स्वास्थ्य

आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

सिन्धुपाल्चोक, ९ फागुन । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन् । मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो । मेलम्ची नगरपालिका–४ पिप्लेमा भएको शिविरमा एक सय ९० जना, मेलम्ची–७ मा एक सय ५०, मेलम्ची ११ मा एक सय ६६, इन्द्रावती वडा नं १२ भीमटारका एक सय १६, हेलम्बु गाउँपालिका–२ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका एक सय ८४… पुरा पढौ

बिराैटाको नोवेल चिल्ड्रेन एण्ड ओमन हस्पिटलद्वारा स्याङ्गजाकाे पेलकाचौरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

पाेखरा, ८ फागुन । पोखराकाे बिराैटामा रहेकाे नोवेल चिल्ड्रेन एण्ड ओमन हस्पिटल एण्ड ट्रमा सेन्टरले स्याङ्गजाकाे पेलकाचौरमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ । नि:शुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नसारोग, प्रसुति तथा स्त्री रोग, सामान्य चिकित्सा, बालरोग, छाला तथा यौन रोग , लगायत रोगका बिशेषज्ञ डाक्टरहरुले स्थानिय ३१५ जनालाई चेकजाँच गरि औषधी समेत बितरण गरिएको हस्पिटलका अध्यक्ष डा शंकर पौडेलले बताएका छन । उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा वालरोग विशेषज्ञ डा शंकर पौडेल, प्रसुती तथा रुत्रीरोग विशेषज्ञ… पुरा पढौ

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना

भक्तपुर, ७ फागुन । सुरुवात नामकाे संस्थाले विद्यार्थीलाई विद्यालयमै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन र जनचेतना प्रदान गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यालयका कक्षा ९ र १०मा अध्ययन गर्ने बालबालिकाहरूलाई  यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तन सुरक्षित यौन व्यवहार र कन्डमको महत्त्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरेको हो ।   विद्यालयका कक्षा ९ र १० का… पुरा पढौ

नेपाल मेडिकल कलेजमा विशेषज्ञ चिकित्सकका लागि राेजगारीकाे अवसर

काठमाडौं, ४ फागुन । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको याे कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो । कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ । यस्तैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग गरिएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति… पुरा पढौ

उपत्यका बाहिर ७ वटा मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : मन्त्री राई

कटारी (उदयपुर), ३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन् । त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए। साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो । “डा केसीको आन्दोलनपछि आएको अवधारणाअनुसार काम अगाडि बढेको छ, त्यसमध्ये यहाँ एउटा मेडिकल कलेज स्थापना हुन्छ”,… पुरा पढौ

चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर

बागलुङ, १ फागुन । बागलुङ जैमिनीकी चमेली सुनार (नाम परिवर्तित) लाई एउटा मिर्गौला फेल भएको थाहा छ। तर उनले उपचार गर्न सकेकी छैनन् । कमजोर आर्थिक अवस्थाका कारण गाउँमै छिन्। ३३ वर्षीया उनको चार वटा सन्तान छ। रोगले गल्दै गएकी सुनार अहिले खुशी छिन्। पोखराको चरक मेमोरियल हस्पिटलले अब उनको उपचार प्रक्रिया अघि बढाउनेछ । नेपाल रेक्रडक्रस सोसाइटी, दमेक उपशाखा बागलुङले गाउँमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा उनी पनि पुगेकी थिइन् । ५ जना चिकित्सकसहित २१ जनाको चरकको टोलीमाझ उनले… पुरा पढौ

लुम्बिनी अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार सुरु

लुम्बिनी, २६ माघ । लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियु) सेवा सुरु भएको छ । परिवारका सदस्य र विशेषज्ञ चिकित्सकसहित प्रसुति सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’ को पहिलो तल्ला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा उपलब्ध गराइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए। उक्त सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पताल व्यवस्थापन गर्दै आएको र अहिले मन्त्रालयबाट… पुरा पढौ

बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण

म्याग्दी, २५ माघ । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए। “बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साँघुरो कोठाबाट सञ्चालन हुँदै आएको थियो”, उनले भने, “निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको भवनमा विद्युत् जडान गरेर केही दिनमै प्रयोगमा ल्याउने तयारीमा छौँ ।” भवनमा बिरामी उपचार,… पुरा पढौ

गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा, २३ माघ । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए। “पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।” गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका… पुरा पढौ

दादुरा-रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो

काठमाडौं, २२ माघ । सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा-रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए । याे खाेप अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई लगाइने छ । भारतीय सेरम इस्टिच्युटले उत्पादन गरेको उक्त खोप ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)को अनुदानमा उपलब्ध भएको उनले बताए। सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई… पुरा पढौ