आर्थिक 📈

सुनचाँदीको भाउ लगातार बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ११… पुरा पढौ

रावा इनर्जिको आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, १८ जेठ । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आजदेखि सेयर आईपीओ बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुकाे लागि सेयर बिक्री गरेपछि सर्वसाधारणका लागि सेयर खुलाएकाे हाे। कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ताबाट ५६ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारि गरेकाे थियाे । यस्तै २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि बिक्री गरेकाे थियाे । ८७ हजार ६७० कित्ता सेयर बिक्री तथा… पुरा पढौ

बढ्यो डलरको भाउ, युरोसहित अन्य देशको मुद्राको भाउ घट्यो

काठमाडौं, १८ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ घटेको छ । साथै अन्य देशहरुको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर… पुरा पढौ

बजेटले निजी क्षेत्रको मनोबल बढाएको छ: राष्ट्रिय व्यवसायी महासंघ

काठमाडौं, १८ जेठ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आर्थिक वर्ष २०८०/८१ बजेट निजी क्षेत्रको मनोबल बढाउने खालको आएकाले सकारात्मक भएको बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले एक विज्ञप्ती जारी गरी वजेटमा निजीक्षेत्रको मनोबल बढाउने योजना ल्याएकाले सकारात्मक रहेको बताए। “चालु आवमा समग्रमा दुई दशमलव १६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने देखिएकोमा आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निकै महत्वकाङ्क्षी योजना रहेको देखिन्छ,”–अध्यक्ष कार्कीले भने। महासंघले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको रु १७ खर्ब ५१ अर्व ३१… पुरा पढौ

नेपाल र विश्व बैंकबीच १८ अर्ब ४४ कराेडकाे सहुलियतपूर्ण ऋण र अनुदान सम्बन्धी सम्झौता

काठमाडौं, १७ जे । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जर्भोसले उक्त सम्झौतामा हस्ताक्षर गरे। विश्व बैंकअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडिए) ले ‘ग्लोबल पार्टनरशिप फर एजुकेसन’ कार्यक्रममार्फत… पुरा पढौ

सेयर बजार राताम्मै, प्रभु बैंक प्रोमोटर सेयरको कारोबार अब्बल

काठमाडौं, १७ जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार राताम्मै भएको छ । आर्थिक वर्ष २०८० २०८१ को वजेट आईसकेको भएपनि बजारले सहजै स्वीकार्न नसकेको वा असन्तोष बाँकी नै रहेछन् भन्ने हो । लगानीकर्ताको सोहि मनोविज्ञानका कारण वजेट आईसकेपछिका दिनमा पनि लगातार ओरालो लागिरहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा झरेको छ । नेप्सेमा २.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.२८ अंकले घटेर ३५३.४३ विन्दुमा रहेको छ ।… पुरा पढौ

सरकारको ध्यान बजेट कार्यान्वयनमा छ : अर्थमन्त्री डा महत

काठमाडौं १७ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन् । उनेले भने, “पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ र यसलाई समाधान गर्नका उच्च प्राथमिकता दिएको छु । ”नेपाल आर्थिक पत्रकार समाजले आज आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उनले पुँजीगत खर्चलाई प्रभावकारी बनाउनका लागि बुँदागत रुपमै घोषणा गरेको र यसको कार्यान्वयन हुने विश्वास व्यक्त गरे। पुँजीगत खर्चको कार्यान्वयन राम्रो भयो भने वैदेशिक सहयोग पनि बढ्ने र यसले गर्दा… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ४ अंककाे गिरावट

काठमाडौं, १७ जेठ । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक घटेको छ। नेप्से परिसूचक मंगलबार ५३.१६ अंक घटेर १८८८.६१ विन्दुमा झरेको थियाे । आज उक्त सेसनमा ४.१४ अंक घटेर १८८४.४८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.२९ अंक घटेको छ। यसदिनकाे सेसनमा २९ कम्पनीकाे १८ लाख ४५ हजार २३४ रुपैयाँ ३० पैसा बराबरको काराेबार भएकाे छ । ४ हजार ४४५ कित्ता सेयर खरिदबिक्री भएको छ। ६ वटाको सेयरमूल्य बढेको छ… पुरा पढौ

युनिक नेपाल लघुवित्तकाे एफपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, १७ जेठ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाकाे एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाले जेठ ११ गतेदेखि ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको सेयर निष्काशन गरेकाे थियाे । संस्थाकाे ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता सेयर निष्काशन गरेको थियाे । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था गाभिएर बनेकाेयुनिक नेपाल लघुवित्त वित्तीय संस्थामा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर… पुरा पढौ

बढ्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूराेको भाउ बढेको छ । साथै अन्य देशहरुको मुद्राको भाउ पनि बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४… पुरा पढौ