आर्थिक 📈

नेप्सेमा दोहोरो अंकको बृद्धि, करिब डेढ अर्बकाे कारोबार

काठमाडौं, १४ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । कारोबारमा समेत केहि सुधार भएको छ । नेप्सेमा आएको सुधारको दृश्यले लगानीकर्तामा खुसि छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.१० अंकले बढेर १९१८.१० विन्दुमा चढेको छ । नेप्सेमा ०.६३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.४१अंकले बढेर ३६०.४४ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । १० वटामा हरियो… पुरा पढौ

बिक्न छाडे डालो, नाङ्लो र ठेकी

बागलुङ, १४ चैत । दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा ८/१० बूढापाका र अर्धबैँसे युवा आफ्नै धुनमा देखिन्छन् । ४ दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा देखिन्छ । त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्नुहुन्छ । उनी जलजलाका ६३… पुरा पढौ

बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी

काठमाडौं, १४ चैत । निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ । सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा प्रगति जम्मा १४ प्रतिशत मात्रै छ । निर्माणमा ढिलाइ भएको कारण देखाउँदै निर्माण व्यवसायीको घरमा सूचना टाँस्नाका साथै ठेक्का तोड्न केही समय दिइएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका इञ्जिनीयर सज्जन कुँवरले बताए । ‘निर्माण कम्पनीको कामको मूल्याङ्कन भइरहेको छ’, उनले भने, ‘मूल्याङ्कन सकिएपछि नै ठेक्का तोडिनेछ… पुरा पढौ

मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं, १४ चैत । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न ४ सदस्य वार्ता टोली बनाएको छ। गृह मन्त्रालय, कानुन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टाली गठन गरिएको छ। गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगबहादुर दंगासहितको वार्ता टोली गठन गरिएको छ । पुरा पढौ

रु १ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, १४ चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउका रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले घटेर तोलाको रुपैयाँ १ दाख… पुरा पढौ

हामी प्रधानमन्त्रीलाई भेटेर पीडा सुनाउँछौँ : मिटर ब्याज पीडित

काठमाडौं, १४ चैत । मिटर ब्याज पीडितले प्रधानमन्त्रीलाई भेटेर आफ्नो पीडा सुनाउने बताएका छन् । मंगलबार काठमाडौंको टंगालमा धर्नामा बसेका पीडितलाई भेट्न पुगेका गृह सचिव विनोद प्रकाश सिंहलाई यस्तो बताएका हुन् । सचिवले मिटर ब्याज पीडितलाई धर्नाका कार्यक्रम स्थगन गर्न आग्रह गरेका थिए । पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको उनले बताएका थिए । ‘उहाँले कानुनी पहल भइरहेको भन्दै धर्ना छोड्न भन्नुभयो,’ संघर्ष समितिका संयोजक मनोज पासवानले भने, ‘हाम्रो पीडा प्रधानमन्त्रीलाई सुनाउने वातावरण बनाउन माग ग¥यौं, प्रधानमन्त्रीसँग कुरा गराउने… पुरा पढौ

६७ सहकारी संस्था कालोसूचीमा

काठमाडौं, १४ चैत । यो वर्ष मात्र ६७ सहकारी संस्था कालोसूचीमा परेका छन् । लिएको ऋण समयमा तिर्न नसक्दा कर्जा सूचना केन्द्रले उनीहरुलाई कालोसूचीमा राखेको हो । केन्द्रले कात्तिक २, मंसिर २, मंसिर २६ र माघ १० गते उनीहरुलाई कालोसूचीमा राखेको हो । सहकारी संस्थाहरुले सदस्यको पैसा सेयर बजार, घरजग्गा जस्ता क्षेत्रमा लगानी गर्ने र सञ्चालक आफैंले कर्जा लिएर घरजग्गा कारोबार गर्दा लिएको कर्जा समयमा भुक्तानी गर्न नसक्दा कालोसूचीमा पर्ने क्रम बढ्दै गएको केन्द्रको भनाई छ । पुरा पढौ

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १४ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले चैत २८ गते वार्षिक साधारण सभा बोलाएको छ । लाभांश पारित गर्न संस्थाको साधारण सभा होटल जुगल धुलिखेल काभ्रेमा बाेलाइएकाे हाे । सभा दिँउसो १ बजे बाेलाइएकाे छ ।  साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १५ गते बुक क्लोज गरिने भएकाे छ । सेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्तिका लागि आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ… पुरा पढौ

स्वदेशी मह बिक्री नभएपछि व्यवसायीद्वारा आयात रोक्न माग

भरतपुर, १४ चैत । स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् । कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए। उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको बताए। सोही अनुपातमा भारतबाट गुणस्तरहीन मह आयात भएको उनले जानकारी दिए। भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा… पुरा पढौ

राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण, आज कुनको भाउ कति ?

काठमाडौं, १४ चैत । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा बिक्रीदर १३२.१० पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१… पुरा पढौ