आर्थिक 📈

राष्ट्रियसभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं, २७ फागुन । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ । बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा मुलुकको विद्यमान अवस्थाको विश्लेषण, राष्ट्रिय आवश्यकता तथा आकांक्षाको पहिचान, वार्षिक नीति तथा कार्यक्रम र बजेटसँग सिद्धान्त र प्राथमिकताको तादम्यतालगायतका विषय उठाए । सांसद सुरेशकुमार आलेमगरले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकता बदलिन्छ कि बदलिँदैन भनेर स्पष्ट नभएको बताए। ऊर्जा, कृषि र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर… पुरा पढौ

नेप्सेमा २२.१० अंकको बृद्धि, करिब ३ अर्बको कारोबार

काठमाडौं, २७ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका समस्याहरुप्रति आफु जानकार रहेकोले समाधानका लागि पहल गर्ने बताएपछि सेयर बजार सकारात्मक लयमा गएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । हाईड्रपावर बाहेक सबै सूचकहरुमाह हरियो लागेको छ । नेपाल स्ठ एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.०८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.२६ अंकले बढेर ३६४.५३ विन्दुमा रहेको छ । यसदिन आईड्रो… पुरा पढौ

फर्मा एक्स्पोले चितवनको बजारमा भित्रियो रु ११ करोड बढी

चितवन, २७ फागुन । नेपाल औषधि व्यवसायी सङ्घले आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले बजार चलायमान बनाएको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो । सङ्घका अध्यक्ष महेश प्रधानले एक्स्पोका लागि भरतपुरमा तीन हजार हाराहारी आयोजक र प्रदर्शक बाहिरी जिल्ला र विदेशबाट आएको बताए । उनका अनुसार नेपालका सबै औषधि उद्योग, तिनका बजार प्रतिनिधिलगायत भरतपुरमा आएका छन् । यसैरी नौ देशका प्रदर्शक र कतिपय देशका अवलोकनकर्ता समेत यहाँ आएका छन् । सङ्घका उपाध्यक्ष… पुरा पढौ

चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा

चितवन, २७ फागुन । चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो । आजबाट उद्योग सरसफाइ गरेर सञ्चालन गरिने उद्योगका प्रबन्धक दुर्गा पराजुलीले बताए। बीस हजार लिटर दूध आइसकेको छ । उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्दछ । धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने… पुरा पढौ

विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

गलेश्वर (म्याग्दी), २७ फागुन । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा… पुरा पढौ

सुनको भाउ हालसम्मकै उच्च, तोलाकाे १ लाख २६ हजार पुग्यो

काठमाडौं, २७ फागुन । सुनचाँदीको भाउ उकालो लाग्ने क्रम रोकिएको छैन । आज पनि सुनचाँदीको भाउमा बृद्धि भई अहिले सम्मकै उच्च विन्दु कायम गरेको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २५ हजार… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरोको बढ्यो

काठमाडौं, २७ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ। साथै यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ स्थिर रहेको छ। आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ… पुरा पढौ

महिला लघुवित्तको साधारण सभा आज, छैन लाभांशकाे प्रस्ताव

काठमाडौं, २७ फागुन । महिला लघुवित्त वित्तीय संस्थाकाे वार्षिक साधारण सभा आज डाकिएकाे छ । सभा धुलिखेलमा रहेकाे हिमालय दृश्य रिसोर्टमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा लाभांशकाे प्रस्ताव बाहेक अन्य एजेण्डाहरूमा छलफल हुनेछ ।  साधारणा सभाबाट संस्थापक सेयरधनीबाट ४ जना सञ्चालकहरूकाे चयन गरिने भएकाे छ । यस्तै अन्य उपयुक्त लागेका लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जरका लागि कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका विषयका बारेमा… पुरा पढौ

ऊर्जा मन्त्रालयद्वारा बजेटमा राखिएका योजनाहरु कति कार्यान्वयन भए ?

काठमाडौं, २६ फागुन । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ । कार्यान्वयन गर्ने निकायका कतिपय पदाधिकारी नै आफैँले तय गरेका योजनामा बेखबर छन् । कतिपय आयोजनाको आवेदन माग गर्ने क्रममा छ । चालु आर्थिक वर्षका लागि बजेटमा राखिएका योजना तथा कार्यक्रमको अर्धवार्षिक अवधिसम्मको उपलब्धिबारे सरकारले फागुन १७ गते समीक्षा गरेको थियो । उक्त समीक्षाका क्रममा ऊर्जा मन्त्रालयले वार्षिक लक्ष्यको करिब ५८… पुरा पढौ

निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ : उपप्रधानमन्त्री महासेठ

काठमाडौं, २६ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन्। नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले भने, “देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ । “मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताए।… पुरा पढौ