स्वास्थ्य

लकडाउन खुलेकै दिन १ सय संक्रमित

नेपालमा गएको २४ घण्टामा एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुलेकै दिन एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको थियो। यस्तै, पछिल्लो समय २ सय ७ जना निको भइ घर फर्केका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । नेपालमा हालसम्म १८ हजार ९४ जना संक्रमित भएका छन् । तीमध्ये ४२… पुरा पढौ

कोरोनाबाट नेपालमा चिनियाँ नागरिकको मृत्यु

कोरोना भाइरस  (कोभिड–१९) संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ । ४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । मुटुको बिरामी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरेको थियो । आईसीयूमा राखेर उपचार गर्ने क्रममा उनको बुधबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पोखरामा कार्यरत उनी स्वास्थ्यमा समस्या देखिएपछि त्यहीँको मणिपाल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । मणिपालले रेफर गरेपछि उनलाई साउन २ गते हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी… पुरा पढौ

बारा र पर्साका थप ९ मा कोरोना संक्रमण पुष्टि

बारा र पर्सामा थप ९ जना कोरोना भाइरस -कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । मारुती फर्मास्युटिकल्समा दुईजना कर्मचारीमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्टमा रहेका अन्यको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये सिम्रौनगढ-८ कचोर्वा घर भई वीरगञ्ज-७ रामटोल बस्दै आएका २९ वर्षीय, पटेर्वासुगौली गाउँपालिका- ५ निचुटा घर भइ वीरगञ्ज-११ रानीघाट… पुरा पढौ

देशभर १५० सङ्क्रमित थप

नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको तीन हजार ९६३ नमूना परीक्षणमा १५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ९९४ पुगेको छ । मंगलबार सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा नौ सङ्क्रमित थपिएका छन् । हालसम्म तीन लाख २३ हजार ८३५ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टिनमा २१ हजार ७०४ र आइसोलेशनमा… पुरा पढौ

गण्डकीमा ९ संक्रमित थपिए, कुल १३२९ संक्रमित

पोखरा, गण्डकी प्रदेशमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ हजार ३ सय २९ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा म्याग्दी, बागलुङ र स्याङ्जामा ३–३ जना पुरुषमा कोभिड–१९ संक्रमित देखिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका २३ र २४ वर्षी, बेनी नगरपालिकाका ३२ वर्षीय पुरुष कोरोना संक्रमित बनेका हुन् । बागलुङको ताराखोलाका वर्ष २५ का २ जना र वर्ष ४३ का १ जना पुरुष पनि संक्रमित बने… पुरा पढौ

नेपालमा थपिए १८६ कोरोना संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १ सय ८६ जनामा कोभिड–१९ पुष्टि भएको हो । संक्रमितमध्ये ११ हजार ८ सय ६८ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै, उनका अनुसार २४ घण्टामा १ सय ७३ जना डिस्चार्ज भए । पुरा पढौ

गण्डकीमा कोरोना संक्रमित १३२० पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २० पुगेको छ । सोमबार ३ नयाँ संक्रमित थपिएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका ३ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गोरखाको भीमसेन थापाका २८ वर्षीय, शहीद लेखनका २५ वर्षीय र पालुङटारका २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गण्डकीका १ १ जिल्लामा कुल संक्रमितमध्ये १ हजार १८ जना निको भइ घर… पुरा पढौ

कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो । महाशाखाले विश्वस्वास्थ्य संगठनको सहयोगमा कोभिड– १९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको बताए ।… पुरा पढौ

के हो रोग प्रतिरोधात्मक क्षमता ?

कोरोना भाइरस (कोभिड–१९) महामारी आगमनसँगै रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) शब्दको प्रयोग निकै बढ्यो । शुरुमा सर्वसाधारणलाई भन्न समेत अप्ठ्यारो परेको अवस्थामा पछिल्ला दिनहरुमा निकै सजिलोसँग प्रयोगमा आउन थालेको छ । इम्युनिटी बढाउन तथा बिग्रन नदिन के गर्ने भन्ने कुरा धेरैलाई चासोको विषय बन्यो भने कतिपय जानकार पनि भए । कतिले यही अवधिमा जान्ने र सिक्ने अवसर पनि पाए । इम्यूनिटी शरीरमा जन्मनुभन्दा अगाडि, जन्मिसकेपछि बन्दछ । आमाको दूधबाट बच्चामा एक किसिमको इम्युनिटी बन्दछ । इम्यूनिटी भनेको शरीरको त्यो क्षमता हो,… पुरा पढौ

नेपाल एयरलाइन्सका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)  का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको… पुरा पढौ