स्वास्थ्य

नेपालमा थपिए १०८१ जना कोरोना संक्रमित

काठमाडौं, २४ भदौ । नेपालमा बुधबार १ हजार ८१ जना थप काेराेना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा ११ हजार १ सय ६७ पीसीआर परीक्षणमा सो संख्यामा कोरोना संक्रमित थप भएको जनाएका हुन् । योसहित नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेका छन् । तीमध्ये सक्रिय संक्रमितको संख्या २५ हजार २५ छन् । गएको २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भए ।… पुरा पढौ

कोरोना संक्रमणबाट ललितपुरको अल्का अस्पतालमा एक पुरुषको मृत्यु

काठमाडौं, २४ भदौं । ललितपुरको अल्का अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । संक्रमित पुरुष मंगलबार नै अल्कामा भर्ना भएका थिए । योसँगै काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । पुरा पढौ

भक्तपुरमा नेपाली सेनाले तयार पार्यो २२५ शैँयाको आइसोलेसन

भक्तपुर, २४ भदौ । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेसन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेसन वार्ड तयार पारेको हो । नेपाली सेनाको उपत्यका पृतनाअन्तर्गत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बीबीए ब्लकमा १५० र गणमा ७५ श्यया गरी कूल २२५ श्ययाको आइसोलेसन वार्ड तयार पारेको हो । गणका गणपति प्रमुख सेनानी शिवप्रसाद… पुरा पढौ

पोखरामा कोरोना संक्रमितको मृत्यु

पोखरा, २३ भदौ । पोखरामा कोरोना संक्रमणबाट थप एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१० निवासी ७३ वर्षीया महिला हुन् । कोरोना संक्रमण भई सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना भएकी ती महिलाको मंगलबार दिउँसो ३ बजेर ५० मिनेटमा उपचारक्रममा मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले उनको मृत्युको पुष्टि गर्दै सो अस्पतालमा उपचारक्रममा मृत्यु हुने उनी नवौं संक्रमित भएको बताएका छन् । यो सहित गण्डकी प्रदेशमा… पुरा पढौ

कोरोना संक्रमित ४८ हजार पार, एकै दिन २२८७ डिस्चार्ज

काठमाडौं, २३ भदौ । नेपालमा मंगलबार ९ सय २ जना थप संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए । यो सहित हाल नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।गएको २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण भएको थियो। हाल नेपालमै २२/२५ हजार टेष्ट गर्न सकिने क्षमता रहेको मन्त्रालयले… पुरा पढौ

औषधीय गुण भएको जडीवुटी गुर्जोका फाइदा

काठमाडौं, २३ भदौ । गुर्जो एक प्रकारको औषधीय गुण भएको लहरे वनस्पति हो । यसलाई संस्कृतमा अमृता, नेपालीमा गुर्जो, मधेशमा गिलोय र हिन्दीमा गुडुची भन्ने गरिन्छ । यसको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया हो । गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवार अन्तर्गत ‘टिनोस्पोरा’ वंशमा पर्ने ‘टी कोर्डिफोलिया’ प्रजातिको महत्वपूर्ण जडीबुटी भएको बनस्पतिबिज्ञहरु बताउछन । यो लहरे तथा पतझर प्रकृतिको वनस्पति हो । यसको लहरा मोटो र गुदिदार हन्छ । यसको लहरामा आँख्लै आँख्लाहरु हुन्छन् । गुर्जोको बाहिरी बोक्रा पातलो कागजको जत्तिकै हुन्छ ।… पुरा पढौ

नेपालमा कुल संक्रमित ४७ हजार नाघ्यो,मृत्यु हुने ३ सय पुगे

काठमाडौं, २२ भदौ । नेपालमा सोमबार ९ सय ७९ जना थप संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यो सहित हाल नेपालमा संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । उनका अनुसार सक्रिय संक्रमितको संख्या भने १६ हजार २ सय ५९ मात्र छ । गएको २४ घण्टामा ९ हजार २ सय १८… पुरा पढौ

अस्पताल नै कोरोना जोखिममा, पाल्पा अस्पताल सिल

रामपुर, २२ भदौ । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए । गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उन पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुन। अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम… पुरा पढौ

कस्तो मास्क कसरी प्रयोग गर्ने ?

काठमाडौँ, २२ भदौ । उमेर समूह अनुसारका व्यक्तिलाई लक्षित गरी मास्कहरु उत्पादन र बजारिकरण गर्न सकेमा यसको प्रयोग वढ्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् । “कार्टुन लगायतका चित्रहरु मास्कमा राख्दा चित्र मन पराएर बालबालिकाले मास्क लगाउन सक्छन्” स्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भने, “किशोरकिशोरीमा फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।” विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेशा र रुचिअनुसारको मास्कको उत्पादनले सहयोग गर्ने डा.पाण्डेले बताए । खेलप्रेमीका लागि खेलाडीको फोटो भएको त अरुका… पुरा पढौ

सङ्क्रमित प्रहरीका लागि आइसोलेशन

भक्तपुर, २० भदौ । कोभिड–१९ को सङ्क्रमण रोक्न अग्रभागमा खटिने प्रहरीका लागि आइसोलेशन सञ्चालनमा आएको छ । अग्रभागमा खटिने प्रहरीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रहरीले आफ्ना जनशक्तिका लागि आइसोलेशन तयार पारेको हो । यसका लागि प्रहरीले मध्यपुरथिमिको पाठ्यक्रम विकास केन्द्रको एउटा ब्लकमा १८ श्ययाको आइसोलेशन तयार पारेर सञ्चालनमा ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले प्रहरीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि सचेतना अपनाउने र आइसोलेशन तयार पार्ने काम भएको बताए । भक्तपुरका प्रहरीमा… पुरा पढौ