आर्थिक 📈

‘स्वदेशी हस्तकलाको प्रयोग गरौं’ भन्ने नारासहित हस्तकला मेला आयोजना हुदैं

पोखरा, २२ फागुन । ‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौ, स्वरोजगार सिर्जना गराैं, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ । महिला सीप विकास संस्थाद्वारा यही फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका अवसरमा पोखरा सभागृहमा सो मेला आयोजना हुन लागेको हो । संस्थाका अध्यक्ष देवी गुरुङले आफ्नो संस्थाले हस्तकलाका माध्यमबाट महिला सशक्तिकरणमा विशेष योगदान पु¥याउँदै आएको बताइन। उनका अनुसार उक्त प्रदर्शनी मेलामा संस्थाबाट उत्पादिन विभिन्न सामग्री राखिने छन् । सो संस्थाले हालसम्म करिब २१ हजार महिलालाई तालिम… पुरा पढौ

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं, २२ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् । फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताए। मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको बताए। उनले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने… पुरा पढौ

औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढ्यो

पाेखरा, २२ फागुन । प्रदेश गौरवका आयोजनाका रुपमा रहेका यहाँका दुई औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ । जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा अलपत्र औद्योगिक क्षेत्र निर्माणको कामले अब गति लिने भएको छ । गण्डकी प्रदेश सरकारले पाँच वर्षअघि कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । समयमै जग्गाको टुङ्गो नलाग्दा दुवै आयोजना अन्योलमा परेका थिए । अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सरकारले बर्सेनि बजेट बिनियोजित बजेट समेत खर्च हुन सकेको… पुरा पढौ

ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि सवस्टेशन निर्माण

दमौली, २२ फागुन। तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा सवस्टेशन निर्माण अघि बढाइएको छ । विद्युत् सेवा नपुगेका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि आयोजनामार्फत काम अगाडि बढाइएको हो । विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन इष्ट इन्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग सम्झौता भएको थियो । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार २०७५ साल मङ्सिर १३ मा कम्पनीसँग अमेरिकी डलर ६१ लाख ५३ हजार दुई सय सात… पुरा पढौ

‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना

काठमाडौं, २२ फागुन। नेपाल प्रहरी र एभरेष्ट बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले र प्रहरी महानिरीक्षक सिंहलाई रु २५ लाखको चेक हस्तान्तरण गरे। कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त सहयोगले प्रहरी कर्मचारीका सन्ततीको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले एभरेष्ट… पुरा पढौ

अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्र दुबै नाजुक, आयोग गठन गर्ने सरकारको आश्वासन

काठमाडौं, २२ फागुन । मुलुकको समग्र अर्थ व्यवस्था समस्यामा पर्दै गएपछि त्यसको बहुआयामिक असर देखिन थालेको छ । सरकारी खर्च र राजस्व असुली लक्ष्यभन्दा निकै न्यून छ । मूल्यवृद्धिले वाञ्छित सीमा नाँघेको छ । आर्थिक वृद्धिदर लक्ष्यभन्दा आधा मात्रै देखिन्छ । सरकारी सञ्चित कोष घाटामा छ । आन्तरिक मात्र होइन अर्थतन्त्रको बाह्य क्षेत्र पनि उत्तिकै नाजुक अवस्थामा छ । विदेशी मुद्रा सञ्चितीको अवस्था खस्किँदो छ । कोभिड–१९ महामारी पछि विस्तारै कमजोर हुँदै गएको निजी क्षेत्र अझै सम्हालिन सकेको छैन ।… पुरा पढौ

रु तीन करोड ३२ लाखमा सौर्य ऊर्जाको विद्युत् सेवा सञ्चालनमा

जुम्ला, २१ फागुन । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको ग्रामीण पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । उज्यालो पोखरी गाउँ घोषणा कार्यक्रमको आज उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने, “गाउँमा सहजरुपमा बिजुली उत्पादन भएको छ ।” आगामी दिनमा प्रत्येकको घरमा दाउराबाट नभइ विद्युतीय चुलोबाट खाना पकाउनका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गरिने विश्वास दिलाउँदै पूर्वमन्त्री भण्डारीले दीर्घकालीनरूपमा सेवा प्रवाह गरिने बताए। स्थानीय सरकारको समन्वय र आफ्नो पहलमा ५० किलोवाट क्षमताकोसौर्य… पुरा पढौ

नेप्सेमा ३०.७७ अंककाे गिरावट, १ अर्ब ३९ करोडकाे काराेबार

काठमाडौं, २१ फागुन । सेयर बजारमा लगातार भइरहेकाे गिरावट राेकिएकाे छैन । साताकाे सेयर काराेबार हुने पहिलाे दिन पनि नेपाली सेयर बजार नकारात्मक लयमा देखियाे । सेयर बजारको गिरावट हुने क्रम लगातार आज पाँचाै दिन हाे । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा झरेको छ । नेप्सेमा १‍.५६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.८६ ले घटेर ३६८‍.७० विन्दुमा रहेकाे छ । पछिल्ला दिनहरुमा सेयरकाे खरिदबिक्रीसँगै काराेबारमा पनि उल्लेखनिय प्रगति हुन सकेकाे छैन । कुल २५९… पुरा पढौ

प्रि-ओपन सेसनमा यस्तो छ नेप्सेको अवस्था

काठमाडौं, २१ फागुन । साताको पहिलो कारोबार हुने दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेको पाइएको छ। अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार नेप्से परिसूचक २६.४७ अंक घटेर १९६९.०२ विन्दुमा बन्द भएको थियो । आजको प्रि-ओपन सेसनमा भने यो परिसूचक १.५३ अंक घटेर १९६७.४९ विन्दुमा झरेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.११ अंकको गिरावट आएको छ । आज आइतबार प्रि-ओपन सेसनमा १० वटा स्टकको ३ लाख ६० हजार ९१२ रुपैयाँ ५० पैसा बराबरको… पुरा पढौ

झापामा १ करोड २५ लाख लगानीमा मह प्रशोधन उद्योग सञ्चालन

दमक, २१ फागुन । झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताए। उनले उद्योगमा वार्षिक १० हजार मेट्रिक्टनभन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिए। व्यावसायिक रुपमा मह उत्पादनका लागि सतासीमा खेती समेत गरिँदै आइएको… पुरा पढौ