आर्थिक 📈

सुनको भाउमा १ हजारले गिरावट, चाँदीको पनि घट्यो,

काठमाडौं, १५ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको घटेको छ । सुनमा रुपैयाँ १ हजारले र चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १४… पुरा पढौ

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच लगानीबारे भेटवार्ता

वाशिङटन डिसी, १५ कात्तिक । अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन्। उक्त अवसरमा उनीहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरे । निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १५ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनकाे कति ?

काठमाडौं, १५ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । भारतबाट इन्धनको मूल्य घटेर आएपछि यहाँ पनि मूल्य घटाइएको हो । निगमले खाना पकाउने ग्यास र पेट्रोलको मूल्य भारतबाट बढेर आए पनि यथावत रहेकाे जनाएकाे छ । पुरा पढौ

नेप्सेमा १६.३३ अंकको गिरावट, ५५ करोडको कारोबार

काठमाडौं, १४ कातिक । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ । सेयर बजारको गिर्दो अवस्थाको कारण लगानीकर्ताहरुको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.३३ अंकले घटेर १८६२.३७ विन्दुमा झरेको छ । नेप्सेमा ०.८६ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स २.६५ अंकले घटेर ३६०.४७ विन्दुमा रहेको छ । सबै १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल २८६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको २१ लाख ९३ हजार… पुरा पढौ

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा १९ प्रतिशत लाभांश घोषणा

काठमाडौं, १३ कात्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बताइएकाे छ । बैंकको उक्त लाभांश आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले यसअघि गत आर्थिक वर्षमा करसहित कुल १६.५१ प्रतिशत मात्रै नगद लाभांश प्रदान गरेको थियो। पुरा पढौ

मंगलबार सुनको भाउमा गिरावट, चाँदीको बढ्यो

काठमाडौं, १४ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने आज तेश्रो दिन हो । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । सुनको भाउ घटेको छ भने चाँदीको भाउमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनको भाउ रुपैयाँ ६ सय ५० ले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ १० ले बढेर काराेबार भइरहेकाे छ । छापावाल सुनमा रुपैयाँ ६ सय ५० ले घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल… पुरा पढौ

किसानलाई अनुदानमा आलुको बीउ वितरण

कञ्चनपुर, १४ कात्तिक । व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ । आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो । वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करनसिंह बुढाऐरले बताए। “छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका आठ किसानलाई एक क्विनटलका दरले… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, १४ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ, १३ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन… पुरा पढौ