आर्थिक 📈

१८ अर्ब ३० कराेडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

काठमाडौं, ५ चैत । राष्ट्र बैंकले नवीकरण गर्ने १८ अर्ब ३० करोड रूपैयाँकाे ट्रेजरी बिलकाे लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएकाे छ ।  बैंकले २८ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्ने भएकाे हाे । उक्त ट्रेजरी बिल चैत ६ गते जारी हुने राष्ट्र बैंकले जनाएकाे छ ।   बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । जाे २०८१ वैशाख ४ गते परिपक्व हुनेछ । अर्काे १८२ दिनका… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, ५ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोकाे भाउ बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ३१ पैसा र बिक्रिदर… पुरा पढौ

आवश्यकता र औचित्य पुष्टि हुनेगरी राजस्वका दर हेरफेर हुनेछ: अर्थमन्त्री पुन

काठमाडौं, ५ चैत । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर गर्दा त्यसको आवश्यकता र औचित्यको तथ्यपूर्ण विश्लेषण गरेर मत्र गरिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उनले राजस्वका दर हेरफेर गर्दा के–कति कारणले त्यस्तो गर्नुपरेको हो भनेर स्पष्ट रूपमा खुलाइने बताएका हुन। बजेट निर्माण तथा कर प्रणाली निर्धारण गर्दा सर्वसाधारण समेतको सहभागिता रहने गरी सार्वजनिक छलफलमा ल्याइनुपर्ने धारणा पनि पुनले राखेका थिए। “करका दरमा हेरफेर गर्दा तीन महले नै तयार पारेर… पुरा पढौ

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

ढोरपाटन (बागलुङ), ५ चैत । जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरि रहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ ।… पुरा पढौ

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम सञ्चित

काठमाडौं, ४ चैत । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए। उनले विसं २०८० असार मसान्तसम्म रु ७१ अर्ब पाँच करोड ६१ लाख… पुरा पढौ

सुख्खा मौसमका करण सुक्नथाले अलैँची बगान

ताप्लेजुङ (फुङ्लिङ), ४ चैत । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उहाँ अलैँची बगानमै भेटिन्छन् । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थालेका छन्। सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त हुनुहुन्छ । ताप्लेजुङका अर्लैँची किसान अचेल अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन् । लामो समयसम्म वर्षा हुनसकेको छैन । वर्षा नभएपछि अलैँची बगान सुक्न… पुरा पढौ

नेप्सेमा १०.६२ अंकको गिरावट, ३ अर्ब ३८ करोडको कारोबार

काठमाडौं, ४ चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७० विन्दुमा झरेको छ । नेप्सेमा ०.५१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५५ अंकले घटेर ३६८.२५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । यसदिन नेप्सेमा ३०४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८४ लाख ६ हजार ७६ कित्ता… पुरा पढौ

यसरी बेतबाँसका सामग्री बेचेरै व्यावसायिक बने बाधुराम

कैलाली, ४ चैत । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरी हस्तकलासम्बन्धी व्यावसायिक उद्यमी हुन्। उनले विगत पाँच वर्षदेखि बेतबाँसको सामग्री उत्पादन गर्दै आएका छन्। चौधरीले बेतबाट घरायसी प्रयोगमा आउने धेरै प्रकारका सामान बनाइ बेच्छन् । उनको व्यवसायमा परिवारले राम्रो साथ दिएको छ । व्यावसाय सुरु गर्दा आर्थिकस्थिति कमजोर थियो । फर्म दर्ता गर्नसमेत उनीसँग पैसा थिएन । रु दुई हजार पाँच सय रकम सापटी मागेर टीकापुरको सतीबाट बेतबाँस खरिद गरी सामग्री बनाउन थाले। “पढ्ने इच्छा हुँदाहुँदै आर्थिक स्थिति कमजोर भएकैले बीचमै… पुरा पढौ

आईतबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं, ४ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा थपघट भएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले गिरावट भएको छ । चाँदीमा भने रुपैयाँ १५ ले भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४… पुरा पढौ

‘एक जिल्ला एक उद्योग’ कार्यक्रमका लागि बजेट अभाव

गोदावरी (कैलाली), ४ चैत । सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि बजेट अपुग भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ‘एक जिल्ला एक उद्योग’ सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन नगरेका कारण उक्त कार्यक्रम कार्यान्वयनमा कठिन भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशालयले जनाएको छ । निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि प्रदेशका नौवटै जिल्लामा सो कार्यक्रमका लागि रु पाँच लाखमात्र बजेट विनियोजन गरेको छ ।… पुरा पढौ