स्वास्थ्य

भारतमा एकैदिनमा भेटिए ४ हजार बढी कोरोना संक्रमित

काठमाडौं, २३ चैत । भारतमा एकैदिनमा ४ हजार बढी कोरोना संक्रमित भएका छन् । भारतिय संचार माध्यमहरुका अनुसार ६ महिनापछि ४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका हुन् । १ दिनमा भारतमा ४ हजार ४ सय ३५ संक्रमित भेटिएका छन् भने १५ जनाको मृत्यु भएको जनाइएको छ । यस अघि २८ सेप्टेम्बरमा ४ हजार बढि कोरोना संक्रमण रिपोर्ट गरिएको थियो । हाल भारतमा २३ हजार ९१ सक्रिय केसहरू छन्। जुन अक्टोबर १८ यताकै उच्च रहेको बताईएको छ । भारतमा मार्च… पुरा पढौ

भारतबाट फर्किएका व्यक्तिमा कोरोना

काठमाडौं, २२ चैत । भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ। बाँकेस्थित नेपाल–भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाहरूमा कोरोना संक्रमण पाइएको हो। भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले जानकारी दिइन्। ‘हामीले दिनहुँ १५० देखि २०० जनासम्म परीक्षण गरिरहेका छौं,’ उनले भनिन्, ‘चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको छ।’ कोरोना देखिएका र सामान्य लक्षण भएकाहरूलाई आइसोलेसनमा बस्न आग्रह गरिएको उनले बताइन्। पुरा पढौ

कोरोना देखिने बित्तिकै आइसोलेसनमा बस्न आग्रह

काठमाडौं, २१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो। ‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र मंगलबार धुलोमा गएको भनेर बाहना नगरौँ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड(१९ का लक्षण देखिने बित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ।’ मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्नेसमेत भएकाले सतर्कता… पुरा पढौ

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने

चितवन, २१ चैत । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिकोे अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त भएका छन् । उनी सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ । नवनियुक्त अध्यक्ष डा न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोका रूपमा विकास गर्ने जानकारी दिए। उनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी छ वर्ष चितवन, नवलपरासी… पुरा पढौ

‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

दोधारा चाँदनी, २० चैत । कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिए। भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो तर खोप अभियानका सहभागिको सङ्ख्या न्यून रहेको उनले बताए। “खोप लगाउनेको सङ्ख्या धेरै कम छ पहिलो डोज पछि… पुरा पढौ

आईएनएफले गर्याे बारपाक सुलिकोटमा स्वास्थ्य शिविर

पोखरा, १९ चैत । आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराको आयोजनामा गोरखामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारपाक सुलीकोट गाउँपालिकामा १ स्वास्थ्यचौकीमा छालारोग र वडा नं. ६ सूर्यज्योति माविमा निशुःल्क छाला तथा नसा सम्बन्धि शिविर भएको हो । शिविरबाट २४३ छाला र हाड जोर्नी तथा नसाका ४३० गरी ६७३ जना बिरामी लाभान्वित भए । गोरखा स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख नरजङ्ग मल्ल ठकुरी, नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन बस्नेत, आई एन एफ नेपाल हरियोखर्क अस्पतालका संयोजक ताराहाङ्ग तावा, वरिष्ठ हाडजोर्नी… पुरा पढौ

काभ्रेमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण, स्वास्थ्यकर्मी ‘हाइअलर्ट’मा

काभ्रेपलाञ्चोक, १८ चैत । काभ्रेपलाञ्चोकमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण देखिएको छ । तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल–३ का ५१ वर्षीया एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । परीक्षणपछि हाल उहाँ घरमै स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ । हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताए। जिल्लामा तीन वर्षपछि पाँचखालमा डेङ्गुको सङ्क्रमण देखिएको… पुरा पढौ

दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

गलेश्वर,१४ चैत । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट–३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे मेसिन उपयोगहीन भएको लायन्स क्लब अफ दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिए। स्वास्थ्य केन्द्रमा पश्चिम म्याग्दीको मालिका,… पुरा पढौ

१८१ जना पत्रकारले गरे आँखा परीक्षण, ३५ जनालाई चश्मा १५ जना रिफर

पाेखरा, १३ चैत । नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना र पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको निःशुल्क आँखा शिविरमा १८१ जना पत्रकारहरुले आँखा जाँच गराएका छन् र आँखा जाँचको क्रममा पत्रकारहरुमा दृष्टि दोषको समस्या सबैभन्दा बढिमा देखिएको छ । १८१ जनामा गरिएको परीक्षणमध्य १०५ जनामा आँखा सुख्खा हुने, पोल्ने समस्या देखिएको छ । उनीहरुलाई औषधी दिइएको छ । वातावरणीय प्रदुषणका कारण आँखामा समस्या बढि देखिने र कम्प्युटर स्क्रिनमा बढी समय काम गर्दा त्यस्तो समस्या देखिने हिमालय आँखा अस्पतालका नेत्र… पुरा पढौ

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौं, १० चैत । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए। नियमित औषधि खाए रोग निको हुने उनी बताउछन्। आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका… पुरा पढौ