आर्थिक 📈

महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता

दमौली (तनहुँ), २६ फागुन । तनहुँको दमौलीमा शुक्रबारदेखि सुरु भएको महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महिला उद्यमी सङ्घ तनहुँको आयोजनामा दमौलीको खुला मैदानमा सुरु भएको मेलामा तनहुँका अतिरिक्त मुस्ताङबाटसमेत महिला उद्यमीले स्थानीय उत्पादन बिक्रीवितरणका लागि ल्याएका छन् । मेलामा तनहुँ भित्रका सङ्घमा आबद्ध विभिन्न इकाइबाट महिलाका अतिरिक्त मुस्ताङको घरपझोङ गाउँपालिका–३ बाट स्थानीय उत्पादन बिक्री वितरणका लागि ल्याइएको छ । मार्फा, फलफूल तथा तरकारी प्रशोधन उद्योगका सञ्चालक सुकुना रसाइलीले मुस्ताङमा उत्पादित विभिन्न सामग्री बिक्री वितरण तथा प्रदर्शनीका… पुरा पढौ

नेपाल राष्ट्र बैंक मार्फत ८ अर्बको विकास ऋणपत्र जारी हुँदै

काठमाडौं, २६ फागुन । नेपाल सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउन विकास ऋणपत्र जारी गर्न लागेको छ । आन्तरिक ऋण उठाउन सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको जनाएकाे छ । बैंकले जारी गर्न लागेको ८ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ का लागि मंगलबार फागुन २९ गते दिउँसो ३ बजे बोलकबोल गरिने जनाइएकाे छ ।  साे ऋणपत्र फागुन ३० गते निष्कासन गरिने भएकाे छ । राष्ट्र बैंकले ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र… पुरा पढौ

जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या

गोदावरी (कैलाली), २६ फागुन । कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो । वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको मत्स्य विकास केन्द्र गेटाका निमित्त प्रमुख निर्मलबहादुर खातीले जानकारी दिए। बीस बिघा जमिनमा फैलिएको मत्स्य विकास केन्द्रमा ४२ पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएको थियो । यहाँ प्रारम्भमा सात प्रकारका माछाका… पुरा पढौ

साताको सेयर बजार : तीव्र उतारचढावबीच ७० अङ्कको वृद्धि

काठमाडौं, २५ फागुन । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुग्याे । सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट… पुरा पढौ

तल्लो सेतीको अनुसन्धनात्मक अडिट सुरुङका लागि सम्झौता

दमौल (तनहुँ), २५ फागुन । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ । तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि बिहीबार निर्माण व्यवसायी आरके इन्जिनियरिङ एण्ड एशोसिएटस्सँग खरिदसम्बन्धी सम्झौता भएको हो । लिमिटेडले एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । आयोजनाका तर्फबाट प्रबन्ध सञ्चालक श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरे। आयोजनाका… पुरा पढौ

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, २६ जनाले हात पारे थप एक कित्ता

काठमाडाैं, २५ फागुन । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। सेयर बिक्री प्रबन्धक रहेकाे ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हो। कम्पनीका अनुसार ५५ हजार ५२१ जना लगानीकर्ताले ५० कित्ताका दरले सेयर हात पारेका छन्। सेयर बाँडफाँड गर्दा बाँकी रहेकाे २६ कित्ताहरू ५० कित्ता बढी आवेदन पेश गरेका लगानीकर्ताहरुलाई बाँडफाँड गरिएको छ। २६ जना लगानीकर्ताले थप एक कित्तासहित ५१ कित्ता सेयर प्राप्त गरेका छन्। कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६… पुरा पढौ

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

मनाङ, २५ फागुन । हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताए। “जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ”, उनले भने, “एघार जना महिलाको समूह बनाएर १० रोपनी जग्गामा खेती गरिरहेका छौँ ।” सामूहिक खेतीले आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको उनको भनाइ छ ।… पुरा पढौ

घट्यो अमेरिकी डलरको भाउ, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ १६… पुरा पढौ

सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँड गरिदै

काठमाडौं, २५ फागुन । सर्वोत्तम सिमेन्टको सेयर (आइपीओ) आज शुक्रबार बाँडफाँड गरिदैछ । साे सेयर बिहान १० बजे नक्साल, काठमाडौंमा बाँडफाँड गर्न लागिएकाे बिक्री प्रबन्धक रहेकाे ग्लोबल आइएमईले जनाएकाे छ ।  सेयरमा मागभन्दा १९‍.३२ गुणा बढी आवेदन परेकोले धेरैकाे हात खालि हुनेछ । सेयर गोलाप्रथाबाट बाँडफाँड गरिने भएकाे हाे । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि सेयर बिक्री गरेपछि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएकाे हाे ।  सेयरमा १० लाख १२ हजार… पुरा पढौ

काभ्रेको सुन्तलामा ‘सूक्ष्म खाद्यत्व’को अभाव, उपचार थालियो

काभ्रेपलाञ्चोक, २५ फागुन । पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेपलाञ्चोकको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएको छ । जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्यात्वको अभाव देखिएकाले पुर्नजागृत गराउन आवश्यक देखिएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ । सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनपछि समस्याग्रस्त सुन्तला बोटलाई पुर्नजागृत गराउन पहिलो चरणमा पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो बगैँचाका सुन्तलाको बोटमा उपचार सुरु गरिएको छ । पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको… पुरा पढौ