आर्थिक 📈

१ अर्ब लगानीमा लाकुरी भन्ज्याङमा खुल्यो रिसोर्ट

काठमाडौं १३ चैत । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ । विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्ष लाग्ने अनुमान गरेको छ । पर्यटन क्षेत्रको अन्योलपूर्ण अवस्थामा पनि वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ… पुरा पढौ

सुदुरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशमा आंशिक बदलीको सम्भावना

काठमाडौं, १३ चैत । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। देशका सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। चैत १३ गते सोमबार दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन / चट्याङ्ग सहित… पुरा पढौ

१८८८.२७ विन्दुमा झर्यो नेप्से, १ अर्ब २८ करोडको कारोबार

काठमाडौं, १२ चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर राताम्मै भएको । सेयर बजारको घट्दो क्रमले लगानीकर्तालाई पर्ख र हेराको अवश्थामा पुर्याएको छ । नेपल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.८७ अंकले घटेको छ । यसरी घटेको नेप्से परिसूचक १८८८.२७ विन्दुमा झरेकोछ । नेप्सेमा १.४० प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ५.१ अंकले घटेर ३५६.०० विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कुल २५९… पुरा पढौ

नेपाल स्टक हाउसले पाेखरामा गर्याे सेयर लगानीकर्ता शिक्षा,सचेतना तालिम

पाेखरा, १२ चैत । नेपाल स्टक हाउस प्रा.लि. (स्टक ब्रोकर नम्बर १४) ले पोखरामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेयर लगानीकर्ता शिक्षा, सचेतना तथा तालिम सम्पन्न गरेको छ। नेपाल स्टक हाउस प्रा.लि. ब्रोकर नम्बर १४ का कार्यकारी अध्यक्ष ईश्वरिप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य प्रमुख अतिथि तथा विशेष अतिथिहरुमा नेपाल धितोपत्र बोर्डका निर्देशक शिलु प्रधान, सिडिएस एन्ड क्लियरिङ लि.का बरिष्ठ आइटी अधिकृत दौलत कुमार राजबंशी, गण्डकी इन्भेस्टर फोरमका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, उपभोक्ता मंच… पुरा पढौ

नेपाललाई १ खर्ब ३८ अर्ब १० लाख वैदेशिक सहायता दिने प्रतिबद्धता

काठमाडौँ, १२ चैत । नेपालाई १ खर्ब ३८ अर्ब १० लाख रुपैयाँ वैदेशिक सहायता दिने प्रतिवद्धता भएको छ । उक्त प्रतिवद्धता चालु आर्थिक वर्षको मसान्तसम्ममा पाउने भएको हो । अर्थ मन्त्रालयका अनुसार ८ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाखबराबर अनुदान र १ खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले २ खर्ब ४२ अर्ब २६ करोड बराबर वैदेशिक ऋण र ५५ अर्ब ४६ करोड बराबर… पुरा पढौ

मिटरब्याजी धन्दा रोक्ने कानून बन्दै

काठमाडौं, १२ चैत । चर्को ब्याजदर, दशौँ गुणासम्मको तमसुक वा चेक लिएर मिटरब्याजी धन्दा सञ्चालन गर्दै आएको गिरोहमाथि कारबाही चलाउन सरकार कानून निर्माणको तयारीमा जुटेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र गृह मन्त्रालयले ‘मिटरब्याजी’लाई कानुनी दायरामा ल्याउन विधेयक तर्जुमा गरिरहेका छन्। विधेयक मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्तुत गर्ने तयारी कानून मन्त्रालयले गरिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजीबाट पीडित किसानका समस्या समाधान गर्न निर्देशन दिएपछि कानुन मन्त्रालयले विधेयक मन्त्रिपरिषदमा प्रस्तुत गर्ने तयारी गरेको हो। प्रधानमन्त्रीले महोत्तरीको बर्दिबासदेखि काठमाडौंसम्मको यात्रामा… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीमा बृद्धि

काठमाडौं, १२ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएकाे छ। छापावाल सुनमा रुपैयाँ ६ सयले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

सगरमाथा जलविद्युतकाे आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, १२ चैत । सगरमाथा जलविद्युत कम्पनीकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा वैदेशिक रोजगाररमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरी बाँडफाँड गरिसकेकाे छ । कम्पनीले ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता छुट्याएको थियो। यसबाट ४ लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका निष्काशन गरी सकेकाे छ । २ लाख १८ हजार… पुरा पढौ

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

काठमाडौं, १२ चैत । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा बिक्रीदर १३२ रुपैयाँ २८ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ… पुरा पढौ

८ महिनामा १ खर्ब ३८ अर्ब वैदेशिक सहायता प्रतिबद्धता

काठमाडौं, ११ चैत । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले १ खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार ८ महिनाको अवधिमा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र १ खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले २ खर्ब ४२ अर्ब २६ करोड बराबर वैदेशिक ऋण र रु ५५ अर्ब ४६… पुरा पढौ