आर्थिक 📈

बेनी-जोमसोम-कोरला सडक : हालसम्म करिब ९ अर्ब खर्च

मुस्ताङ, ३० साउन। चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३÷०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ । कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेको छ । योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पु¥याइएको… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं, २९ साउन। नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा रु दुई अर्ब ८३ करोड ६० लाख थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको… पुरा पढौ

नेप्से ७.३७ अंकले घट्यो, ४ अर्ब २७ करोडकाे कारोबार

काठमाडौं, २९ साउन । लगातार तीन कारोबार दिन सामान्य अंकले बढेको शेयर बजार साताको अन्तिम कारोबार दिन भने घटेर बन्द भएको छ। शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घट्दै २६४३.८३ विन्दुमा झरेको छ। बजार घट्दा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंकले बढेको छ। यस्तै फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्। कारोबार रकममा सुधार नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) ३… पुरा पढौ

माछापुच्छ्रे बैंकको नाफामा १२.३४ प्रतिशतको वृद्धि, खुद नाफा २ अर्ब ११ करोड नाघ्यो

काठमाडौं, २९ साउन । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा आकर्षक सुधार देखिएको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा १२.३४ प्रतिशतले बढेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ रहेको थियो। आम्दानी र सञ्चालन मुनाफाको अवस्था नाफासँगै… पुरा पढौ

आँखुखोला जलविद्युतको आम्दानी २२ करोड नाघ्यो

काठमाडाैं, २९ साउन । आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय वृद्धि भएको छ। गत असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट २२ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१६ करोड ९६ लाख रुपैयाँ) तुलनामा ३२.१७ प्रतिशतले बढी हो। वित्तीय विवरणका मुख्य सूचकहरू: खुद नाफामा ५४.९७% को वृद्धि:… पुरा पढौ

प्रभु महालक्ष्मी लाइफको खुद नाफा साढे ३७ करोड, प्रतिशेयर आम्दानी भने घट्याे

काठमाडाैं, २९ साउन। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड (PMLI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य अंकले बढेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सले ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (३७ करोड ७ लाख रुपैयाँ) तुलनामा १.३१ प्रतिशतको सामान्य वृद्धि हो। वित्तीय विवरणका मुख्य सूचकहरू: बीमाशुल्क र आम्दानी: समीक्षा अवधिमा कम्पनीको खुद आर्जित… पुरा पढौ

सागर डिष्टिलरीको बिक्री आम्दानी १४५% ले बढ्यो

काठमाडाैं, २९ साउन। सागर डिष्टिलरी लिमिटेड (SAGAR) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानीमा उल्लेख्य सुधार आए पनि खुद नोक्सानी भने बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आम्दानी १४५.४८ प्रतिशतले बढेर ४७ करोड ६३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४० लाख रुपैयाँ मात्र सञ्चालन आम्दानी गरेको थियो। वित्तीय विवरणका मुख्य सूचकहरू: खुद बिक्री आम्दानी: अघिल्लो वर्षको तुलनामा… पुरा पढौ

सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन: नवीकरण भएमा ५ वर्षसम्म ब्याज अनुदान पाइने

काठमाडाैं, २९ साउन । नेपाल राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ मा संशोधन गर्दै कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको २०८३ असार १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार स्वीकृत कार्यविधिलाई राष्ट्र बैंकले परिपत्र जारी गरी कार्यान्वयनमा ल्याएको हो। यसअघि सहुलियतपूर्ण कर्जाको नवीकरण र ब्याज अनुदान निरन्तरतामा देखिँदै आएका व्यावहारिक समस्यालाई सम्बोधन गर्न यो संशोधन गरिएको हो। कार्यविधिका मुख्य संशोधित व्यवस्थाहरू: ५ वर्षसम्म ब्याज अनुदान: संशोधित व्यवस्थाअनुसार सहुलियतपूर्ण कर्जा नवीकरण भएको अवस्थामा कर्जाको ब्याज… पुरा पढौ

अब वर्षैभरि सञ्चालन हुने भए ‘सहुलियत मूल्य पसल’

काठमाडौं, २८ साउन। सरकारले आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै विगतमा चाडपर्वमा मात्र सीमित हुने 'सहुलियत मूल्य पसल' अब वर्षैभरि सञ्चालन गर्ने दीर्घकालीन निर्णय गरेको छ। सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा रहेका बिक्री केन्द्रहरूमार्फत आजैदेखि यो सेवालाई निरन्तरता दिने घोषणा गरेको हो। बजारमा अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न र न्यून आय भएका नागरिकलाई सुलभ दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले यो कदम चालेको हो। विगतमा चाडपर्वका बेला करिब एक महिना मात्र… पुरा पढौ

सुनको मूल्य घट्यो, चाँदी भने प्रतितोला ५ रुपैयाँले बढ्याे

काठमाडौं, २८ साउन। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ। महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य भने बिहीबार बढेर प्रतितोला ४ हजार… पुरा पढौ