स्वास्थ्य

थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २० पुस । देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा नौ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात हजार ७९४ जनाको पीसीआर तथा एक हजार ५३५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या आठ लाख १२ हजार ९३७ पुगेको छ । निको हुनेदर ९८ प्रतिशत रहेको मन्त्रालयले… पुरा पढौ

कोभिड-१९ बारे तथ्य र भ्रम

काठमाडौं, २० पुस । कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । अझै पनि हामी कोरोना महामारीको त्रासमै छौँ ।कोरोनाभाइरस के हो, त्यसबाट कसरी संक्रमण हुन्छ, कसलाई संक्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ । कोभिड–१९ बारे नेपालमा अहिले पनि धेरै नै भ्रमहरु भेटिने गरिन्छ… पुरा पढौ

भारतमा ओमिक्रोन बढेपछि १५-१८ उमेर समूहलाई खोप लगाइँदै

काठमाडौं, २० पुस । भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवा युवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका संक्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गरेका थिए । भारत सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका लागि अनलाईन दर्ता गर्न माग गरेको थियो । सोही बमोजिम यहाँका करिब १२ लाख युवायुवतीहरुले खोपका लागि सरकारको अनलाइनमा दर्ता गराएको बताइएको… पुरा पढौ

कोरोना विरुद्धकाे अतिरिक्त खोपको मात्रा आजबाट दिइँदै, लक्षित समूहलाई प्राथमिकता

काठमाडौं, २० पुष । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोपको थप अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिएका छन । अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको बताए । बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने मन्त्रालयले जनाएको छ । बालबालिका बाहेकका जहाँ… पुरा पढौ

चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा

रत्ननगर, २० पुस । चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै चितवनसहित तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिराले जनजीवन कष्टकर बन्दै गएको छ । भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा प्रशन्न नापेले चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने… पुरा पढौ

मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अधिकारी नियुक्त

काठमाडौं, १९ पुस । मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गरी उनलाई निर्देशकको जिम्मेवारी दिएका हुन् । काभ्रेको पनौती नगरपालिका-२ कुशादेवी स्थायी ठेगाना भएका डा. अधिकारी यसअघि मानसिक अस्पताल पाटनका प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिक्स (एघारौं तह)मा कार्यरत थिए । मानसिक अस्पतालमा निर्देशक डा. मोहनराज श्रेष्ठले तीन हप्ताअघि अवकाश पाएपछि उनलाई नियुक्ति गरिएको हो । पुरा पढौ

थप २१६ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ पुस । देशभर पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६३१ जनाको नमूना परीक्षण गरिएको थियो । गत २४ घण्टामा २०९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै भाइरस संक्रमणमुक्त हुनेको संख्या आठ लाख १२ हजार ४१९ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा संक्रमितको संख्या आठ लाख ८७ हजार २०६ पुगेको स्वास्थ्य… पुरा पढौ

दक्षिण अफ्रिकाले हटायो रात्रिकालीन कर्फ्यु

काठमाडौं, १६ पुस । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ । कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था टरेको भन्दै रात्रिकालीन कर्फ्यू हटाइएको हो । दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरिएन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पुष्टि भएको थियो । यो भेरियन्ट अरुभन्दा बढी संक्रामक रहेको भनिएको थियो । पुरा पढौ

नर्भिक अस्पतालको नयाँ वर्ष अफर, हेल्थ प्याकेजमा १० प्रतिशत छुट हुने

काठमाडौं, १५ पुस । नर्भिक इन्टरनेशनल अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका हेल्थ प्याकेजहरुको साबिकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो । नर्भिक इन्टरनेशनल हस्पिटलका सूचनामूलक सामाग्री विज्ञापनको रुपमा विभिन्न अनलाइन न्यूज पोर्टल तथा मिडियाहरुमा प्रकाशित हुने गरेका छन् । त्यसको स्क्रीनसर्टसहित अस्पतालसँग सम्पर्क गरे आफूले लिन चाहेको हेल्थ प्याकेजमा १०… पुरा पढौ

के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ?

काठमाडौं, १५ पुस । प्रोस्टेट ग्रन्थी पुरुषमा मात्रै पाइने एक प्रकारको ग्रन्थी हो । यो पुरुष ग्रन्थी बृद्धि हुँदा प्रोस्टेटको समस्या देखापर्ने गर्दछ । यो ग्रन्थीमा समस्या हुनाले लगत्तै आफ्नो स्वास्थ्यमा विचार नगरे निम्न समस्या देखिनसक्छ ।१. प्रोस्टेटमा संक्रमण (Prostate infection)२. प्रोस्टेटको आकार बढ्नु (BPH/ BEP)३. प्रोस्टेटको क्यान्सर (Prostate Cancer) प्रोस्टेटमा समस्या भएपछि देखिने लक्षणहरु १. पिसाब छिटोछिटो लाग्ने२. पिसाब पोल्ने३. पिसाब गर्दा धाराबीच बीचमा काटिने४. धारा मसिनो हुने५. वीर्य झर्दा पोल्नेजस्तो समस्या आउने६. पिसाब रोकेर बस्न नस्कने७. पिसाब ननिख्रने८.… पुरा पढौ