आर्थिक 📈

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज (बाँके), ४ भदौ। बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उहाँलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ । “व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ,” विष्टले भन्नुभयो । उहाँका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ । धान र तोरी खेती… पुरा पढौ

अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र

काठमाडौ, ३ भदौ। रु सत्र करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ्ग गत चैत १९ गते काठमाडौँको ठमेलबाट पक्राउ परे । रु तीस लाख ४९ हजार ७३६ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बङ्गलादेशी नागरिक २९ वर्षीय मोहम्मल शेहाबुल इस्लाम गत चैत ११ गते पक्राउ परे । यस्तै क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल गत चैत २ गते पक्राउ परे । प्रविधिको तीव्र विकास… पुरा पढौ

नेप्सेमा झिनो गिरावट, कारोबार ३ अर्ब २९ करोडमा सीमित

काठमाडौं, ३ भदाै। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। ठूलो उतारचढावबिना दिनभर स्थिर रहने प्रयास गरेको नेप्से सूचक अन्त्यमा ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ०.०८ अंक र फ्लोट इण्डेक्स ०.०२ अंकले घटेका छन् भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने कुनै परिवर्तन नभई स्थिर रहेको छ। नेप्से सूचकसँगै बुधबार कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। दिनभर ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब… पुरा पढौ

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ (चितवन), ३ भदौ। बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौराहामा आउने विदेशी पाहुनालाई स्थानीय उत्पादन चखाउने अभिःप्रायबाट दुग्ध विविधिकरण पसल सञ्चालन गरिएको हो । रत्ननगर नगरपालिका–६ बछौलीस्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध ५० जना महिलाले स्थानीय दूधको विविधिकरण डेरी पसल सञ्चालन गर्नुभएको छ । स्थानीय कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्दै महिलालाई रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यले पसल सञ्चालन गरिएको समूहकी अध्यक्ष सुष्मा पौडेलले जानकारी दिनुभयो । पसलमा दूध,… पुरा पढौ

एशियन लाइफ इन्स्योरेन्समा लाइफमा जागिरकाे अवसर

काठमाडौं, ३ भदाै । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं उपत्यका लगायत देशका विभिन्न शाखा कार्यालयहरूका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले जारी गरेको सूचना अनुसार ब्रान्च म्यानेजर/इन्चार्ज र मार्केटिङ एक्जुकेटिभ पदका लागि आवेदन खुलाइएको हो। माग पद र संख्या ब्रान्च म्यानेजर / इन्चार्ज: ३ जना मार्केटिङ एक्जुकेटिभ: १५ जना आवश्यक योग्यता तथा अनुभव ब्रान्च म्यानेजर / इन्चार्ज: सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यअनुभव। मार्केटिङ एक्जुकेटिभ: सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यअनुभव। इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले यो सूचना… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ), ३ भदौ। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । आयोजनाको प्रमुख संरचनामध्ये रहेको मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अगाडि बढिरहेको उहाँले बताउनुभयो । बाँधमा कङ्क्रिट राख्ने कार्य निरन्तर जारी रहेकाले केही समयभित्रै थप… पुरा पढौ

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ३ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८९ रुपैयाँ कायम गरिएको… पुरा पढौ

रु चार अर्ब १७ करोड ८८ लाख ११ हजार राजस्व सङ्कलन

पोखरा, ३ भदौ। गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व सङ्कलनतर्फ निर्धारित लक्ष्यको ७२ दशमलव ८७ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाका अनुसार गत आर्थिक वर्षमा रु चार अर्ब १७ करोड ८८ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारले रु पाँच अर्ब ७३ करोड ४३ लाख ८८ हजार आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । सबैभन्दा बढी सवारीसाधन करतर्फ रु एक अर्ब… पुरा पढौ

रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा

तुलसीपुर (दाङ), ३ भदौ। दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराहीका सोहनलाल चौधरी, कृष्णबहादुर चौधरी, बङ्गलाचुलीका दिवाकर खत्री र सोही स्थानका खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत मुद्दा दायर गरेको हो । प्रहरीका अनुसार उनीहरूलाई गत साउन २८ गते राति घोराही उपमहानगरपालिका–७ सिसहनियामा एक ट्याक्टरमा डिएपी र युरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । ट्याक्टरसँगै ५३… पुरा पढौ

नेप्से दोहोरो अङ्कले घट्यो: कारोबार ५ अर्ब ७ करोडमा सीमित

काठमाडौं, २ भदाै । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक १९.३४ अङ्कले घटेर २,६२२.४८ को बिन्दुमा ओर्लिएको छ। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५५ अङ्कले घटेर ४६१.०९ मा सीमित भएको छ। यस्तै फ्लोट सूचक १.३० अङ्क र सेन्सेटिभ फ्लोट सूचक ०.८८ अङ्कले घटेका छन्। बजारको मुख्य अवस्था: कारोबार रकम: कुल ३०७ कम्पनीका १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर रु ५ अर्ब… पुरा पढौ