आर्थिक 📈

सञ्चार तथा सूचना प्रविधितर्फ १२ करोड बढ्यो, खेलाडीलाई सहुलियत कर्जा दिइने

काठमाडौं, १५ जेठ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ७१ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सो जानकारी दिए। चालु आवमा सञ्चारमा रु आठ अर्ब ५९ करोड बजेट विनियोजन गरिएको थियो । काठमाडौँका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने नेपाल सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ ।… पुरा पढौ

दिवा खाजालाई रुपैयाँ ८ अर्ब ४५ करोड, नवजात शिशुका लागि ‘मिल्क बैंक’ सञ्चालन गरिने

काठमाडौं, १५ जेठ । नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताए्। स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने र उक्त कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बजेटमा उल्लेख छ । नवजात शिशुका लागि… पुरा पढौ

स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड र पूर्व-पश्चिम राजमार्गको लागि ३१ अर्ब २ करोड विनियोजन

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा सरकारले प्रकाशशरण महतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उनले साे कुरा बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको महतले बताए । चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो । गत वर्षसम्म कोभिडका कारण… पुरा पढौ

पर्यटन प्रवर्द्धन-‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने’

काठमाडौं, १५ जेठ । नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने बताए । बजेटमा ‘अतिथि देवो भव’ भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने र सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पु¥याइने उल्लेख छ । त्यस्तै, मुलुकलाई… पुरा पढौ

शिक्षा, विज्ञान तथा प्रविधिमा २ खर्ब बजेट, हिमालको पानीलाई ब्राण्डिङ गरिने

काठमाडौं, १५ जेठ । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए। चालु आवमा शिक्षातर्फ सङ्घमा रु ७० अर्ब पाँच करोड बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा रु पाँच अर्ब ३२ करोड र स्थानीय तहमा रु एक खर्ब २१ अर्ब एक… पुरा पढौ

स्टाटर्अपलाई १ अर्ब २५ करोड वजेट विनियोजन

काठमाडौं १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्टाटर्अपलाई प्रोत्साहन गर्नका लागि १ अर्ब २५ करोड रूपैयाँकाे वजेट विनियोजन गरेको बताएका छन्।  डा. महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्दै साे कुरा बताएका हुन् । भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिने भएकाे हाे । नयाँ कम्पनी दर्ताका लागि अब कुनै शुल्क नलाग्ने भएकाे छ । न्यूनतम एक सय रूपैयाँ अधिकृत पूँजी राखेर कम्पनी खाेल्न सकिने कानुनी व्यवस्था गरिने भएकाे छ। डा महतले अनलाइनबाट कम्पनी… पुरा पढौ

संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री-LIVE

काठमाडौं, १५ जेठ । सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो । https://www.youtube.com/embed/ImiLagFk1SY यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिए। प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट वक्तव्य सुन्न राजनीतिक दलका… पुरा पढौ

आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने प्रक्षेपण

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने आकलन गरेको छ। आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धिदर २.१६ बताएका हुन । विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने बताए। उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै छलफल जानकारी दिए । अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसदमा फागुन महिनामा छलफल गर्ने व्यवस्था गरेको जानकारी दिए । महतले हरित अर्थतन्त्र विकास गर्ने… पुरा पढौ

आर्थिक वर्ष २०८०-८१ को बजेट भाषण आज, १७ खर्ब भन्दा बढीकाे बजेट ल्याउने तयारी

काठमाडौं, १५ जेठ । सरकारले आज सोमवार आगामी आवको बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । चालू आर्थिक वर्षको तुलनामा कूल बजेट र राजस्व संकलन दुवैको अनुमानमा कटौती गरेर यस वर्ष १७ खर्ब ९३ अर्बको बजेट ल्याइएकोमा आगामी वर्षमा त्यसमा करीब ५ प्रतिशत घटाई १७ खर्ब २५ अर्बसम्मको बजेट ल्याउने तयारी गरेको अर्थ मन्त्रालय स्राेतले बताएकाे छ। बजेटलाई लोकप्रिय बनाउन दबाव खेपिरहेका अर्थमन्त्री प्रकाशशरण महतसँग ठूलो आकारको… पुरा पढौ

सोमबार सुनचाँदीकाे भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १५ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको सुनचाँदी आईतबारकै मूल्यमा खरिदबिक्री भईरहेको छ । नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ८ हजार १ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुनको भाउ तोलाको १ लाख ८ हजार १ सय रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको… पुरा पढौ