आर्थिक 📈

एलआइसी नेपालले बाेलायाे एजिएम, बुक क्लाेज कहिले ?

काठमाडौं, २३ जेठ । लाइफ इन्स्याेरेन्स कर्पोरेसन (एलआइसी) नेपालले साधारण सभा डाकेकाे छ । कम्पनीले असार १३ गते वार्षिक साधारण सभा बोलाएको हाे। एलआइसीकाे साधारण सभा नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा पाैन १२ बजे डाकिएकाे छ । सभामा यसपटक लाभांश वितरणकाे प्रस्ताव नभए पनि आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका एजेण्डाहरू रहेका छन् ।  सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति गर्ने र पारिश्रमिक ताेक्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते… पुरा पढौ

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुर खेती

दमौली, २३ जेठ । जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए। उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा रु सात सयदेखि एक हजारसम्म खरिद गरी ल्याइएको थियो । उनले भने, “पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।” अङ्गुरखेतीका… पुरा पढौ

दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

चितवन, २३ जेठ । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ… पुरा पढौ

केराको थामकाे फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

बेनी (म्याग्दी), २३ जेठ । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् । बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट… पुरा पढौ

नेपाल एसबिआई बैंक र इसेवा बिच सेवा सहकार्य

काठमाडाैं, २२ जेठ । नेपाल एसबिआई बैंक र इसेवा बिच इसेवा नेटवर्क,डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने बताइएकाे छ । यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पूर्याउनेछ। उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे को उपस्थितिमा बैंकका तर्फबाट… पुरा पढौ

राष्ट्र बैंकले किन राेक्याे पेवेल र सजिलो पेको बैंक खाता ?

काठमाडाैं, २२ जेठ । नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का गरेको छ । दुई संस्थाको कारोबार छानबिनकाे क्रममा रहेकाे भन्दै राष्ट्र बैंकले दुबैका बैंक खाता रोक्का गरेर अनुसन्धान गरिरहेकाे छ । बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जनाएको छ पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय… पुरा पढौ

नेप्सेमा ६.२२ अंकको बृद्धि, ४ अर्ब बढीको कारोबार

काठमाडौं, २२ जेठ । नेप्सेमा करेक्सन भएको भोलिपल्ट मंगलबार सकारात्मक माहोल देखिएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिदा लगानीकर्ताहरु उत्साही भएका छन् । नेप्सेमा ६.२२ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से २०८५.३० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेर ३७२.०२ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल… पुरा पढौ

मंगलबार सुनचाँदीको भाउ स्थिर रहि खरिदबिक्री हुँदै

काठमाडौं, २२ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको… पुरा पढौ

बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेन : महासङ्घ

काठमाडौंं, २२ जेठ । नेपाल हस्तकला महासङ्घले बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा सम्बोधन गर्न नसकेको बताएको छ । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८१÷८२ को बजेटले महासङ्घ र सार्क विकास कोषद्वारा स्थापना गरिने सार्क हस्तकला विकास केन्द्र नेपालको स्थापना तथा सञ्चालनको सम्बन्धमा सम्बोधन गर्न नसकेको बताएको हो । “मुलुकको कला, संस्कृति र सम्पदा क्षेत्रको संरक्षण गर्दै लाखौँ युवालाई रोजगार प्रदान गरी वार्षिक १२ अर्बभन्दा बढी वैदेशिक मुद्रा… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । साथै युरोसहित अन्यको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७४ पैसा… पुरा पढौ