स्वास्थ्य

मुलुकभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश नं २ मा

काठमाडौँ, २९ भदौ । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए ।… पुरा पढौ

सेनाद्वारा ९० शैयाको आइसोलेसन कक्ष बनाइने

मकवानपुर, २९ भदौ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले कोरोना सङ्क्रमणकाे लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० शैयाकाे आइसोलेसन कक्ष बनाउने निर्णय गरेको छ । सङ्क्रमण भएका र लक्षण देखिएका बिरामीलाई भर्ना गरी उपचार सेवा पु¥याउने उद्देश्यले सो आइसोलेसन कक्ष स्थापना गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन । सोही बैठकले मध्यपृतना मुख्य कार्यालय सुपारेटार, दलगण चित्लाङ, नं एक जगदलगण सुनाचुरी, काली इञ्जिनीयरिङ दलगण भैँसे, पुरानो गोरखगण… पुरा पढौ

पोखरामा एकै दिन अहिलेसम्मकै उच्च संक्रमित फेला

पोखरा, २९ भदौ । पोखरामा एकै दिन ५२ संक्रमित फेला परेका छन् । पोखरामा एकै दिनमा यति ठूलो संख्यामा संक्रमित यसअघि भेटिएका थिएनन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा सहित विभिन्न ठाउँमा भएको नमुना परीक्षणमा ५२ संक्रमित फेला परेका हुन् । पोखरा ९ की २६ वर्षीया महिला, ५ का २५ वर्षीय पुरुष, वडा १ का १२ र १५ वर्षीया महिला, ६ वर्षीय बालक, वडा १४ का ३२ वर्षीय पुरुष, २ का २५ र ५२ वर्षीया महिला, वडा २६ का ३२,… पुरा पढौ

संक्रमितभन्दा निको हुने बढे, ११७३ घर फर्किए

काठमाडौं, २८ भदौ । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमितमध्ये १ हजार १ सय ७३ जना निको भएका छन् । दिनप्रतिदिन कोरोना संक्रमितको दर बढिरहँदा निको हुने संख्या पनि बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा नेपालमा १ हजार १ सय ७३ जना संक्रमित निको भई घर फर्केका हुन् । यो सहित कोरोना जित्नेहरुको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । संक्रमित हुनेमध्ये संक्रमणमुक्त… पुरा पढौ

गण्डकीमा थप ६५ संक्रमित फेला

पोखरा, २८ भदौ । गण्डकी प्रदेशमा थप ६५ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले अाइतबार विज्ञप्तिमार्फत प्रदेशका विभिन्न जिल्ला सहित ६५ जनामा काेराेना पुष्टि भएकाे जनाएको हाे। तीमध्ये पाेखराका ६ जना छन्। याे सहित कुल संक्रमित संख्या २ हजार ९ सय ६८ पुगेकाे छ। पुरा पढौ

स्वास्थ्यमा गम्भीर असर पर्ने स्यानिटाइजर बजारमा, ५ उद्योगलाई कारबाही

काठमाडौं, २७ भदौ । विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने पाँच वटा कम्पनीलाई सरकारले बन्द गरेको छ । काठमाडौं र भक्तपुरमा सञ्चालन भइरहेका पाँच वटा उद्योगलाई सरकारले बन्द गरेको हो । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो । काठमाडौंका चार र भक्तपुरको एउटा उद्योगले उत्पादन गरेकोमा उक्त रसायन भेटिएको विभागले जनाएको हो । अलकोहल बेस स्यानिटाइजर सम्बन्धी तोकेको मापदण्ड २०७६ भन्दा फरक… पुरा पढौ

नेपालमा थपिए १२०१ संक्रमित

काठमाडौं, २७ भदौ । नेपालमा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरमा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार हाल सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० पुगेको छ । कुल संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ र होम आइसोलेसनमा ६ हजार १… पुरा पढौ

पाेखरामा काेराेना संक्रमितकाे मृत्यु

पाेखरा, २७ भदाै । पाेखरामा शनिबार एक काेराेना संक्रमितकाे मृत्युु भएकाे छ। मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार १ का ८५ वर्षीय पुरूष हुन् । काेराेना पुष्टि भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे काेभिड १९ उपचार केन्द्रमा उपचाररत् ती पुरूषकाे बिहान ६ बजेर ३२ मिनेटमा मृत्यु भएकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । उनी भदाै २४ मा अस्पताल भर्ना भएका थिए। हालसम्म गण्डकीका २३ जना काेेराेना संक्रमितकाे ज्यान गएकाे छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काेराेनाबाट ज्यान गुमाउने… पुरा पढौ

गण्डकीमा थप ३४ संक्रमित फेला, पाेखरामा १२ भेटिए

पोखरा, २६ भदौ । गण्डकी प्रदेशमा थप ३४ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश स्वास्थ निर्देशनालयले शुक्रबार २ फरक विज्ञप्तिमार्फत पाेखरामा १२ सहित प्रदेशका थप ३४ जनामा काेराेना पुष्टि भएकाे जनाएको हाे। नयाँ भेटिने अधिकांश कन्ट्याक ट्रेसिङमा पहिचान भएका हुन्। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार याे सहित संक्रमित संख्या प्रदेशमा २ हजार ७ सय ६४ पुगेकाे छ। पुरा पढौ

पोखरामा पनि प्लाज्मा थेरापीबाट उपचार हुने

पोखरा, २५ भदौ । देशका विभिन्न ठाउँमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइरहँदा पोखरामा समेत यो प्रविधिाबाट उपचार हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार कोरोना संक्रमितहरुको प्लाज्मा थेरापी विधिबाट उपचार सुरु हुने भएको हो । प्रतिष्ठानका निर्देशक सह प्राडा अर्जुन आचार्यले बिहीबार सूचना जारी गर्दै विश्वव्यापी परीक्षणको रुपमा रहेको प्लाज्मा थेरापी प्रविधि प्रतिष्ठानमा समेत सुरु हुन लागेको जानकारी दिँदै रक्तदान गर्न अनुरोध गरेका छन् । कोभिड १९ बाट निसङ्क्रमित भएकाहरुले आफ्नो रिर्पोट नेगेटिभ आएको २ हप्तामा रक्तदान… पुरा पढौ