आर्थिक 📈

विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च भएकाे राष्ट्र बैंकको निष्कर्ष

काठमाडौं, २३ असोज। विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको राष्ट्र बैंकको अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले साेमबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो । लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका तीन सय ८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको राष्ट्र बैङ्कले जनाएकाे छ। प्रतिवेदन अनुसार विप्रेषणका रुपमा भित्रिएको रकममध्ये… पुरा पढौ

आरविवि मर्चेन्ट बैकिङ्गकाे लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम

काठमाडाैं, २२ असाेज । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था (आईएससिओ)को आव्हानमा असोज १५ देखि असोज २१ गतेसम्म देशभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व लगानीकर्ता सप्ताह मनाएकोे छ । सोही अवसरमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले मिति २०८० आश्विन १९ गते शुक्रबार विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवनमा… पुरा पढौ

नेप्सेमा १२.५८ अंकको गिरावट, १ अर्ब १७ करोडको कारोबार

काठमाडौं, २२ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । सेयर बजारमा गिरावट हुँदा लगानीकर्ताको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ विन्दुमा झरेको छ । नेप्सेमा ०.६५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेर ३६४.७४ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । ११ वटामा रातो लागेको छ । यसदिन कुल २८७ कम्पनीहरुको सेयर कारोबार भएको छ… पुरा पढौ

एउटै गाउँबाट पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

वालिङ (स्याङ्जा), २२ असोज । स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का अध्यक्ष रुमलाल कँडेलले बताए । कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा १.२८ अंककाे गिरावट

काठमाडाैं, २२ असाेज । आज साेमबार साताको सेयर काराेबार हुने दोस्रो दिन हाे । सेयर बजारकाे यसदिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२८ अंकले घटेकाे छ। यद्यपि याे संकेत बजार बन्द हुँदाकाे अन्तिम समयमा भने सकारात्मक हुने संभावना उत्तिकै हुन्छ । यसअघि आइतबार नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ विन्दुमा झरेको थियाे । आजकाे सेसनमा नेप्से १.२८ अंकले घटेर १९१९.९६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेको छ। यसदिन प्रि ओपन सेसनमा १२ वटा कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ… पुरा पढौ

रुपैयाँ १ हजारले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, २२ असोज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन तोलामा एकैदिन रुपैयाँ १ हजार र सेतो धातु चाँदी तोलामा रुपैयाँ १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ… पुरा पढौ

अर्थमन्त्री डा महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

काठमाडौं, २२ असोज । अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गरेका छन् । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ । यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । सोही अवसरमा अर्थमन्त्री डा महतले अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका एसिया प्यासिफिक हेर्नुहुने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, २२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो तथा अन्य देशहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर… पुरा पढौ

माथिल्लो मैलुङ खोला जलविद्युतकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, २२ असाेज । माथिल्लो मैलुङ खोला जलविद्युतकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि सेयर जारी गरेकाे थियाे । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेपछि अहिले दोस्रो चरणमा सर्वसाधारणका सेयर खुलाएकाे हाे। कम्पनीले १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता सर्वसाधारणाका लागि छुट्याएको थियो। यसबाट १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि बाँडफाँड… पुरा पढौ

कर असुल्न ठेक्का दिन लागेको भन्दै व्यवसायीहरू विरोधमा

भरतपुर, २२ असोज । भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो उनीहरूको छ । व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए । सङ्घका अध्यक्ष शङ्करबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधानविपरीत कर उठाउन लागेको जनाउँदै त्यसले व्यवसाय पलायन हुने अवस्था आउने बताए । उनले भने, “कर उठानका लागि महानगरपालिकाले बोलपत्र आह्वानको सूचना निकालेको… पुरा पढौ