स्वास्थ्य

गण्डकीमा संक्रमित पुगे २२७७ जना

पोखरा, १८ भदौ । गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ७७ पुगेको छ । बिहीबार पोखरा ८ निवासी ६० वर्षीय पुरुष कन्ट्याक्ट टे«सिङ आधारमा कोरोना संक्रमित भएको खुलेको छ। उनको क्षयरोग उपचार केन्द्र पोखरामा नमुना परीक्षण भएको हो । यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ महिलासहित ३ जना संक्रमित फेला परेका छन् । जसमा गैँडाकोट १३ निवासी ३५ वर्षीय पुरुष, कावासोती ३ निवासी ३९ वर्षीया महिला र देवचुली २ का ६६ वर्षीय पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश… पुरा पढौ

गण्डकीमा कोरोनाबाट मृत्यु हुने १५ पुगे

पोखरा, १७ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । तनहुँको व्यास–२ निवासी २० वर्षीया युवतीको मंगलबार काठमाडौं त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । मिर्गौला समस्या भई डायलाइसिस गराउँदै आएकी ती युवती मंगलबार अल्का अस्पताल भर्ना भएकी थिइन् । सोही दिन नै उनमा कोरोना पुष्टि भएको थियो । अल्का अस्पतालपछि उनलाई थप उपचारका लागि सोही दिन नै उनलाई त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारक्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको हो । यसैगरी प्रदेशमा… पुरा पढौ

देशभर थपिए ११२० कोरोना संक्रमित

काठमाडौं, १७ भदौ । नेपालमा गएको २४ घण्टामा १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार ३ सय २० महिला र ८ सय जना पुरुष गरी कुल १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको छ । गएको २४ घण्टामा १… पुरा पढौ

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

भरतपुर, १७ भदौ । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना सङ्क्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गरेको खण्डमा… पुरा पढौ

भैरहवामा कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु

बुटवल, १७ भदौ । भैरहवामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । भीम अस्पतालमा उपचाररत् रामग्राम –५, नवलपरासीकी ६५ वर्षीया महिलाको उपचारक्रममा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलका अनुसार ती महिलामा मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो । कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या आएपछि उनलाई बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा लगिएकोमा आईसीयु उपलब्ध नहुँदा सोमबार भीम अस्पतालको आईसीयुमा राखेर उपचार सुरु गरिएको थियो । पुरा पढौ

गण्डकीमा मंगलबार थपिए ४४ संक्रमित, निको हुने दर ७७ प्रतिशत

पोखरा, १६ भदौ । गण्डकी प्रदेशमा मंगलबार ४४ संक्रमित थपिएका छन् । योसहित प्रदेशमा २ हजार २ सय १० जना कोरोना संक्रमित पुगेका छन् । मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै लमजुङका २६ जना रहेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १०, तनहूँ ३, कास्की ३, बागलु र पर्वत १–१ जना संक्रमित रहेका छन् । कास्कीका ३ मध्ये सबैजना पोखराका हुन् । गएको २४ घण्टामा गण्डकीमा १६ जना निको भए । योसहित कोरोना जित्नेको संख्या १ हजार ७ सय १२… पुरा पढौ

नेपालमा थपिए १०६९ कोरोना संक्रमित, ४० हजार नाघ्यो

काठमाडौं, १६ भदौ । नेपालमा मंगलबार १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये ३ सय ४४ महिला र ७ सय २५ पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार गएको २४ घण्टामा १२ हजार ८८ पीसीआर गरिएकोमा १ हजार ६९ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमित संख्या ४० हजार ५ सय २९ जना पुगेको छ ।… पुरा पढौ

सिरहामा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

लहान, १६ भदौ । कोरोना सङ्क्रमणबाट सिरहामा आज बिहान थप एक जनाको मृत्यु भएको छ ।सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसियुमा उपचाररत उनको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला… पुरा पढौ

गण्डकीमा भेटियाे प्रहरी, पत्रकार, पर्यटन व्यवसायी, बैंकरमा काेराेना

पाेखरा, १६ भदाै । गण्डकी प्रदेशमा थप ३९ जना काेेराेना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये लमजुङका २६, नवलपुर १०, कास्की २ र बागलुङका १ जना संक्रमित छन्। उनीहरूमा बैंकर, प्रहरी, पर्यटन व्यवसायी, अस्पतालमा उपचाररत १४ दिनका शिशु, पत्रकार महिला समेत रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी जनाएको छ। याेसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार २ सय ५ पुगेको स्वास्थ्य निर्देशक विनाेदबिन्दु शर्माले जनाए । संक्रमितमध्ये १४ जनाकाे मृत्यु भएकाे छ। पुरा पढौ

उपचारको लागि धाउँदै गर्दा चितवनमा तीनजना संक्रमितको मृत्यु

चितवन, १६ भदौ । उपचारको लागि अस्पताल धाउँदै गर्दा चितवनमा तीनजना संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित अस्पताल गएका ती तीनजना सङ्क्रमितको सोमबार मृत्यु भएको भएको हो । मेडिकल कलेज र अस्पतालमा सघन उपचार कक्षको अभाव भएपछि पिसीआर परीक्षण गर्नका लागि सरकारी अस्पताल पठाएपछि संक्रमितको त्यहाँ पुगे लगत्तै मृत्यु भएको बताईएको छ । मृत्युपछि स्वाब सङ्कलन गरिएकोमा उनीहरुको परिक्षण नतिजा पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताएका छन् । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारीले मृत्यु भएका तीनै… पुरा पढौ