आर्थिक 📈

चालु आवकाे ११ महिनामा झापाकाे पुँजीगत खर्च ६६.८५ प्रतिशत

झापा, ६ असार । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित रु पाँच अर्ब २२ करोड ९३ लाख ८१ हजार पाँच सय १७ मध्ये रु तीन अर्ब ४४ करोड ३७ लाख चार सय ८१ खर्च भएको हो । चालु आव सकिन एक महिना बाँकी रहँदा चालुतर्फ विनियोजित रु १५ अर्ब ३३ करोड ५४ लाख ६० हजार आठ सय ९३ को ८५… पुरा पढौ

प्रभु बैंक र शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर बीच छुट सम्झौता

काठमाडाैं, ६ असार । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक कार्यक्रमका बिच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक लि.का तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी… पुरा पढौ

सुनमा रु ६ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ६ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बढेको जानकारी दिएको छ यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ यसअघि बुधबार चापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १… पुरा पढौ

बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल हुँदै

बागमती, ६ असार । बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए । पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै युरोको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २४ पैसा र बिक्रिदर… पुरा पढौ

देश विकासको बाटोमा अगाडि बढिरहेको छः मास्टर सेफ साह

काठमाडौं, ६ असार । मास्टर सेफ सन्तोष साहले गणतन्त्रप्राप्तिपछि देश विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताएका छन् । राससले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले राससको तस्बिर प्रदर्शनीले गणतन्त्रपछि विकास भएको छ भन्ने सन्देश प्रवाह गरेको बताए । उनले भने, “गणतन्त्रपछि विकासै भएको छैन भन्ने भाष्यहरु बनिरहेका बेला राससले विकास पूर्वाधारका क्षेत्रमा प्राप्त उपलब्धि समेटेर गरेको प्रदर्शनीले देशविकास र परिवर्तनको सकारात्मक सन्देश दिएको छ । युवापुस्तामा ऊर्जा र उत्साह जगाएको छ ।” सेफ… पुरा पढौ

यस वर्ष खैरहनीमा चैते धानको उत्पादनमा वृद्धि

नारायणगढ (चितवन), ६ असार । चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका किसान राम बहादुर केसीले यस वर्ष आफ्नो खेतमा पूरै चैते धान लगाए। चैतै धानका लागि यस वर्ष मौसम उपयुक्त हुँदा धान उत्पादन वृद्घि भयो । केसीले भने, “गत वर्ष २४ कट्ठामा लगाएको धान ४२ क्विन्टल भएको थियो, तर यसपालि बढेर ५० क्विन्टल हाराहारी पुग्यो ।” धान उत्पादन बढेको देखेर उनी मख्ख छन्। धानको मूल्यमा एकरुपता नहुँदा भने उनलाई चिन्ता लागेको छ । उनले गतवर्ष धानको मूल्य क्विन्टलको रु एक हजार आठ… पुरा पढौ

नेप्से २.२७ अंकले उकालो लाग्यो, ३ अर्ब ४० करोडको कारोबार

काठमाडौं, ५ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरु हौसिएका छन् । उनीहरुले अब सेयर बजार सकाराच्मक लयमा जान्छ कि भन्ने आकलन गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.२७ अंकले उकालो लाग्दै २०७८.७६ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५५ अंकले बढेर ३६७.७५ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा हरियो लागेको छ । बाँकी रहेका ७… पुरा पढौ

प्रभु बैंक को ३०६औ शाखा मुगुको गमगढिमा

काठमाडाैं, ५ असार । प्रभु बैंक लिमिटेडले मुगु,छायानाथ रारा नगरपालिका,वडा नं.०२ स्थित गमगढिमा ३०६ औं शाखा खोलेकाे छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैकले याे शाखा थपेकाे हाे । बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न स्थानहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेकाे बताएकाे छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ । बैंकको गमगढि शाखा मार्फत स्थानीय… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा १.२५ अंककाे बृद्धि

काठमाडाैं, ५ असार । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक सुरूआत भएकाे छ । यसिदनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२५ अंकले बढेकाे छ। याे बढाइसंगै अब उकालाे लाग्ने हाेकि भन्ने संकेतकाे रूपमा आकलन गरिएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक अघिल्लो कारोबार दिन मंगलबार १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा झरेकाे थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्से १.२५ अंकले बढेर २०७७.७४ विन्दुमा उक्लिएपछि लगानीकर्ताकाे मनाेबल बढाएकाे छ । यस सेसनमा सेन्सेटिभ इण्डेक्स… पुरा पढौ