आर्थिक 📈

अमेरिकी डलरको भाउ फेरि उचाईमा, यूरो घट्यो

काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४२ पैसा र बिक्रिदर १… पुरा पढौ

नेप्सेमा २ दिनपछि करेक्सन, साढे ४ अर्बको कारोबार

काठमाडौं, १२ असार । लगातार दुईदिन उकालो लागेको सेयर बजारमा आज भने करेक्सन भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको हाे। नेप्सेमा भएको ओरालोको दृश्यले लगानीकर्ताको मनोबल घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा झरेको छ। नेप्सेमा ०.५६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.२७ अंकले घटेर ३६२.७४ विन्दुमा रहेको छ। १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी १० वटामा रातो लागेको… पुरा पढौ

बुधबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको जनाएकाे छ । छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १… पुरा पढौ

बागमती प्रदेशसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल हुने

बागमती, १२ असार । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ । उक्त बैठक बिहान ११ः३० बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। मङ्गबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयको विषयगत छलफल प्रारम्भ भएको थियो । यही असार १ गते… पुरा पढौ

बुधबार अमेरिकी डलर र यूरोको भाउ घट्यो

काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । साथै युरोको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २० पैसा र बिक्रिदर… पुरा पढौ

मधेशमा पत्रकारको रू १ एक लाखको स्वास्थ्य र रु ७ लाखको दुर्घटना बीमा गरिने

जनकपुर, १२ असार । मधेश प्रदेश सरकारले प्रदेशका क्रियाशील पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने भएको छ । प्रदेश सरकारअन्तर्गतको आमसञ्चार प्राधिकरणद्वारा आफ्ना गतिविधि सार्वजनिकीकरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष श्यामसुन्दर यादवले मधेस प्रदेशमा क्रियाशील एक हजार पत्रकारको रु एक लाखको स्वास्थ्य बीमा तथा रु सात लाखको दुर्घटना बीमा गर्ने तयारी गरेको जानकारी दिए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेटमा उल्लेख भएअनुसार खोज पत्रकारितासम्बन्धी प्रशिक्षणका साथै सूचना बैंकको निर्माण गरेर सञ्चालन गर्ने अध्यक्ष यादवले जानकारी दिए। मधेस… पुरा पढौ

६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ अझै फरार

काठमाडौं, १२ असार । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम (केजी) सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ । गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले राससलाई जानकारी दिए। उनले भने, “६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २०… पुरा पढौ

विवादकाबीच इटहरी उपमहानगरले ल्यायाे साढे तीन अर्बकाे बजेट

धरान (सुनसरी), १२ असार । इटहरी उपमहानगरपालिकाले विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ । सोमबार राती १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले विवादका बीच रु तीन अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गरे । एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिस्कार गरेपछि सभा विवाद भएको थियो । सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । नगरसभामा कायम एक सय नौ सदस्यमध्ये बैठकमा २० जनाको उपस्थिति भए पनि माइन्युटमा बहुमत सदस्यको उपस्थिति… पुरा पढौ

आन्तरिक-बाह्य ऋण उत्पादनमा खर्च गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं, ११ असार । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए । उनले भूकम्पछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढे पनि आर्थिक वृद्धि भने भइरहेको बताए। “आन्तरिक ऋण लिँदा निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन नदिन सरकार सचेत छ, ऋणको नयाँनयाँ सम्भावनाबारे बजेटले… पुरा पढौ

१३ करोडभन्दा रकम बढी ठगी गर्ने छ पक्राउ

काठमाडौं, ११ असार। नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी रु १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पङ्गेनी, काठमाडौँका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२… पुरा पढौ