आर्थिक 📈

अमेरिकी डलरको भाउ स्थिर, यूरोको घट्यो, अन्यको कस्तो ?

काठमाडौं, १५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८३ पैसा… पुरा पढौ

बचतकर्ताद्वारा रकम फिर्ता गर्न माग

गलकोट, १५ जेठ । सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराए। प्रदेशसभाको आइतबार बसेको बैठकको विशेष समय लिएर सदस्य पाठकले बेपत्ता भएका सञ्चालकको चल–अचल सम्पत्ति बेचबिखन गरी बचतकर्ताको रकम फिर्ता गर्न माग गरे। प्रदेशसभा सदस्य सुवेदीले एक हजार दुई सय बचतकर्ता अहिले बिचल्लिमा परेको… पुरा पढौ

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता

काठमाडौं, १४ जेठ । आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । शाखा विस्तारसँगै बैंङ्कि कारोबार गर्ने जनसंख्या उल्लेख्य बढेको देखिएको छ । “विक्रम सम्वत २०७९ फागुनसम्ममा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता चार करोड ९२ लाख पाँच हजार, कर्जा खाता… पुरा पढौ

सार्वजनिक संस्थान २५ नाफामा, १७ घाटा र २ को कारोबार शून्य

काठमाडौं, १४ जेठ । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने १७ वटा संस्थानले घाटा व्यहोरेका छन् । दुईवटा संस्थानको कारोबार शून्य रहेको छ । हाल जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ । विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, साढे २ अर्बको कारोबार

काठमाडौं, १४ जेठ । सताको सेयर कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा झरेको छ । नेप्सेमा ०.८९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.९० अंकले घटेर ३६९.४२ मा रहेको छ । १३ उपसमूहमध्ये दुई वटामा मात्रै हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । बाँकी ११ वटामा रातो लागेको उनीहरु सबैको सेयर घटेको छ । यसदिन कुल २७० कम्पनीहरुको… पुरा पढौ

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण पेस

काठमाडौं, १४ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गरेका छन् । आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको उनले बताए। “अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई… पुरा पढौ

यस्तो छ आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ

काठमाडौ, १४ जेठ । आज साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन हो । यसदिन सुनचाँदीको भाउ के छ भनेर ग्राहकले सोधिखोजि गर्नु स्वाभाविक नै हुन्छ । अहिले नेपालमा बिस्तारै प्रिमनसुनकाे लहर चलेको छ । अर्थात वर्षायामका प्रारम्भका दिनहरुको आगमनसंगै नेपालीलाई बढी सक्रिय बनाउने दिनुहरु पनि शुरु भएका छन् । वर्षायामसंगै नेपालीका विभिन्न प्रकारका चाडपर्वहरु पनि लहरै आउछन् । विशेषत चाडपर्वको बेलामा गरगहना लगाउने चलन अनुसार ग्राहकले सुनको किनबेच गर्दछन् । बजारको माग अनुसारको धान्ने काम अझैं हुन नसकेको नेपाल सुनचाँदी… पुरा पढौ

अमेरिकी डलर र यूरोसहित अन्य देशरुको मुद्राको भाउ स्थिर

काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरोसहित अन्य देशहरुको मुद्राको भाउ स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८३ पैसा बिक्रिदर १३२ रुपैयाँ ४३… पुरा पढौ

ट्युबेलमार्फत बाह्रै महिना सिँचाइले हराभरा खेतबारी

भरतपुर, १४ जेठ । चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो । सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डिप ट्युबेल र तीन सय ६० वटा स्यालो ट्युबेल जडान गरिएको आयोजना प्रमुख देवकुमार स्याङ्बोले बताए। उनका अनुसार यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ । विशेष गरेर कुलो, नहर नभएको र… पुरा पढौ

हेटौँडामा मिटरब्याजीविरुद्ध साठी उजुरी दर्ता

बागमती, १३ जेठ । मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६० उजुरी परेका छन् । सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने आह्वान गरेपछि ६० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । कार्यालयका सहायक प्रजिअ नेत्रप्रसाद शर्माका अनुसार हेटौँडा उपमहानगरपालिकाबाट २६, मकवानपुरगढी गाउँपालिकाबाट छ, भीमफेदीबाट १२, कैलाश गाउँपालिकाबाट तीन, इन्द्रसरोवर गाउँपालिकाबाट तीन र जिल्लासँग सम्बन्धित काठमाडौँबाट दुई र ललितपुरबाट एकजनाको उजुरी परेको छ । “मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणले उजुरी गरेका छन्”, उनले भने… पुरा पढौ