स्वास्थ्य

सीमानाका हाेल्डिङ सेन्टरको विकल्प खोजिँदै

खजुरा, ६ वैशाख । कोभिड–१९ को महामारीका क्रममा नेपालगन्ज सीमानाकामा निर्माण गरिएको होल्डिङ सेन्टर स्थानीय प्रशासनले त्यसको विकल्प खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ सेन्टर प्रयोगका लागि रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ । तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव सङ्कलन गरेको स्थानीय प्रशासनले प्राप्त सुझावका आधारमा मन्त्रालयलाई प्रस्ताव पठाएको हो । “हामीलाई रक्षा मन्त्रालयले यो विषयमा के–के गर्न सकिन्छ भनेर सुझाव मागेको थियो, तीन विकल्प पठाएका छौँ”, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भने। स्थानीय प्रशासनले… पुरा पढौ

सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

सुदूरपश्चिम, ३ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगले समस्या महिलाको पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि ६ दिनअघि अस्पतालको कोभिड वार्डको आइसीयूमा भर्ना गरिएको थियो । सङ्क्रमणदर उकालो लाग्दै सुदूरपश्चिम प्रदेशमा केही… पुरा पढौ

कोरोना सङ्क्रमण बढेपछि सीमा नाकामा उच्च सतर्कता

नवलपरासी, १ वैशाख । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिनेछ । सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिनेछ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । जिल्ला कोभिड… पुरा पढौ

नर्भिक हस्पिटलमा ३० प्रतिशत छुट पाइने

काठमाडौ, १ वैशाख । नर्भिक हस्पिटल स्थापनाको ३०औँ वार्षिकोत्सबको अबसरमा अस्पतालको सवै सेवामा ३० प्रतिशात छट दिने भएको छ । अस्पताल व्यवस्थापनले वार्षिकोत्सवको अवसरमा याे सहित विभिन्न अफर रहेको जानकारी गराएको हो। नर्भिक हस्पिटल ‘क्याथेटराइजेसन ल्याब स्थापना गर्ने देशकै पहिलो निजी क्षेत्रको अस्पताल पनि हो,’ ३०औँ वर्ष प्रवेशको अवसरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यहाँ स्तरीय इनभेसिभ र नन–इनभेसिभ कार्डियाक सुविधा उपलब्ध छन्।’ अस्पतालकाअनुसार वार्षिकोत्सवको अवसरमा सार्वजनिक अफरहरूमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि ८ गतेसम्म एक साताका लागि ३०… पुरा पढौ

पत्रकारको बीमा रकम उपलब्ध गराउन ध्यानाकर्षण

विराटनगर, ३०, चैत । इटहरी तथा सुनसरीका कोरोना सङ्क्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले ध्यानाकर्षण पत्र बुुझाएका छन् । अध्यक्ष अधिकारीले आईएमी जनरल इन्स्युरेन्स कम्पनी काठमाण्डौंमा ध्यानाकर्षण पत्र बुुझाउँदै कोरोना सङ्क्रमित सञ्चारकर्मीहरूको कोरोना बीमा बापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुुझाएका हुन । कम्पनीका कोभिड इन्चार्ज लोकेन्द्र कार्कीई ध्यानाकर्षण पत्र बुझाउँदै अधिकारीले कूल ४८ मध्ये ३० जनाको १ लाखका दरले बीमा बापतको रकम उपलब्ध भएपनि बाँकी १८ जनाको रहेको अधिकारीले जनाकारी… पुरा पढौ

हुम्लाको ताँजकोटमा आँखा शिविर सञ्चालन

हुम्ला, ३० चैत । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो । आँखा शिविरबाट चार सय ७८ बिरामीले सेवा प्राप्त गरेका गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले जानकारी दिए। सेवा लिनेमा २६१ पुरुष र २०० सात महिला छन् । उपचार गर्न आएका… पुरा पढौ

वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बीमा

त्रिशूली, ३० चैत । नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बीमा’ गरेका छन् । उनले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बीमा गराए। वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिए। बीमावापत प्रतिविद्यार्थी रु दुई सयका दरले एक वर्षको प्रिमियमवापत रु दुई लाख ४४ हजार वडाध्यक्ष खड्काले भुक्तानी दिए । बीमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा… पुरा पढौ

युरोपेली सङ्घद्वारा १५ लाख मात्रा खोप प्रदान

काठमाडौं, ३० चैत । युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गरे । संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर डोजका लागि उपलब्ध भएको ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’खोप हस्तान्तरण भएको हो । अष्ट्रियाबाट चार लाख तीन सय २० मात्रा, चेक रेपब्लिकबाट तीन लाख ६२ हजार आठ सय ८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार… पुरा पढौ

विराटनगरको कोशी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने

विराटनगर, २९ चैत । विराटनगरको कोशी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा कोशीले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी अगाडि बढाएको हो । हिजो अर्थात २८ चैतमा अस्पतालले प्रत्यारोपण केन्द्रसँग मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सम्बन्धि सम्झौता समेत गरिसकेको छ । सम्झौताअनुसार कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने र त्यसका लागि प्रक्रिया अगाडि बढाउने उल्लेख छ । साथै, कोशी प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा डायलाइसिस विस्तार गर्न सहयोग गर्ने, मिर्गौला प्रत्यारोपण… पुरा पढौ

पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो

पर्वत, २९ चैत । पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिए। “पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ”, उहाँले भन्नुभयो । दूषित पानीको प्रयोगका कारण बिरामीको सङ्ख्या बढेको हुनसक्ने डा अधिकारीले बताए। कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भए पनि अस्पतालले परीक्षण भने गरेको छैन ।… पुरा पढौ