स्वास्थ्य

कर्नेल विश्वविद्यालयमा ओमिक्रोन संक्रमण व्यापक

इथाका १ पुस । कर्नेल विश्वविद्यालयले डिसेम्बर ७ देखि १३ सम्म यहाँका ९०३ विद्यार्थीहरूमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको बताएको छ । विश्वविद्यालयका अधिकारीहरूले ती मध्ये "धेरै उच्च प्रतिशत" पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू छन् र तिनीहरूमा ओमिक्रोन सङ्क्रमण देखिएको छ । विश्वविद्यालय सम्बन्धका लागि उपाध्यक्ष जोएल मालिनाले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको लगभग सबै केसहरू पूर्ण रूपमा खोप लगाइएका विद्यार्थीहरूमा फेला परेको र केहीले बुस्टर शट पनि लगाएका थिए। विश्वविद्यालयका झण्डै ९७ प्रतिशत विद्यार्थीलाई खोप लगाइएको छ । संक्रमण बढ्दै… पुरा पढौ

थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको निधन

काठमाडौं, २९ मंसिर । पछिल्लो २४ घण्टामा २८० जनामा कोरोनाभाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ जनामा परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएका छन् । यस्तै सोही अवधिमा ६ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । अहिले देशभर पाँच हजार ६३५ जना सक्रिय संक्रमित छन् । पुरा पढौ

विश्वका धेरैजसो देशमा ओमिक्रोन भेरिएन्ट पुगेको डब्ल्यूएचओको अनुमान

काठमाडौं, २९ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरिएन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरिएन्ट फैलिएको पुष्टि भएको छ । यो निकै उत्परिवर्तित भेरिएन्ट भएकोले तीव्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुन सक्ने डब्ल्यूएचओ प्रमुखले बताएका छन् । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताएका छन् । ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरिएन्टमा नदेखिएको दरमा भइरहेको डब्ल्यूएचओ प्रमुखले पत्रकारहरुलाई… पुरा पढौ

थप २६४ जनामा कोरोना संक्रमण

काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र चार हजार ३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् । पुरा पढौ

सरकारले गर्‍यो रुससँग कोभिड-१९ खोपका लागि पत्राचार

काठमाडौं, २८ मङ्सिर । नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट फैलिरहेकै बेला सरकारले हालै रुसको खोप निर्माता सरकारी कम्पनीलाई खोपसम्बन्धी आवश्यक कागजातसहित विस्तृत जानकारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको हो । रुसी प्रत्यक्ष लगानी कोषका कार्यकारी अधिकृत किरिल डिमिष्ट्रिएभलाई केही समयअघि नै त्यस सम्बन्धमा पत्रचार गरिएको सचिव डा रोशन पोखरेलले जानकारी दिए। पत्रमा भनिएको छ, ”कोभिड–१९ विरुद्धको खोप उपलब्ध… पुरा पढौ

नेपालमा भित्रियो ‘बाइ प्लेन क्याथल्याब’ : ‘न्यूरो इन्टरभेन्सन’ सेवा सुरु

तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो ? नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला । यसो भएमा पूर्ववत् अवस्थामा फर्किने संभावना । साथै ‘प्यारालाइसिल’ हुनबाट जोगिन पनिसकिन्छ । यसका लागि नेपालमा पहिलो पटक ‘बाइ प्लेन क्याथल्याब’ मार्फत‘न्यूरो इन्टरभेन्सन’ सेवाको सुरुआत भैसकेको छ । अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणलाई बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलले विगत एकवर्षदेखि सञ्चालनमा ल्याएको हो । सोही अस्पतालमा विगत एकवर्षदेखि न्यूरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आइरहनु भएका इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट डा.… पुरा पढौ

थप ३४१ जनामा कोरोना संक्रमण

काठमाडौं, २७ मंसिर । पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र दुई हजार ८२० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ ।… पुरा पढौ

बेलायतमा नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएपछि आपतकाल घोषणा

काठमाडौं, २७ मंसिर । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । प्रधानमन्त्री जोनसनले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् । जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’, टेलिभिजनमा सम्बोधन गर्दैं जोनसनले भने, ‘नयाँ भेरियन्टविरुद्धको लडाइँमा हामीले एउटा आपतकाल सामना गरिरहेका छौं ।’ ओमिक्रोन फैलिन नदिनका लागि सेनाका ४२ टोली सबै क्षेत्रमा परिचालन… पुरा पढौ

अमेरिकामा कोरानाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो

काठमाडौ, २७ मंसिर । अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ । समाचार संस्था रोइटर्सका अनुसार अमेरिकामा आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको हो । अमेरिकामा झण्डै दई महिनासम्म कोभिड संक्रमण घट्ने क्रममा थियो । तर, पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । खासगरी भरमोन्ट, न्यू ह्यामशायर र… पुरा पढौ

थप २५४ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ मंसिर । पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र दुई हजार ४१४ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको ज्यान गएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ४ पुगेको छ भने ज्यान गुमाउनेको… पुरा पढौ