आर्थिक 📈

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ५ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८१ पैसा कायम… पुरा पढौ

शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धिः ४ अर्ब ६८ करोड चाहिने

काठमाडौं, ४ भदौ। सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धिको निर्णयसँगै चालु आर्थिक वर्षमा रु चार अर्ब ६८ करोड ९८ लाख ३० हजार थप बजेट आवश्यक पर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय थियो । सो निर्णयपछि अब उक्त कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक रु ४३ हजार ६६९ बाट बढेर रु ४८ हजार ५८ पुगेको छ… पुरा पढौ

नेप्से सकारात्मक लयमा: सूचक ७.१७ अंकले बढ्दा ४ अर्ब ४० करोडकाे काराेबार

काठमाडौं, ४ भदाै। पछिल्ला चार कारोबार दिनदेखि लगातार घटिरहेको शेयर बजार (नेप्से) परिसूचक बिहीबार भने सुधारिएर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेको हो। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.८८ अंक, फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंकले बढेका छन्। सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। बुधबार ३ अर्ब २९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ३४५ वटा स्टकको ४७ हजार ९१९ पटकको कारोबारमा ४ अर्ब ४०… पुरा पढौ

सुन ताेलामा रू ९ हजार ३ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

काठमाडौँ, ४ भदौ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ । हिजो छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको… पुरा पढौ

धौवादी फलाम खानी-साढे ९ करोड धाउ उत्खननको योजना

काठमाडौं, ४ भदौ । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ । कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट नौ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा बुझाएको हो । खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ । धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । उक्त… पुरा पढौ

माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडाैं, ४ भदाै । माण्डु हाइड्रोपावर लिमिटेड (MANDU) को लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र कम्पनीको आगामी साधारण सभामा सहभागिता जनाउन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्। साधारण सभा र लाभांशसम्बन्धी मुख्य विवरण: सभा हुने मिति र स्थान: भदौ १८ गते, बिहान १० बजे, नेपाल बैंक्वेट, नयाँबजार, काठमाडौँ (१४ औँ… पुरा पढौ

नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा रौनक: लाभांश घोषणामा क्यापिटलहरू अगाडि

काठमाडाैं, ४ भदाै । नेपाली पुँजी बजारमा लाभांशको 'मौसम' सुरु भएसँगै लगानीकर्तामा नयाँ उत्साह थपिएको छ। नयाँ आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीहरूले आफ्ना शेयरधनीलाई प्रतिफल बाँड्न थालेका हुन्। लाभांश घोषणाको पहिलो लहर म्युचुअल फण्डहरूबाट सुरु भए पनि यो क्रम अब विकास बैंक र हाइड्रोपावर कम्पनीहरूसम्म विस्तार भइसकेको छ। खुलामुखी (ओपन इन्डेड) म्युचुअल फण्डको अवस्था खुलामुखी म्युचुअल फण्डहरूतर्फ लाभांश घोषणाको सुरुआत सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (एसएसआइएस) ले ३ प्रतिशत नगद लाभांश दिएर गरेको छ। यो दर हाल… पुरा पढौ

हाइड्रोमा लगानीकर्ताको ठूलो आकर्षण, साउनमा कुल रु. ९५ अर्ब ३५ कराेडकाे काराेबार

काठमाडाैं, ४ भदाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को साउन महिनाको तथ्यांकले शेयर बजारमा लगानीकर्ताको रुचि र कारोबारको शैली कता मोडिएको छ भन्ने स्पष्ट चित्र प्रस्तुत गरेको छ। समग्र बजार कारोबारमा केही सुस्तता देखिए पनि केही निश्चित क्षेत्रहरूमा भने लगानीकर्ताको चहलपहल र आकर्षण निकै उच्च रहेको पाइन्छ। कारोबारको यो नयाँ दिशालाई प्रमुख बुँदाहरूमा यसरी हेर्न सकिन्छ: हाइड्रोपावरमा लगानीकर्ताको ठूलो आकर्षण एक्लै झन्डै आधा हिस्सा: साउन महिनामा भएको कुल रु. ९५ अर्ब ३५ करोड ३३ लाखको कारोबारमध्ये जलविद्युत् क्षेत्रको मात्रै ४६.१७… पुरा पढौ

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ४ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४५ पैसा… पुरा पढौ

भोजपुरकाे आलु सहरका भान्सामा पुग्दै

भोजपुर, ४ भदौ। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् । टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार गाउँमै आलु प्रतिकिलो रु ४० देखि ५० सम्म बिक्री हुने गरेको… पुरा पढौ