स्वास्थ्य

नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरिएन्ट पुष्टि

काठमाडौं, ७ पुस । नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरिएन्ट पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ओमिक्रोन पुष्टि भएका ९२ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । यसअघि नेपालमा एक जनामा यो भेरिएन्ट पुष्टि भएको थियो । गत २४ घण्टामा कूल सात हजार २३३ नमूनाको पीसीआर परीक्षण गर्दा २१७ जना संक्रमित… पुरा पढौ

अमेरिकामा पहिलो ओमिक्रोन संक्रमितको निधन

ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड(१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको विश्वास गरिएको छ । ह्यारिस काउन्टीको पूर्वी भागका करिब ५० वर्षीय व्यक्ति जसलाई खोप लगाइएको थिएन उनको संक्रमणबाट मृत्यु भएको ह्यारिस काउन्टी न्यायाधीश लीना हिडाल्गोले ट्विट गरेका छन् । एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको उल्लेख गरेका छन् । एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन–सम्बन्धित मृत्युको… पुरा पढौ

थप २९० जनामा कोरोना संक्रमण, तीन जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४७३ जनामा पीसीआर परीक्षण गरिएकोमा २५२ जनामा र ४६ हजार १६ जनामा एन्टीजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जना संक्रमितको निधन भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५७७ पुगेको छ । पुरा पढौ

अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, क्रिसमसका कार्यक्रम रद्द गर्न आग्रह

न्युयोर्क, ६ पुस । अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको सङ्क्रमणमा सबैभन्दा धेरै सङ्क्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् । अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको सङ्क्रमण सर्न सक्ने बताउनुभएको छ ।यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई… पुरा पढौ

भरतपुर अस्पतालमा ३ डाइलाेसिस मेसिन थपियो

चितवन, ६ पुष । भरतपुर अस्पतालले मिर्गाैलाको डाइलाेसिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो । अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । उनका अनुसार समितिले निर्णय गरेर थप तीन वटा मेसिन खरिद गरी जडान गरिसकिएको छ । पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी… पुरा पढौ

तनहुँका ३५ हजार बालबालिकालाई पौष ८ गते विद्यालयमै खोप लगाईने

दमौली, ६ पुस । तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडर्ना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो । विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको छ । “मोडर्ना खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसँगै खोप पनि दिएर पठाएका छौ,”… पुरा पढौ

थप २२० जनामा कोरोना संक्रमण, एकको निधन

काठमाडौं, ५ पुस । पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र एक हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जना गरी २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६३ जना निको भएका छन् । पुरा पढौ

पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि बालबालिकालाई खोप

लिस्बन, ४ पुस । पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै यहाँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । यहाँको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार मात्र यहाँका ४१ हजार जनालाई खोप लगाइएको छ । ती बालबालिका ओमिक्रोन भाइरसको सङ्क्रमण बढेको प्रभावित क्षेत्रका हुन् । ती बालबालिका ५ देखि ११ वर्षका हुन् । उनीहरुलाई विशेष प्राथमिकतामा राखेर खोप दिने गरिएको छ । यसै वर्षभित्र यहाँका सबै बालबालिकालाई कोरोना विरुद्धको खोप दिइसक्ने र थपलाई आगामी वर्ष दिइने पनि अधिकारीहरुले जनाएका छन्… पुरा पढौ

आजदेखि ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई खोप लगाईदै‌(सूचीसहित)

काठमाडौं, ४ पुस । सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडेर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिए । प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ । यस्तै खोप लगाउनेमा… पुरा पढौ

आईतबारदेखि ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई खोप लगाईने(सूचीसहित)

काठमाडौं, ३ पुस । सरकारले आईतबारदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडेर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिए । प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ । यस्तै खोप लगाउनेमा… पुरा पढौ