आर्थिक 📈

मिटरब्याजी सम्बन्धी विवादमा रू ११ करोड १५ लाखको मिलापत्र

महोत्तरी, ६ चैत । महोत्तरीमा परेको मिटरब्याजी सम्बन्धी निवेदन उपर कारबाही गरी ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विवादमा ११ करोड १५ लाख ३८ हजार चार सय ९२ को मिलापत्र गराइएको हो । उनका अनुसार जिल्लामा कूल दुई हजार आठ सय ३० मिटरब्याजसम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९ निवेदनउपर छलफल गराई… पुरा पढौ

सर्वोत्तम सिमेन्टको पहिलाे काराेबारमै सकारात्मक सर्किट

काठमाडाैं, ६ चैत । सर्वोत्तम सिमेन्टको सेयर काराेबार भएकाे पहिलाे दिनमै सकारात्मक सर्किट लागेको छ । कारोबार खुला भएको एकैछिनमै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ११ रुपैयाँ ६ पैसामा कारोबार भएकाे छ । पहिलो कारोबार ५५६ रुपैयाँमा खुल्ला गरिएकाे थियो । १० प्रतिशतले मूल्य बढेकाे समयमा बिक्रेता देखिएनन् तर क्रेताहरू सक्रिय देखिए । कम्पनीकाे बुक विल्डिङ प्रक्रियाबाट सेयर जारी गरेकाे थियाे । नेप्सेले ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६… पुरा पढौ

४० करोडको राजस्व छली, ७९ करोड मागदाबी

काठमाडौं, ६ चैत । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशङ्कर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीले सबैभन्दा बढी राजस्व छली गरेको पाइएको छ ।… पुरा पढौ

मंगलबार घट्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ६ चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले बढेर तोलाको… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोसहित अन्य दशको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ… पुरा पढौ

नेप्सेमा झिनो अंककाे वृद्धि, करिब ३ अर्बकाे काराेबार

काठमाडौं ५ चैत । साताकाे सेयर काराेबार हुने दाेश्नाे दिन साेमबार नेप्सेमा सामान्य अंककाे बृद्धि भएकाे छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ । आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ । बैंकिङ समूह शून्य दशमलव… पुरा पढौ

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको बित्तीय साक्षरता तथा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न

काठमाडौं, ५ चैत । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आइतबार मध्यनेपाल नगरपालिका वडा नं ५ समिभञ्याङ, लमजुङका स्थानिय बासिन्दा तथा सम्झना माध्यमिक बिधालयका अभिभावक, शिक्षक तथा बिधार्थीहरुबीच बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा क्षेत्रीय प्रबन्धक बिज्ञान गौतमले सहजीकरण गर्दै आम्दानीको केही प्रतिशत रकम भविष्यमा आइपर्नसक्ने वित्तीय जोखिम बहन गर्न वचत गर्नपर्ने तथा कर्जा रकम समयमा नै भुक्तानी गर्नुपर्ने कुरालाई जोड दिनुपर्ने बताएका… पुरा पढौ

उद्योगमन्त्री भण्डारी र युएसपिटीओका निर्देशकबीच छलफल

काठमाडौं, ५ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवं युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपिटीओ) का निर्देशक क्याथरिन के भिडेलबीच आज मन्त्रालयमा छलफल भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युएसपिटीओबीच बौद्धिक सम्पत्तिमा द्विपक्षीय सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरिएको छ । नेपालले विश्वव्यापार सङ्गठन र विश्व बौद्धिक सम्पत्ति सङ्गठनको सक्रिय सदस्य हुँदाहुँदै पनि बौद्धिक सम्पत्तिको सिर्जना गरी व्यापार तथा लगानीमा त्यसको लाभ लिनुपर्ने उद्योगमन्त्री भण्डारीले बताए।… पुरा पढौ

करकाे दर परिवर्तन गर्दा कारण सहितको तीन महले अनिवार्य गरिनेछ: अर्थमन्त्री पुन

काठमाडौं,५ चैत। आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले बनाउने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बजेटको तयारी सुरु भैसकेको भन्दै उनले करका दर सहितका महत्वपुर्ण  दरहरु परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा मन्त्री पुनले यस्तो बताएका हुन् । मन्त्री पुनले भने “करको दर बढ्दा पनि किन बढ्यो घट्दा पनि किन घट्यो भन्ने विषयमा तीन महलेको नयाँ काम सुरु गर्दैछौं। केहि देशमा यो… पुरा पढौ

सुनमा ५ सयले गिरावट, चाँदीकाे पनि घट्यो

काठमाडौं, ५ चैत । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको जनाएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले घटेर तोलाको १… पुरा पढौ