आर्थिक 📈

बढ्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कति ?

काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरो तथा अन्य देशहरूको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर… पुरा पढौ

यस्ताे छ राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन (पूर्णपाठ)

काठमाडौं, १९ असाेज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ एकीकृत निर्देशन जारी गरेको छ । बैंकले यसअघि जारी गरेकाे निर्देशनमा थपघट गरेर पुनः जारी गरेकाे हाे । फेरि परिमार्जनसहित जारी भएकाे निर्देशनमा लामाे समयदेखि असन्तुष्टि कायम रहेकाे सेयर बजारलाइ छुने प्रयास गरिएकाे छ । साथै घर जग्गाकेा काराेबारलाई संवाेधन गरिएकाे छ । जारी निर्देशनमा अन्य महत्वपूर्ण कुराहरू जान्नका लागि तलकाे बक्स खाेलेर हेर्नुहाेला । नयाँ एकीकृत निर्देशन यहाँ छ Unified-directives-circular-no-3Download   पुरा पढौ

शेयर धितो कर्जामा १२ करोडको सीमा बढ्याे, कति पाईन्छ ?

काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको रु १२ करोडको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो । यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट रु १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा रु १५ करोड र संस्थाको हकमा रु २० करोड बनाइएको छ । “कुनै एक वा सबै इजाजत प्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिक… पुरा पढौ

सम्पर्क सञ्जाल विस्तारमा ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च हो : उपाध्यक्ष अर्याल

काठमाडौं, १९ असोज । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सम्पर्क सञ्जाल अभिवृद्धि तथा साझेदारी विकास गर्न ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च भएको बताएकी छन् । चीनको स्वशासित क्षेत्र तिब्बत लिन्झीमा आयोजित चीन सीझ्याङ ट्रान्स हिमालयन फोरमलाई सम्बोधन गर्दै उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मात्र नभई ट्रान्स हिमालय क्षेत्रमा व्यापार, पारवहन तथा लगानी प्रवर्द्धन गर्ने बताइन्। बिआरआईको कार्यान्वयनबाट नेपाल र चीन तथा दक्षिण, दक्षिणपूर्वी, मध्य एसियाबीच ‘कनेक्टिभिटी’ विस्तार हुने जनाउँदै उपाध्यक्ष अर्यालले ऐतिहासिक कालदेखि नै नेपाल र चीनबीच सम्बन्ध रहेको तथा… पुरा पढौ

‘बेरोजगारी घटाउन निजी क्षेत्र र सरकारकाे साझेदारी आवश्यक’

काठमाडाैं, १९ असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा व्याप्त बेरोजगारी कम गर्नका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी एवं सहकार्य अपरिहार्य रहेको बताएका छन्। नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक अन्तरक्रियामा उनले लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्न आवश्यक रहेको बताए । उनले भने, “लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरे सोचे अनुरुपको आर्थिक लाभ लिन सकिन्छ ।”… पुरा पढौ

अपर तामाकोशीकाे हकप्रद शेयरबापत ५ अर्ब बढी चुक्ता

काठमाडौं, १८ असोज । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । दोलखामा सञ्चालित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीलाई एक कित्ता शेयर बराबर एक कित्ताको प्रति शेयर रु एक सय अङ्कित दरको हकप्रद शेयर निश्कासन गरिरहेको छ । कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम… पुरा पढौ

भिजन लुम्बिनीको आइपिओमा १३ लाख बढी आवेदन

पाेखरा, १८ असोज । सेती नदी जलविद्युत आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक शेयर (आइपिओ) मा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता शेयर आवेदन परेको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि गत भदौ १९ गतेदेखि प्राथमिक शेयर जारी गरेको थियो । असोज १७ गते (हिजो) अन्तिम दिन रहेकाेमा रू १३ करोड ६८ लाख १५ हजार बराबरको आवेदन परेको कम्पनीले… पुरा पढौ

नेप्सेमा ११.०४ अंकको गिरावट, १ अर्ब बढीको कारोबार

काठमाडौं, १८ असोज । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५३ अंकले घटेर ३७३.३७ विन्दुमा झरेको छ । कुल २८० वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३५ लाख ६२ हजार ६२४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको… पुरा पढौ

माथिल्लो मैलुङ खोला जलविद्युतकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडाैं, १८ असाेज। माथिल्लो मैलुङ खोला जलविद्युतकाे सेयर (आईपीओ)मा आजदेखि आवेदन खुल्ला गरिएकाे छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर जारी गरेकाे हाे । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरूकाे लागि सेयर निष्काशन गरी बाँडफाँड पनि गरिसकेकाे छ । जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुने १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता विदेशमा काम गरिरहेका… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा सामान्य ०.३९ अंककाे गिरावट

काठमाडाैं, १८ असाेज । साताको सेयर काराेबार हुने बिहिबार आज पाँचाै तथा अन्तिम दिन हाे । यसदिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक नकारात्मक लयमा गएकाे छ । नेप्सेमा सामान्य ०.३९ अंकले गिरावट भएकाे छ। यसअघि बुधबार नेप्से परिसूचक ९.२४ अंक बढेर १९६७.९७ विन्दुमा उक्लिएकाे थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३९ अंकले घटेर १९६७.५७ विन्दुमा झरेको छ। यस सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ। आजकाे प्रि ओपन सेसनमा १६ वटा कम्पनीहरूकाे ३७५ कित्ता सेयरकाे खरिदबिक्रीबाट १ लाख… पुरा पढौ