स्वास्थ्य

रुपन्देहीमा २ संक्रमितको मृत्यु

बुटवल, २० भदौ । बुटवलको कोरोना विशेष अस्पतालमा थप २ जना कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासी प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे मृत्य भएको हो । उनी भदौ १७ मा अस्पताल भर्ना भएकी थिइन् । यस्तै, बुटवल उपमहानगरपालिका वडा–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । ती पुरुष गत भदौ १५ मा अस्पताल भर्ना भएका थिए । दुवैजनाको भेन्टिलेटरको सहायतामा आइसीयूमा… पुरा पढौ

गण्डकीमा ४४ संक्रमित थप, पाेखराकै २२ जना

पाेखरा, २० भदाै । गण्डकी प्रदेशमा थप ४४ जना काेेराेना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये पाेखराकै २२ जना छन्। लमजुङका १७, बागलुङका ३, स्याङ्जा र नवलपुरका एक एक जना संक्रमित थपिएका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति जारी गरी साे कुराकाे पुष्टि गरेकाे छ। याेसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको स्वास्थ्य निर्देशक विनाेदबिन्दु शर्माले जनाए । गण्डकीमा संक्रमितमध्ये १८ जनाकाे मृत्यु भएकाे छ। पुरा पढौ

डडेल्धुरामा जिल्लामा पहिलो आइसोलेसन केन्द्र निर्माण हुँदै

डडेल्धुरा, १९ भदौ । सुदूपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा पहिलो पटक भागेश्वर गाउँपालिकामा आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको छ । सदरमुकाम भागेश्वर बगरकोटमा २० शैयाको आईसोलेसन केन्द्र भागेश्वर गाउँपालिकाले निर्माण गर्न लागेको हो । सरकारले एक स्थानीय तह एक आइसोलेसन केन्द्र निर्माण गर्नुपर्ने प्रावधान बनाएपछि गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा आईसोलेसन केन्द्र निर्माण शुरु गरिएको हो । रुपैयाँ २० लाखको लागतमा भदौमा सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताएकि छन् । पुरा पढौ

नेपालमा थपिए १३५९ संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं, १९ भदौ । नेपालमा शुक्रबार १ हजार ३ सय ५९ जना कोरोना संक्रमित थप भएका छन् । २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले गएको २४ घण्टामा ४ सय ६४ महिला र ८ सय ९५ जना पुरुष गरी कुल १ हजार ३ सय ५९ जना कोरोना संक्रमित थप भएको जानकारी दिएका हुन् । यस्तै, काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।… पुरा पढौ

गण्डकीमा काेराेना संक्रमित २४ सय नाघे

पोखरा, १९ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ सय नाघेको छ । शुक्रबार थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या २ हजा ४ सय ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा एकै दिन ८९ जना संक्रमित थप भएका हुन् । पछिल्लो समय गोरखाका ६ जना संक्रमित थपिएका छन् । गोरखा वडा ६ का वर्ष २३, ५३ र ५५ का पुरुष र ४ वर्षीया बालिकासहित ३२ र ५१ महिलामा संक्रमण पुष्टि भएको छ । उनीहरुको नमुना परीक्षण क्षयरोग… पुरा पढौ

चरक मेमोरियलमा कोरोना संक्रमितको सफल उपचार

पोखरा, १९ भदौ । पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत् कोरोना संक्रमित एक बिरामी निको भइ घर फर्केकी छन् ।पोखराको लेखनाथकी २० वर्षीया अञ्जली गुरुङ करिब १५ दिनसम्म उपचारपछि निको भइ शुक्रबार घर फर्केकी हुन् । उनलाई पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय खगराज अधिकारीले अस्पताल परिसरमा आयोजित एक समारोहमा खादा लगाई बिदाइ गरे । पूर्व मन्त्री अधिकारीले निजी क्षेत्रमै कोभिड–१९ को उपचारमा सक्रियता देखाई अस्पतालले निको बनाइ पठाउनु आफैमा सकारात्मक कार्य भएको बताए । अस्पतालका प्रबन्ध निर्देशक… पुरा पढौ

विराटनगरमा हजार शैयाको आइसोलेसन सेन्टर बन्ने

विराटनगर, १९ भदौ । प्रदेश १ को राजधानी विराटनगरमा एक हजार शैयाको आइसोलेसन सेन्टर बन्ने भएको छ । प्रदेश सरकारको विराटनगरमा भएको प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले एक हजार शैयाको आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । मुख्यमन्त्री शेरधन राईले भर्चुअल वैठकमा एक हजार शैयाको नयाँ आइसोलेसन सेन्टर तत्काल निर्माण गरिने बताएका हुन् । आइसोलेसन निर्माणको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । स्थानीय पालिका, निजी क्षेत्र लगायतसँगको समन्वय र साझेदारीमा उक्त आाइसोलेसन सेन्टर सञ्चालन हुनेछ । बैठकले प्रदेश १… पुरा पढौ

पोखरा औद्योगिक क्षेत्रमा कार्यरत २९ कामदारमा कोरोना

पोखरा, १८ भदौ । पोखराको औद्योगिक क्षेत्रमा कार्यरत २९ जना कामदारमा कोरोना पुष्टि भएको छ। कन्ट्याक्ट ट्रे्सिङका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये अधिकांश औद्योगिक क्षेत्रभित्र रहेका उद्योगका कामदार भएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए । औद्योगिक क्षेत्रमा बुथ राखेर स्वाब संकलन गरिएकोमा नमुना परीक्षण गरी हेर्दा तीमध्ये २९ जनामा कोरोना देखिएको उनले बताए । तर औद्योगिक क्षेत्रभित्रका कुन–कुन उद्योगका कामदार रहेको भने खुलाइएको छैन । उनीहरुको उमेर समूह २१ देखि ५८ वर्षसम्म छ… पुरा पढौ

देशभर थपिए १२२८ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, १८ भदौ । नेपालमा गएको २४ घण्टामा १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार संक्रमित हुनेमध्ये ३९४ महिला र ८३४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । नेपालमा बुधबारमा मात्रै १ हजार १ सय २० जनामा संक्रमण देखिएको थियो… पुरा पढौ

गण्डकी प्रदेशका एक सांसदलाई कोरोना

पोखरा, १८ भदौ । गण्डकी प्रदेशका एक पुरुष सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । ४ दिनअघि स्वाब दिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको हो । कन्ट्याक्ट टे«सिङ परेपछि उनले नमुना जाँचका लागि स्वाब दिएका थिए । आफूलाई कसरी संक्रमण देखियो भन्नेबारेमा पत्ता लगाउन नसकेको उनले बताए । उनी केही दिनअघि प्रहरी गणमा खाना खाएको बुझिएको छ । गणमा कार्यरत हाल ३६ जना प्रहरीमा कोरोना देखिएको छ । उनी अहिले पोखरास्थित आफ्नै डेरामा छन् । ती संक्रमित सांसदले उच्च रक्तचापको नियमित… पुरा पढौ