आर्थिक 📈

वैज्ञानिक, विद्यार्थी र प्राविधिबिना उत्पादकत्व बढाउन सकिन्न : प्रधानमन्त्री दाहाल

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए। कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख… पुरा पढौ

बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं, १७ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बृद्धि भएको हो । चाँदीको भाउ मंगलबारकै कायम गरिएको छ । छापावाल सुनमा रुपैयाँ १ सयले बृद्धि भएर तोलाको १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

सर्वोत्तम सिमेन्टकाे आईपीओ आज बाँडफाँड सम्पन्न

काठमाडौं, १७ माघ । सर्वोत्तम सिमेन्टकाे सेयर आईपीओ आज बाँडफाँड सम्पन्न गरिएकाे छ। सेयर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हो। कम्पनीले गएकाे पुस २५ गतेदेखि माघ १० गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले जारी गरेकाे सेयरकाे प्रतिकित्ता दर ३६० रुपैयाँ ९० पैसा रहेकाे थियाे । साेहि सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरीएकाेमा त्यसकाे बाँडफाँड समपन्न गरेको हो। सेयर खरिद गर्नका लागि… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६८ पैसा र बिक्रिदर… पुरा पढौ

कृषि तथा पशु मेला प्रदर्शनी : ४३ किसान पुरस्कृत

खोटाङ, १७ माघ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन हजार, दुई हजार पाँच सय र दुई हजार तथा बालीतर्फ प्रथम, द्वितीय र तृतीय हुने किसानलाई क्रमशः… पुरा पढौ

भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा पुनः दोषी ठहर

काठमाडौं, १७ माघ । सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो । उक्त प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो… पुरा पढौ

१६ औं योजनाका लागि आयोगले लियो विकास साझेदारसँग सुझाव

काठमाडौं, १७ माघ । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा संयुक्त राष्ट्र सङ्घ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरुले सुझाव दिएक छन् । नेपाल स्थित अन्तर्राष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हिक्काले संयुक्त रुपमा गरिन्। छलफलमा… पुरा पढौ

नेप्सेमा १४.८८ अंकको बृद्धि, साढे ५ अर्बको कारोबार

काठमाडौं, १६ माघ । सााताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । लगातार तेश्रो दिनसम्मको नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरुको मनोबल बढाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.६५ अंकले बढेर ३८१.७१५ विन्दुमा पुगेको छ । कुल १३ उपसमूहहरु मध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन ३०८… पुरा पढौ

कोरियाली लगानीकर्तालाई स्वागत गर्न तयार छौं: मन्त्री साउद

काठमाडौं, १६ माघ। परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएका छन् । नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरुले हेर्न चाहेको बताए। मन्त्री साउदले सामसुङ, हुन्डाई मोटर्सलगायत कोरियाली कम्पनीहरूले नेपालमा लगानीका सम्भावनाहरू खोज्न गहिरो चासो लिएकामा नेपाल सरकारले यो अवसरको सदुपयोग गर्ने उल्लेख गरे। “हाम्रा दुई देशबीच आर्थिक सहयोग… पुरा पढौ

एनआईबिएल स्टेबल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १६ माघ । एनआईबिएल स्टेबल फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। साे फण्डकाे एनआईएमबि एस क्यापिटल लिमिटेडले माघ २ गतेदेखि बिक्री खुल्ला गरेको थियाे । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। यसकाे कुल इकाईबाट १० लाख इकाई योजना व्यवस्थापक रहेकाे एनआईएमबि एस क्यापिटलका लागि रहेकाे छ । यसमा १ करोड ४० लाख इकाई कोष प्रवर्धक रहेकाे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि रहेकाे छ। बाँकी रहने ८… पुरा पढौ