आर्थिक 📈

शुक्रबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ साउन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ २० ले घटेको छ छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १… पुरा पढौ

रु ३५ अर्ब लागतकाे महाकाली आयोजनाकाे काम अठार वर्षमा २२ प्रतिशत

दोधारा चाँदनी (कञ्चनपुर), ११ साउन । अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् । विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । रु ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३… पुरा पढौ

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं, ११ साउन । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । यसैका लागि बिहान बोर्ड बैठक डाकिएकाे छ । यसअघि गएकाे गत शुक्रबार सार्वजनिक गर्न तयारी गरिएकाे भएपनि सरकार परिवर्तनका कारणले रोकिएको थियो । नयाँ सरकारकामा प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्व भएपछि उनले आर्थिक तथा विकास सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिमा उल्लेख भएका बुँदाहरु खतिबडाले हेर्न खाेजेकाे कारण मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रोकिएको थियो ।  यसपटक विविध सिमाकाबीच माैद्रिक नीति… पुरा पढौ

आइपीओ प्रस्ताव पारित गर्न आरती पावरले डाक्याे एजिएम

काठमाडौं, ११ साउन । आरती पावर कम्पनीले साउन ३२ गते साधारण सभा डाकेकाे छ । कम्पनीकाे साधारण सभामा आइपीओ खुलाउने प्रस्ताव पेश गरिने भएकाे छ । सभा साउन ३२ गते टोखा नगरपालिकामा रहेकाे पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा दिउँसो २ बजे डाकिएकाे छ । सभामा आइपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पेश गरिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान तथा हर हिसाबका बारेमा छलफल गरी पारित गरिनेछ । सभाले आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । युरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६२ पैसा र बिक्रिदर १… पुरा पढौ

सार्वजनिक लेखा समितिले माग्यो लाल आयोगको प्रतिवेदन

काठमाडौं, १० साउन । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन मागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयललाई आज पत्र लेख्दै उक्त प्रतिवेदन अध्ययनका लागि पठाइदिन अनुरोध गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । समितिले आज ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अधिकांश सांसदहरुले लाल आयोगको प्रतिवेदन माग गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका थिए… पुरा पढौ

नेप्सेमा ३२ अंकको बृद्धि, १४ अर्ब १३ करोडको कारोबार

काठमाडौं, १० साउन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजार पुनः सकारात्मक लयमा फर्किएको छ ।अघिल्लो दिन करेक्सन भएको नेप्से आज फेरि सकारात्मक लयमा फर्किदा लगानीकर्ताहरु उत्साहित भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२६ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ७.९ अंकले बढेर ४६०.३ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी ९ वटामा हरियो लागेको छ । कुल… पुरा पढौ

ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं, १० साउन । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।बिहीबार बसेको बैंक संचालक समितिको बैठककाे निर्णय अनुसार भाद्र १ गतेदेखि लागू हुनेगरी रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे। हाल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तमा सकिदैछ । बज्राचार्यको कार्यकाल सकिएपछि नवनियुक्त सिईओ रेग्मीले भदौ १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् । ३ दशकदेखि… पुरा पढौ

सुनमा रु २४ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, १० साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २४ सयले तथा चाँदीमा रुपैयाँ ५५ ले गिरावट भएको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २४ सयले घटेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २४ सयले घटेर तोलाको १… पुरा पढौ

काँकडभिट्टाबाट रु ८ करोडको जडीबुटी निर्यात

झापा, १० साउन । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो । उक्त आवमा रु चार करोड ८० लाख ६० हजार बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ । यसैगरी, सोही अवधिमा रु एक… पुरा पढौ