स्वास्थ्य

ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल

काठमाडौँ, १८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो । महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिए । उनले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको जानकारी दिए । यस्तै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक… पुरा पढौ

बढ्यो कोरोना संक्रमण, एकैदिन ३१५ संक्रमित थप

लकडाउन अन्त्यसँगै कोरोना संक्रमितको दर भने बढ्दो छ । साउन ७ देखि सरकारले लकडाउन हटाएकोमा यसबीचको ११ दिनमा २ हजार ९२ जना संक्रमित थपिएका हुन् । ५८ हजार १ सय ७४ नमुना परीक्षणमा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमूना परीक्षणमा २.८ प्रतिशत अर्थात १ हजार ३ सय ४५ जनामा संक्रमण देखिएको थियो । यस्तै, गएको २४ घण्टामा थप ३ सय १५ जनामा संक्रमण पुष्टि भएको… पुरा पढौ

गण्डकीमा कोरोना संक्रमण: ८५ प्रतिशत निको, अझै सचेतना जरुरी

पोखरा, १७ साउन । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ । तीमध्ये सक्रिय केस २ सय २७ मात्र छन् । हालसम्म संक्रमितमध्ये १ हजार २ सय ५४ जना निको भइ घर फर्केका छन् । गण्डकीमा हालसम्म ४ जनाले कोरोनाका कारण ज्यान गुमाए । करिब ८५ प्रतिशत निको भएका हुन् । सरसर्ती हेर्दा गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा सुरक्षित नै ठहरिएको छ । तर देशका केही ठाउँमा समुदायस्तरमै कोरोना फैलिएपछि गण्डकीले पनि सम्भावित… पुरा पढौ

कोरोना भाइरसबाट मृत्यु हुने पौने ७ लाख पुगे

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी दिएको छ । शुक्रबारसम्म विश्वभरीमा १ करोड ७४ लाख ८९ हजार ६ सय २३ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । हालसम्म १ करोड ९ लाख ५१ हजार ९ सय ८० व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ५८ लाख ६० हजार ६ सय २५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार ३ सय ४३ जनाको… पुरा पढौ

कोरोनाबाट थप ४ जनाको मृत्यु, एकैदिन देखियो २२४ मा संक्रमण

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । गएको २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै मृतक संख्या ५६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको प्रेस ब्रिफिङक्रममा सोको जानकारी दिएको हो । मृत्यु हुने ४ जना सबै पर्साका हुन् । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार मृत्य हुनेमा वीरगञ्ज–११, श्रीपुरका ५६ वर्षीय पुरुष रहेका छन् । मुटु रोगी उनको बिहीबार राति ११ बजे मृत्यु भएको हो । उनलाई साउन ६ गते कोरोना पुष्टि भएपछि भोलिपल्ट गण्डक… पुरा पढौ

जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

धनुषा, १६ साउन । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो । तेस्तै, न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गर्ने उच्च अदालत जनकपुरले गरेको छ । पुरा पढौ

पछिल्लाे २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण

काठमाडौं,१५ साउन । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण देखिएको छ ।बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४१ सहित थप २७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या १४ हजार २४८ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् । पुरा पढौ

पोखरामा भेटिए १४ कोरोना संक्रमित

पोखरा, १५ साउन / पोखरा महानगरपालिकामा एकैदिन १४ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु सबै पुरुष हुन् । क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा पोखराका वर्ष २२ र ३१ पुरुषमा कोरोना देखिएको छ । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा अन्य १२ जनामा कोभिड–१९ देखिएको हो । जसमा वर्ष १५, १९, २१, २३, २४, २७ पुरुष छन् । यस्तै वर्ष ३०, ३२ र ४२ का २–२ जना पुरुष छन् । पोखरासहित गण्डकीमा बिहीबार एकैदिन ३८ जना नयाँ संक्रमित… पुरा पढौ

पछिलो २४ घण्टामा थप २१० जनामा कोरोना पुष्टि

काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९)  को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट निको भएर घर फर्कनेको संख्या १४६ रहेको छ । यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् । पुरा पढौ

५ हजारमा परीक्षण गर्दा ३११ जना काेराेना संक्रमित थपिए

काठमाडौं, १३ साउन। मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । पुरा पढौ