आर्थिक 📈

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध, ८ महिनालाई पुग्छ मौज्दात: अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडाैं, २ भदाै । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सक्रियता देखाएको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय प्रतिबन्धका बाबजुद नेपालमा चिनीको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्था सहज बनाउन विभिन्न कदम चालिसकिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार स्वदेशी चिनी उद्योग, साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग रहेको मौज्दातले करिब ८ महिनाको राष्ट्रिय माग धान्न पुग्छ। आपूर्ति सहज बनाउन उद्योगमन्त्रीको उपस्थितिमा… पुरा पढौ

ग्यासको आपूर्ति सहज बन्दै: अनावश्यक सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडाैं, २ भदाै । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको जनाउँदै सर्वसाधारणलाई अनावश्यक सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। काठमाडौँ उपत्यकामा दैनिक औसत मागभन्दा बढी ग्यास आपूर्ति भइरहेकाले केही दिनभित्रै अवस्था पूर्ण रूपमा सामान्य हुने निगमले जनाएको छ। निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हुने गरेकोमा अहिले औसतमा ५ देखि ८ हजार बढी सिलिण्डर बजारमा पठाइएको छ। भदौ १ गते ५२ हजार ५७६ र भदौ २ गते… पुरा पढौ

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा

काठमाडाैं, २ भदाै । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांशको विवरण: बोनस शेयर: ४ प्रतिशत नगद लाभांश: ६.५२६३ प्रतिशत (कर प्रयोजनसहित) सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूमा वितरण गरिनेछ। पुरा पढौ

एशियन ल्युब्रिकेन्टस्‌ले पुँजी ७० करोड पुर्‍याउने, ३० करोड लगानी गरिँदै

काठमाडाैं, २ भदाै । झापाको धुलाबारीस्थित एशियन ल्युब्रिकेन्टस् कम्पनी प्रा.लि.ले आफ्नो व्यावसायिक दायरा विस्तार गर्दै पुँजी संरचना ७० करोड रुपैयाँ पुर्‍याउने योजना अघि सारेको छ। 'ENOL' ब्रान्डअन्तर्गत इन्जिन आयल, मोटरसाइकल आयल, हाइड्रोलिक, गियर आयल, ब्रेक फ्लुड, कुलेन्ट र ग्रीस उत्पादन गर्दै आएको कम्पनीले अब नयाँ क्षेत्र र उत्पादन लाइनमा पाइला चाल्ने तयारी गरेको हो। हाल वार्षिक १८ लाख लिटर ल्युब्रिकेन्ट र ६ लाख किलो ग्रीस उत्पादन क्षमता रहेको यस उद्योगले हाल क्षमताको १५ प्रतिशत तेल र १० प्रतिशत ग्रीस मात्रै… पुरा पढौ

सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

म्याग्दी, २ भदौ। विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ । दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गर्नुभयो । व्यापार राम्रै चले पनि २१ वर्षपछि उहाँ फेरि आफ्नै जन्मथलो फर्किनुभयो । अहिले मालढुङ्गा–बेनी सडक छेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहनुभएको छ । फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २९ पैसा कायम गरिएको छ… पुरा पढौ

चापाकल खरिदमा अनियमितता-११ जनाविरुद्ध मुद्दा

काठमाडौं, २ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ । एउटै वस्तुको खरिदलाई पटकपटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमतो गरी भुक्तानी दिइएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ ।… पुरा पढौ

प्रसारण र वितरणमा खुला पहुँचको अन्तिम तयारी: निजी क्षेत्रका लागि ढोका खुल्दै

काठमाडौं, २ भदाै । सरकारले देशको विद्युत् प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्रलाई सहभागी गराउन ‘खुला पहुँच’ (ओपन एक्सेस) कार्यान्वयनको तयारी तीव्र बनाएको छ। विद्युत् नियमन आयोगले निजी क्षेत्रलाई प्रसारण प्रणाली प्रयोग गर्न दिने र त्यसबापत लाग्ने ‘ह्विलिङ चार्ज’ (प्रसारण भाडा) निर्धारण गर्ने व्यवस्था अन्तिम चरणमा पुर्‍याएको छ। विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य गर्दै प्रसारण क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण बनाउन आवश्यक निर्देशिका तथा कार्यविधि तयार भइरहेको आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले जानकारी दिए। उनका अनुसार ह्विलिङ चार्जसहितको स्पष्ट शुल्क मोडल भदौको पहिलो… पुरा पढौ

नेप्सेमा सामान्य अङ्ककाे गिरावट, साढे ५ अर्बकाे काराेबार

काठमाडौं, १ भदाै । साताको पहिलो कारोबार दिन सेयर बजारमा नेप्से परिसूचक सामान्य अङ्कले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेको नेप्सेले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक २.२५ अङ्कले घटेर २६४१.५८ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.०८ अङ्क, फ्लोट इण्डेक्स ०.५१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अङ्कले ओरालो लागेका छन्। नेप्से परिसूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २७ करोड… पुरा पढौ

ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, १ भदौ। खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण भएको छ । राष्ट्रियसभा बैठकको आजको शून्य समयमा सांसदहरुले सो विषयमा राष्ट्रियसभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद गीता देवकोटाले पारदर्शी वितरण प्रणाली कायम गर्न, कालोबजारी नियन्त्रण गर्न तथा पर्याप्त ग्यास भण्डारणको व्यवस्था गर्न माग गर्नुभयो । सांसद रञ्जित कर्णले ग्यास अभावका कारण दैनिक जीवनमा समस्या आएकाले ग्यासको विकल्प रोज्नुपर्ने बताउनुभयो । त्यस्तै, सांसद रोश्नी मेचेले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । शून्य… पुरा पढौ