आर्थिक 📈

नेप्सेमा माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं, २७ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड (MEPDL) को शेयर सूचीकृत भएको छ। साउन २६ गते, मंगलबारका दिन नेप्सेमा कम्पनीको कुल ८६ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारण) मा वितरण गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ६० लाख २० हजार कित्ता गरी कुल ८६ लाख कित्ता शेयर सूचीकृत गरिएको हो। शेयर सूचीकरण भएसँगै अब कम्पनीको शेयर… पुरा पढौ

सम्पत्ति शुद्धीकरण मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

काठमाडौं, २७ साउन। विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का पूर्वअध्यक्ष एवं उद्योगी शेखर गोल्छासँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार थुनाछेक बहसपछि उक्त धरौटी आदेश दिएको हो। व्यवसायी गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको थियो। अदालतले माग गरेबमोजिमको धरौटी रकम (वा बैंक ग्यारेन्टी) बुझाएमा उनी तारिखमा रहेर मुद्दा लड्न पाउनेछन् भने नबुझाएमा… पुरा पढौ

निष्क्रिय सहकारीलाई ३५ दिने अल्टिमेटम, खारेजीको चेतावनी

काठमाडाैं, २७ साउन। कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, सुनसरीले प्रदेशभित्र रहेका निष्क्रिय सहकारी संघ-संस्थाहरूलाई विवरण बुझाउन ३५ दिने सार्वजनिक अल्टिमेटम जारी गरेको छ। प्रदेश सहकारी ऐन, २०७६ को दफा ६० (१) बमोजिम लगातार दुई वर्षसम्म तोकिएको वार्षिक विवरण नबुझाउने सहकारीहरूको सूची सार्वजनिक गर्दै कार्यालयले २०८३ साउन २६ गते यो सूचना प्रकाशित गरेको हो। तोकिएको अवधिभित्र आफ्ना विवरणहरू अद्यावधिक नगराएमा नियमानुसार दर्ता खारेजी लगायतका कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको… पुरा पढौ

कुमारी बैंकद्वारा शहीद गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग

काठमाडौं, २७ साउन। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले दिएको उक्त रकम विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको सघन उपचार (Critical Care) सेवा सुदृढीकरण, आवश्यक स्वास्थ्य सेवा एवम् स्वास्थ्य उपकरण व्यवस्थापनमा उपयोग गरिनेछ। नेपाल सरकार अन्तर्गत सञ्चालनमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्र हो। यस केन्द्रले देशका दुर्गम तथा पिछडिएका क्षेत्रबाट आउने आर्थिक… पुरा पढौ

राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जा सम्बन्धी नियमावली जारी, चुक्ता पुँजी रु. ३० करोड हुनुपर्ने

काठमाडाैं, २६ साउन । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले "हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०" मा छैठौँ संशोधन (२०८३) जारी गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी २०८३ साउन २६ गते जारी गरिएको यस संशोधित निर्देशिकाले हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीहरूको सञ्चालन, पुँजी, ब्याजदर र कर्जा वर्गीकरणमा नयाँ व्यवस्था लागू गरेको छ। मुख्य व्यवस्थाहरू: चुक्ता पुँजी र संरचना: हायर पर्चेज कर्जा… पुरा पढौ

सम्हालियाे नेप्से-०.७९ अङ्कको सुधार, ४ अर्ब बढीकाे काराेबार

काठमाडाैं, २६ साउन । लगातार तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार (नेप्से) मा साताको दोस्रो दिन मङ्गलबार सामान्य सुधार आएको छ। मङ्गलबार नेप्से परिसूचक ०.७९ अङ्कले बढेर २६४१.८५ विन्दुमा पुगेर बन्द भएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ०.८५ अङ्क, फ्लोट इण्डेक्स ०.१७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अङ्कले बढेका छन्। परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो दिन (सोमबार) ३ अर्ब ६७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३४० वटा कम्पनीका ९५ लाख ३४ हजार… पुरा पढौ

सुनचाँदीकाे भाउमा वृद्धि, सुन तोलामा ६ हजार ४ सयले बढ्यो

काठमाडाैं, २६ साउन । नेपाली सुनचाँदी बजारमा मङ्गलबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ। मूल्य वृद्धिसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि आएको छ। आज चाँदी प्रतितोला १ सय १० रुपैयाँले बढेर… पुरा पढौ

माग बढेपछि अण्डाको मूल्य वृद्धि, किसान अझै मारमा

चितवन, २६ साउन । बजारमा अण्डाको माग ह्वात्तै बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ। संघले आजैदेखि लागू हुने गरी नयाँ दररेट सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार ‘एक्सएल’ अण्डा प्रतिक्रेट (३० वटा) ५ सय ६० रुपैयाँ, ठूलो अण्डा ५ सय ४५ रुपैयाँ र मध्यम (मिडियम) अण्डा ५ सय रुपैयाँ तोकिएको छ। यस्तै, सानो अण्डा प्रतिपेटी (सात क्रेट) को ३ हजार रुपैयाँ समर्थन मूल्य निर्धारण गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार पछिल्लो समय बर्डफ्लु… पुरा पढौ

सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको छलाङ

काठमाडौं, २६ साउन। सानिगाड हाइड्रो लिमिटेड (SGHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा कम्पनीले २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ५ करोड ४२ लाख रुपैयाँको तुलनामा ३९०.१६ प्रतिशतले बढी हो। विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि हुनुका साथै वित्तीय खर्चमा भारी गिरावट आएकाले कम्पनीको नाफामा आकर्षण सुधार देखिएको हो। वित्तीय विवरणका मुख्य… पुरा पढौ

नेपालमा २०० अर्ब लगानी भित्र्याउन लगानीकर्ता तयार

काठमाडौं, २६ साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा कार्यरत ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई नयाँ लगानी भित्र्याउन, भइरहेको उद्योग विस्तार गर्न र रोजगारीका अवसर सिर्जना गर्न आह्वान गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजना गरिएको छलफलमा नेपालका २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले नयाँ प्रविधि र उत्पादनमा प्रवेश गर्न आग्रह गर्दै सरकार सदैव सहयोग गर्न तयार रहेको स्पष्ट पारे। अर्थमन्त्रीको आग्रहपछि छलफलमा सहभागी कम्पनीका उच्च अधिकारीहरूले जलविद्युत्, पेन्ट, होटेल तथा पेय पदार्थजस्ता उत्पादनमूलक क्षेत्रमा करिब २०० अर्ब रुपैयाँ थप लगानीको… पुरा पढौ