आर्थिक 📈

कुमारी क्यापिटलको विशेष लगानीकर्ता सचेतना कार्यक्रम

काठमाडाैं, २१ असाेज । कुमारी क्यापिटलले “विश्व लगानी सप्ताह २०२३” को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्ताबीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्य र कुमारी क्यापिटलका मर्चेन्ट बैंकिङका प्रमुख सविन बुढाथोकी सहभागी थिए। पाल्पाको तानसेनमा बसोबास गर्ने स्थानीय लगानीकर्तालाई सेयर बजारमा सहभागिता जनाउन र लगानी सम्बन्धी जानकारीका निर्णय गर्नका सम्भावित फाइदाबारे जानकारी गराउने उद्देश्यले पाल्पास्थित कुमारी बैंक, पाल्पा, तानसेन शाखासँगको सहकार्यमा लगानीकर्ता सचेतना कार्यक्रम… पुरा पढौ

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान-सर्पपालनमा भ्रष्टाचार, पूर्ब मन्त्रीसहित ७ जनाविरूद्ध मुद्दा दायर

काठमाडौं, २१ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार सर्लाहीको लालबन्दीमा सो प्रतिष्ठानसँग मिलेर सर्पको विष सङ्कलन गरी प्रशोधन र उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले उपलब्ध गराएको बजेटमा भ्रष्टाचार भएको पाइएको हो । कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/७७ को मधेश प्रदेश सरकारको बजेट वक्तव्यमा सङ्घीय सरकारले समपूरक अनुदानका रुपमा… पुरा पढौ

आईतबार सेयर बजार राताम्मै, करिब २ अर्बको कारोबार

काठमाडौं, २१ असोज । साताको सेयर कारोबार हने पहिलो दिन आईतबार नेपाली सेयर बजार राताम्मै भएको छ । सेयर बजारमा देखिएको गिरावटले लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा पुगेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ विन्दुमा झरेको छ । नेप्सेमा १.८२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.७९ अंकले घटेर ३६७.५७ विन्दुमा रहेको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । नेप्सेमा यसदिन २८९ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५८ लाख १५… पुरा पढौ

बिआरआई परियोजना प्राथमिकताकासाथ अगाडी बढाईने : प्रधानमन्त्री दाहाल

काठमाडौं, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका छन् । बिआरआई सुरुवात भएको १० वर्ष पुगेको उपलक्षमा आज नेपाल–चीनमैत्री मञ्चले आयोजना गरेको ‘बिआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा प्रधानमन्त्री दाहालले बिआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना भएको बताए। उनले बिआरआईअन्तर्गत परियोजना छनोट र कार्यान्वयन हुनेगरी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ६.८७ अंककाे बृद्धि

काठमाडाैं, २१ असाेज । आज साताको सेयर काराेबार हुने पहिलो दिन हाे । सेयर बजारकाे आइतबारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.८७ अंकले बढेकाे छ । अघिल्लो कारोबार भएकाे दिन गएकाे बिहीबार नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ विन्दुमा पुगेर बजार बन्द भएको थियाे । यसदिनकाे प्रि ओपन सेसनमा नेप्सेमा ६.८७ अंकले बढेर १९६३.८० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स १.३२ अंकले बढेको छ। आजकाे प्रि ओपनमा ६० वटा कम्पनीहरूकाे ५ हजार ६७७ कित्ता सेयरकाे खरिदबिक्री भएकाे छ । यसबाट १९… पुरा पढौ

आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ २० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनमा रुपैयाँ ३०० ले बढेर तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन तोलामा रुपैयाँ ३०० ले बढेर तोलाको… पुरा पढौ

आज अमेरिकी डलर, यूराेसिहत अन्यकाे भाउ स्थिर

काठमाडौं, २१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, यूराे तथा अन्य देशहरूको मुद्राको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । अमेरिकी डलर १ को खरिददर १३२… पुरा पढौ

जनकपुर बिग मार्टमा आगलागी, रु १० करोड बढीको क्षति

धनुषा, २१ असोज । जनकपुर बिग एक मार्टमा गएराति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए। उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताए। सञ्चालक रायले भने, “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाैं ।… पुरा पढौ

गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो

टीकापुर (कैलाली), २१ असोज । कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आएका छन् । तालिमपछि धुपबत्ती र दियो बनाउन धमाधम भइरहेको बताइएको छ । पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी… पुरा पढौ

टोखामा ‘प्रथम कर सप्ताह’ सम्पन्न, चालू आवमा ८ करोड कर सङ्कलन

काठमाडाैं, २१ असोज। टोखा नगरपालिकाले आयोजना गरेको ‘प्रथम कर सप्ताह’ सम्पन्न भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नारामा गत असोज १४ गतेदेखि सुरु भएको ‘प्रथम कर सप्ताह’ सम्पन्न भएको हो । प्रथम कर सप्ताहको अवसरमा टोखा नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार कर सप्ताह आयोजना गरिएको बताए। उनले टोखा नगरपालिकाले कूल बजेटको जम्मा १० देखि… पुरा पढौ