आर्थिक 📈

नेप्सेमा सामान्य अङ्कको वृद्धि, ४ अर्ब बढीकाे काराेबार

काठमाडौं, ११ असार । साताकाे सेयर काराेबार हुने तेश्नाे दिन मंगलबार पनि नेपाली सेयर बजारमा सकारात्मक लय देखिएकाे छ । नेप्से उकालाे लागेपछि लगानीकर्ताहरु उत्साही भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा सामान्य अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ५‍.६० अङ्कले बढेर २०७१.७७ विन्दुमा उक्लिएकाे छ । आज तीन सय १९ कम्पनीको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता शेयर ६० हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १८ करोड ७७ लाख ९६ हजार… पुरा पढौ

सरोकारवालाहरुले भने, ‘वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक छ’

काठमाडौं, ११ असार । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग सामञ्जस्यता हुने र आगामी आर्थिक वर्षका लागि सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउनेगरी मौद्रिक नीति आउनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा आयोजित छलफलमा सहभागीले सरकारको वित्त नीतिलाई सघाउने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए । सरकारको पुँजीगत खर्च बढाउने, मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने, मौद्रिक नीतिमार्फत् कर्जाको माग बढाउनेगरी लचिलो… पुरा पढौ

मंंगलबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं, ११ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने रुपैयाँ ५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन कुनै परिवर्तन भएको छैन । आज सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको… पुरा पढौ

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

कटारी (उदयपुर), ११ असार । कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका हुन् । केराखेतीबाट आम्दानी हुन थालेपछि आफूहरु व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राई बताउँनुभयो । “चार सय जति केराको बोट लगाएको छु, यसबाट आम्दानी लिन थालको छु”, उनले भने, “गत वर्ष पनि झण्डै रु एक लाखको केरा बेचेँ यस वर्ष झनै केराखेती बढाएको छु ।”… पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । युरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६) रूपैयाँ र बिक्रीदर १ सय ६) रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २४ पैसा र बिक्रिदर १… पुरा पढौ

वीरेन्द्रनगर नगरपालिकाको बजेट रु तीन अर्ब ५९ करोड

कर्णाली, ११ असार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु तीन अर्ब ५९ करोड १८ लाख ६८ हजार नौ सय ९९ बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले १५औँ नगरसभामा बजेट प्रस्तुत गरे । उनले चालुतर्फ रु एक अर्ब ७५ करोड ७३ लाख ६८ हजार नौ सय ९९ (४८ दशमलव ९३ प्रतिशत) र पुँजीगततर्फ रु एक अर्ब ८३ करोड ४५ लाख (५१ दशमलव ०७ प्रतिशत) बजेट विनियोजन गरिएको बताए। उपप्रमुख खनालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले… पुरा पढौ

पोखरा महानगरले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

गण्डकी, ११ असार । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । महानगरको १५औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दै सङ्घीय सरकार अनुदानबाट रु चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदान वापत रु नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट एक अर्ब ५५ करोड ५१ लाख ४० हजार बेहोरिने जानकारी दिइन्। त्यस्तै सङ्घीय राजस्व बाँडफाँटबाट रु ३८ करोड ३३ लाख… पुरा पढौ

नेप्सेमा ३.१ अंकको बृद्धि, ५ अर्ब बढीको कारोबार

काठमाडौं, १० असार । सेयर बजारको ओरालोको यात्रामा आज भने ब्रेक लागेर सामान्य अंकले बढेको छ । नेप्सेमा दोहोरो अंकको बृद्धिले लगानीकर्तामा उत्साह थपिएको छ । अघिल्लो दिन आईतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२।९४ विन्दुमा झरेको थियो । नेप्सेमा ०।२५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले घटेर ३६४.४२ विन्दुमा रहेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा झरेको छ । नेप्सेमा ०.१५ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.३९ अंकले… पुरा पढौ

सुनचाँदीको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएकाे छ । छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको छ भने चाँदीमा रुपैयाँ ५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकेा छ । छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले… पुरा पढौ

सोमबार अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, १० असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३६ पैसा र बिक्रिदर… पुरा पढौ