

महिलाको सक्रियतामा तरकारीखेती

बागलुङ, २२ भदौ बागलुङ। नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले स्थानीय महिला तरकारीखेतीमा अग्रसर भएका छन् । बागलुङ नगरपालिकाका विभिन्न वडामा सञ्चालित ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत महिलाले ११२ रोपनी जग्गामा प्लाष्टिक टनेल तथा खुला जग्गामा तरकारी उत्पादन गर्न थालेका छन् । उनीहरूले गत आर्थिक वर्षमा रु ३० लाखको तरकारी उत्पादन गरी बजारीकरण गर्न सफल भएका हुन् । बागलुङ नगरपालिका स्थानीय सङ्घसंस्थाको सहकार्यमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता कार्यक्रमअन्तर्गत महिला किसानले ६५ हजार ६६… पुरा पढौ

भेनियर उत्पादनसँगै रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी, २२ भदौ। घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्छु । कामअनुसार पारिश्रमिक पाइन्छ । वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेत भन्नुहुन्छ, “प्लाइ उद्योग स्थापना भएदेखि नै यहाँ काम गर्दै आएकी छु ।” उद्योगले गाउँमै रोजगारी दिएपछि परिवारको आर्थिक आवश्यकता पूरा गर्न सहज भएको उहाँ बताउनुहुन्छ । “यहाँ आएर काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने तथा झार्ने काम गर्छु । यहाँबाट कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहयोग पुगेको… पुरा पढौ