आर्थिक 📈

स्याङ्जाका छ हजार करदाताले बुझाएनन् आयकर विवरण

वालिङ, ११ जेठ । गत वैशाख २५ गतेसम्म स्याङ्जाका छ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल १४ हजार चार सय ४७ सङ्घसंस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा छ हजार एक सय १० करदाताले आयकर विवरण नबुझाएका हुन् । गत वैशाख मसान्तसम्म करदाता सेवा कार्यालयमा आयकरतर्फको आय विवरण नबुझाउने छ हजार एक सय १० करदातालाई आय विवरण बुझाउन पत्राचार तथा सूचना जारी गरिएको कार्यालय प्रमुख कर अधिकृत शोभाकान्त पङ्गेनीले बताए। गत… पुरा पढौ

के कारणले घट्याे म्याग्दीमा महकाे उत्पादन ?

गलेश्वर, ११ जेठ । हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ । बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ । त्यसैगरी वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका कारण विभिन्न किसिमका रोगकीराको प्रकोप देखिन थालेका ज्यामरुककोटका मौरीपालक किसान बलबहादुर घिमिरेले बताए। गत आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाका… पुरा पढौ

औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन

चितवन, ११ जेठ । उद्योग सङ्घ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ । विसं २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल छ महिना अघि निर्माण सम्पन्न भएको हो । तर त्यसयता प्रयोगबिहीन अवस्थमा छ । बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले रु एक करोड ८० लाखको लागतमा निर्माण गरेको सो प्रदर्शनीस्थल हस्तान्तरण कसलाई गर्ने भन्ने निर्णय नभएकाले अलपत्र परेको हो । निर्देशनालयका निर्देशक गोविन्द सिग्देलका अनुसार… पुरा पढौ

एकैदिन १ हजारले घट्यो सुनको भाउ,चाँदीमा पनि गिरावट

काठमाडौं, ११ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ १० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख… पुरा पढौ

युनिक नेपाल लघुवित्तको एफपीओकाे आवेदन खुल्ला

काठमाडौं, ११ जेठ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि एफपीओ खुल्ला गरेकाे छ । संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर खुलाएकाे हाे । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था एक भएर बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत रहेकाे छ । सेयर लगानीकर्ताले जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा शिवम सिमेन्ट अब्बल

काठमाडौं, १० जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । केहि सूचकहरुमा गिरावट भएपनि अधिंकाश सुचक उकालो लागेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को वजेट घोषणा हुने मिति नजिक आईरहेको बेलामा सेयर बजारमा उत्साह थपिएको छ । वजेटले पूँजीबजारलाई संवोधन गर्ने अपेक्षा गरिरहेका लगानीकर्ताहरु जुर्मुराएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा उक्लिएको छ… पुरा पढौ

स्वरोजगार कोषद्वारा ऋण चुक्ता गर्न ७० सहकारीलाई आग्रह

काठमाडौं, १० जेठ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० सहकारीलाई आग्रह गरेको छ । कोषले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जाना सहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो । तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने कोषले चेतावनीसमेत दिएको छ । ऋण चुक्ता गर्नुपर्ने… पुरा पढौ

पर्वतका ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा

पर्वत, १० जेठ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण भने बढ्न सकेको छैन । पर्वतमा हालसम्म झण्डै ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएका छन् । राष्ट्रिय जनगणना, २०७८ का अनुसार पर्वतको कुल जनसङ्ख्या एक लाख ३२ हजार तीन सय ५२ रहेको छ । यीमध्ये २४ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डको सम्पर्क कार्यालयका संयोजक तथा जनस्वास्थ्य निरीक्षक टीकाकुमारी श्रीसले जानकारी दिइन। जिल्लाका सातवटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका २८… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेको र चाँदीमा रुपैयाँ ५ ले घटेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी

जलेश्वर, १० जेठ । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन् । सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय दिएपछि अहिले महोत्तरीमा मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको हो । गत वैशाख १८ गतेदेखि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी… पुरा पढौ