आर्थिक 📈

नेप्सेमा १२.७३ अंकको बृद्धि, कारोबार रकम २ अर्ब ५७ करोडमा सिमित

काठमाडौं, १९ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.२८ अंकले बढेर ३८८.६२ विन्दुमा पुगेको छ । १३ वटै उयसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । आज कुल २८२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६४ लाख ५० हजार ९३४ कित्ता सेयरको खरिदबिक्री भएको छ… पुरा पढौ

वित्त नीतिसँग समन्वय हुने मौद्रिक नीति ल्याउनुपर्छ : डा खतिवडा

काठमाडौं, १९ असार । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वित्त नीतिसँग समन्वय हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई विज्ञहरुले सुझाव दिए। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले आज आयोजना गरेको मौद्रिक नीति सम्मेलन, २०२३ मा विज्ञ तथा निजी क्षेत्रका सरोकारवालाले वित्त नीतिसँग समन्वय हुने तथा अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिए। ब्याजदर घटाएर लगानीमैत्री वातावरण बनाउन, प्राथमिकता प्राप्त क्षेत्र र साना तथा मझौला उद्यमलाई सहज कर्जा प्रवाह गर्न, पुनरकर्जा र कर्जाको पुनर्तालिकरणको… पुरा पढौ

बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले फेरी जारी गर्याे २० अर्बको रिभर्स रिपो

काठमाडौं, १९ असार। बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि रिभर्स रिपो जारी गरेको छ । केन्द्रीय बैंकले आज मंगलबार पुन: २० अर्ब रुपैयाँको रिपाे जारी गरेको हो। प्रणालीमा तरलता बढेपछि साे तान्ने मौद्रिक औजारका रूपमा रिभर्स रिपोलाइ लिइन्छ। राष्ट्र बैंकले यसअघि चैत १० गते ५ अर्बको रिभर्स रिपो जारी गरेको थियो। त्यस्तै असार ७ मा १० अर्ब रुपैयाँकाे र असार १० गते २० अर्ब रुपैयाँकाे रिभर्स रिपो जारी गरिसकेकाे जनाएकाे छ। नेपाल राष्ट्र बैंकका अनुसार बैकिङ प्रणालीमा… पुरा पढौ

रुपैयाँ ४ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, १९ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ४० सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ९… पुरा पढौ

मकाउका नेपाली व्यवसायीसँग लगानी बोर्डले गर्याे लगानी भित्र्याउन आग्रह

काठमाडौं, १९ असार । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया गरेको छ । महावाणिज्य दूतावास, हङकङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्यावसायिक वातावरण सुरक्षित बन्दै गएकाले लगानी गर्न आग्रह गरे। विशेषगरी नवीकरणीय ऊर्जा र निर्माण क्षेत्रमा सहज लगानीको अवसर रहेको उनको भनाइ छ । नेपालमा लगानी गर्दा भविष्यको सुनिश्चितताको जिम्मा लगानी बोर्डले लिने भन्दै कार्यकारी अधिकृत भट्टले नेपालमा लगानी गर्दाको फाइदाबारे प्रकाश… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, १९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८४ पैसा र बिक्रिदर १३१ रुपैयाँ ४४ रहेको छ । यूरो… पुरा पढौ

मुक्तिनाथ क्यापिटलले पायाे कोष प्रबन्धककाे इजाजत, म्युचुअल फन्ड दर्ता गर्न मुक्तिनाथ बन्याे पहिलो विकास बैंक

काठमाडाैं, १८ असार । मुक्तिनाथ क्यापिटलले सेवाेनबाट कर्पोरेट सल्लाहकार र कोष प्रबन्धकका लागि इजाजतपत्र प्राप्त गरेकाे छु । यस उपलब्धिले मुक्तिनाथ क्यापिटललाई आफ्नो सेवा प्रस्तावलाई फराकिलो बनाउन र आफ्ना ग्राहकहरूलाई व्यापक वित्तीय समाधानहरू उपलब्ध गराउन सक्षम बनाएकाे बताइएकाे छ। सेवाेनकाे लाइसेन्सले मुक्तिनाथ क्यापिटललाई आफ्नो कर्पोरेट एडभाइजरी डिभिजन अन्तर्गत व्यवसाय र लगानीकर्ताहरूको विविध आवश्यकताहरू पूरा गर्दै सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्न सक्षम बनाएकाे छ। मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले भने, कर्पोरेट सल्लाहकार र कोष प्रबन्धक सेवाहरूको लागि सेबोन इजाजतपत्र… पुरा पढौ

तरकारी र फलफूलकाे भण्डारका लागि मुना बजारमा कोल्डरुम

पोखरा, १८ असार । गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी एवं मुना कृषि लिमिटेडको साझेदार कार्यक्रम “सुरक्षित तरकारी र फलफूलका लागि कोल्डरुम निर्माण÷स्थापना एवं संचालन सम्बन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कार्यक्रममा कास्कीका छिमेकी जिल्लाहरु पर्वतको मोदी गाउँपालिका, स्याङ्जाको फेदिखोला, कास्कीको लाहाचोक, फुस्रेखोला लगायतका क्षेत्रका कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष नरनाथ वरालले महानगरले कृषि लगायतका क्षेत्रमा कार्यक्रमहरु गरिरहेको र यसमा स्थानियलाइ जागरुक बनाइरहेकाे बताए । वरालले… पुरा पढौ

नेप्सेमा २१.३२ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

काडमाडौं, १८ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा गिरावट भएको छ । अघिल्ला दिनहरुको तुनामा कारोबार रकम पनि घटको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा झरेको छ । नेप्सेमा १.०२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेर ३८६.३५ विन्दुमा रहेको छ । यसदिन दुईवटा बाहेक ११ वटा उपसमूहहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । आज कुल २७६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको… पुरा पढौ

रास्कोटमा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य

मान्म, १८ असार । कालीकोटको रास्कोट नगरपालिकालमा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक ओखरको बिरुवा’ अनिवार्य गरिएको छ । हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर, एक ओखर बिरुवा’ रोप्नुपर्ने नीति बनाएको हो । नगरपालिकामा खुक्खापन बढ्दै गएकाले ‘एक घर, एक ओखर बिरुवा’ रोपेर हरियाली बनाउने योजना रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य रोप्ने नीति लिएको नगर प्रमुख धर्मराज शाहीले बताए। “आयआर्जनसँगै हरियाली रास्कोट बनाउनका लागि ‘एक घर, एक… पुरा पढौ