आर्थिक 📈

सरकारको आम्दानीभन्दा खर्च धेरै

काठमाडाैं, १ वैशाख । चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ नाघेको देखिएको हो। अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च सवा २ दशमलव ९ प्रतिशत विन्दुले बढी हो। यो अवधिसम्ममा संकलन भएको सरकारी राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था छ भने पुँजीगत खर्च निकै कम छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार नौ महिनामा सरकारले वार्षिक विनियोजनको ५२ दशमलव… पुरा पढौ

महालेखा प्रतिवेदन: १ खर्ब १९ अर्ब ७७ करोड बढी बेरुजु

काठमाडौं, १ वैशाख । नेपाल सरकार अन्तरगत संघ, प्रदेश र स्थानीय तहको कुल बेरूजु रकम १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ रहेको छ।महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा आर्थिक वर्ष ०७८०७९ मा सो रकम बेरूजु देखाएको हो। महालेखाले ६ हजार ५ सय ४६ सरकारी कार्यालयको लेखापरीक्षण गरेको थियो। महालेखाले संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय सरकार र संगठित संस्थाहरुको लेखापरीक्षण गरेको थियो। यो वर्ष ६ हजार ५४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब… पुरा पढौ

यस्ताे छ सनराइज क्यापिटलकाे नयाँ वर्षको लगानी योजना

काठमाडौं, १ वैशाख । सनराइज क्यापिटलले नयाँ वर्ष २०८० को अवसरमा नयाँ एसआइपी पोर्टफोलियो योजना सञ्चालनमा ल्याएको जनाएकाे छ। क्यापिटलका अनुसार आकर्षक प्रतिफल दिन दीर्घकालीन लगानीमा सहभागिता गराउन लागिएकाे हाे । नयाँ योजनामा सरिक हुन चाहने इच्छुक लगाानीकर्ताले ताेकिएकाे समयमा निर्धारिण गरिएकाे रकम जम्मा गर्नुपर्नेछ । क्यापिटलले साे रकम दीर्घकालीन प्रतिफल पाइने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी हुने जनाएकाे छ । याेजनामा सरिक हुन चाहेका र लगानीकाे व्यवस्थापनमा हुने कठिनाइ भएकाहरुकाे लागि राम्राे हुने अपेक्षा गरिएकाे छ । वित्त बजारमा सुधारकाे… पुरा पढौ

लाभांश पारित गर्नका लागि नेसनल माइक्रोफाइनान्सले डाक्याे साधारण सभा

काठमाडौं, १ वैशाख । लाभांश अनुमाेदन गर्नका लागि नेसनल माइक्रोफाइनान्सले वैशाख १५ गते साधारण सभा डाकेकाे छ । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरणकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा वैशाख १५ गते धादिङ क्रिक रिसोर्ट, धादिङबेसीमा पूर्वान्ह ११ बजे डाकेकाे हाे । नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरिसकेकाे छ । यसकाे कारण कर प्रयोजनका लागि नगद लाभांश नहुने भएकाे छ। राष्ट्र बैंकको निर्देशन अनुसार संशोधन गर्दै कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरणकाे प्रस्ताव… पुरा पढौ

बर्षको अन्तिम दिन सेयर बजार राताम्मै

काठमाडौं, ३० चैत । अघिल्लो दुई दिन लगातार उकालो लागेको सेयर बजारमा साताको अन्तिम कारोबार हुने दिन बिहिबार करेक्सन भएको छ । याे दिन बर्षकाे अन्तिम काराेबारकाे दिन पनि हाे । बुधबार ९२ अंकको बृद्धि देखिएको नेप्सेमा यसदिन २९.०७ अंकको गिरावट भएको छ । लामाे समयदेखि नेप्सेमा सुधार नआउदा लगानीकर्ताहरुको मनोबल उच्च हुन सकेको छैन । तर यस प्रकारको गिरावट आउनु सामान्य नै भएको सेयर बजारका जानकारहरु बताउँछन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ को… पुरा पढौ

बिहिबार सुनचाँदी स्थिर भाउमा कारोबार हुँदै

काठमाडौं, ३० चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन यसदिन तोलाको १ लाख १० हजार २५० रुपैयाँमा कारोबार… पुरा पढौ

वस्तुगततर्फ उपाध्यक्षमा ढकाल र एशोसिएटतर्फ १९ जना बिजयी

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचामा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ समूहका उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। ढकालले ६१ मत ल्याएर विजयी भएका हुन। अन्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई समूहका सुकुन्तलाल हिराचनले ७  भाेट पाए । हेमराज ६१ मत ल्याएर विजयी भए भने अन्जन श्रेष्ठ प्यानलका  मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७  भाेट पाए । एशोसिएट कार्यसमिति सदस्यको मतपरिणाम अनुसार अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्द बगरिया, उज्वलकुमार श्रेष्ठ, गोपाल खनाल,… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहितको विदेशी मुद्राको भाउमा सामान्य फेरबदल भएको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३ पैसा बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा रहेको… पुरा पढौ

वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बीमा

त्रिशूली, ३० चैत । नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बीमा’ गरेका छन् । उनले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बीमा गराए। वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिए। बीमावापत प्रतिविद्यार्थी रु दुई सयका दरले एक वर्षको प्रिमियमवापत रु दुई लाख ४४ हजार वडाध्यक्ष खड्काले भुक्तानी दिए । बीमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा… पुरा पढौ

घरभाडा घटाउन व्यावसायीक सङ्घसंस्थाको अपिल

लुम्बिनी, ३० चैत । कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक सङ्घसंस्थाले ठहर गरेका छन् । व्यावसायीक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक सङ्घसंस्थाको सञ्जालले बृहत् बैठक आह्वान गरी बैंक ब्याजदर र घरभाडा घटाउन दबाबस्वरुप खाका तयार गर्ने निर्णय गरेको छ । रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, उद्योग व्यापार सङ्घ र नेपाल… पुरा पढौ