स्वास्थ्य

थप २५९ जनामा संक्रमण, ३३७ जना निको भए

काठमाडौं, २४ मंसिर । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा २५९ जनामा संक्रमण देखिएको हो । त्यस्तै ६ हजार ४७२ जनाको पीसीआर परीक्षण र चार हजार १५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल पाँच हजार ९९७ जना सक्रिय संक्रमित छन् । ३३७ जना निकोसमेत भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ… पुरा पढौ

थप २११ जनामा कोरोना संक्रमण, दुई जनाको निधन

काठमाडौं, २३ मंसिर । पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र एक हजार ४३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको निधन भएको छ भने ३२९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ । त्यस्तै… पुरा पढौ

ओमिक्रोनको उपचारमा फाइजर र बायोएनटेकद्वारा विकसित खोप ‘प्रभावकारी’

काठमाडौं, २३ मंसिर । जर्मन कम्पनी बायोएनटेक र फाइजरद्वारा विकसित गरी निर्माण गरिएको कोरोनाभाइरसबिरूद्धको खोपको दुई मात्राले ओमिक्रोनको प्रभावबाट बच्न पर्याप्त नहुन सक्ने तर तेस्रो मात्रापछि यो ‘थप प्रभावकारी’ हुने निर्माता कम्पनीहरूले बुधबार जानकारी गराएका छन् । ओमिक्रोन यस पहिले देखिएका खोपभन्दा छिटो सर्न सक्छ भन्ने संकेतले विश्वव्यापी चिन्ता उत्पन्न गरेको छ र यसका थुप्रै ‘म्युटेसन’ले खोपद्वारा प्रदान गरिने रोग प्रतिरोधात्मक क्षमताबाट उम्कन सक्छ भन्ने डर छ । यस भेरिएन्टका कारण अहिलेसम्म कुनै मृत्यु भएको प्रमाण भने भेटिएको छैन ।… पुरा पढौ

थप २८० जनामा कोरोना संक्रमण, दुई जनाको निधन

काठमाडौं, २२ मंसिर । पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार १६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र तीन हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान गुमाएका छन् भने ३६६ जना निको भएका छन् । काठमाडौं उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् । पुरा पढौ

नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिएसँगै उच्च सतर्कता

काठमाडौं, २० मङ्सिर । नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी नागरिक र… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण, दुईको निधन

काठमाडौं, २० मंसिर । पछिल्लो २४ घण्टामा देशभर २६५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ६१७ जनाको नमूना परीक्षणमा २६५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार आज थप दुई जनाको निधन भएको छ । अहिलेसम्म नेपालमा सक्रिय संक्रमित ६ हजार ३८६ जना रहेको मन्त्रालयले जनाएको छ । पुरा पढौ

नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरिएन्ट

काठमाडौं, २० मंसिर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह–प्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । सह-प्रवक्ता अधिकारीका अनुसार एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा समेत ओमिक्रोन संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार दुवै जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए । पुरा पढौ

कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन, एमबीबीएस कक्षा सुरु

काठमाडौं, २० म‌सिर । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने ध्येयले विसं २०६८ मा जुम्ला सदरमुकमास्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो । चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट… पुरा पढौ

दाङका ६ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा लगाउन शुरू

दाङ, १९ मंसिर । दाङका ६ पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो । जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो । ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ ।यस पटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५… पुरा पढौ

कोरोना विरुद्धको दुई करोड खोपको मात्रा मौज्दात

काभ्रेपलाञ्चोक, १९ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताएका छन् । उनले दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गरे । नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका–६ को वडा भेलालाई सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरे। मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताए। “कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य… पुरा पढौ