स्वास्थ्य

प्रहरी अस्पताललाई दुई करोडको चेक हस्तान्तरण

काठमाडौं, २८ चैत । प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई २ करोडको चेक हस्तान्तरण गरेको छ । अस्पतालको ३९औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरे । सो अवसरमाप्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पु¥याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गरे । स्पताल सार्वजनिक चासोको क्षेत्र भएको र अस्पतालले… पुरा पढौ

८ वर्षमा रामपुर अस्पताल निर्माण

पाल्पा, २७ चैत । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ। नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन्। यस अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए तापनि पन्ध्र शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतम बताउँछन्। “पचास… पुरा पढौ

पाटन प्याथ ल्याबद्वारा २ हजार ५ सय जनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, २७ चैत । पाटन प्याथ ल्याब प्रा।लि। ले ललितपुरको दक्षिण भेगका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम हालै सम्पन्न गरेको छ । ल्याबले २ महिनामा हरेक शनिबार गरेर निःशुल्क शिविर सम्पन्न गरेको हो । ललितपुरको दक्षिणी भेगका छम्पी, लेले, टिकाभैरव, बज्रबाराही, कुपण्डोल र महालक्ष्मीस्थानमा २ हजार ५ सय जनालाई निःशुल्क सेवा दिएको छ । उक्त शिविरमा पाटन प्याथ ल्याबकी सञ्चालक बिन्दा शाही देसारले दुर्गमका वृद्धवद्धाहरुलाई स्वास्थ्य सम्बन्धी सेवाहरु सहज गराउने उद्धेश्यले यो कार्यक्रम गरेको बताईन् साथै उक्त कार्यक्रमलाई निरन्तरता… पुरा पढौ

प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता

बैतडी, २७ चैत । बैतडीका स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले तीन वर्षमै फिर्ता गरेका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ती दुवै स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको थियो । ग्रामीण सडकमा सञ्चालन गर्न समस्या भएको भन्दै ती एम्बुलेन्स फिर्ता गरिएको स्थानीय तहले जनाएको छन् । पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष वीना भट्टले एम्बुलेन्स बेलाबेलामा बिग्रने गरेका र मर्मतमा धेरै खर्च हुन थालेपछि फिर्ता गरिएको जानकारी… पुरा पढौ

कोरोना बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५६ जना पुगेका छन्… पुरा पढौ

स्वास्थ्य बीमा ७७ जिल्ला र ७४८ स्थानीय तहमा विस्तार

काठमाडौं, २५ चैत । स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले विषेश ध्यान दिएको छ । स्वास्थ्य बीमाबारे आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बीमा सङ्ख्या विस्तार हुने क्रम बढ्दै गएको बताए। उनले बीमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि सबै तह, निकाय जिम्मेवारी हुनुपर्नेमा जोड दिए। “आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सञ्चालन भइरहेको बीमा सबैको साझा रहेकाले यसको… पुरा पढौ

खोप लगाउन छुट्ने नेपालगञ्जका बालबालिकाको खोजी

नेपालगञ्ज, २४ चैत । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार पालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको हो । अभियान प्रभावकारी बनाउन वडा–वडामा गोष्ठी, खोप सुनिश्चितता र कार्ययोजना तयार गरिएको बस्नेतले… पुरा पढौ

स्वास्थ्य विभागको टोलीद्वारा डायलासिस सेवाकाे निरीक्षण

दोधारा चाँदनी, २४ चैत । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ । स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा जगदिश जोशी, वरिष्ठ कंसल्टेन्ट नेप्रोलोजीस्ट डा जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिनाले सञ्चालनको तयारीमा रहेको डायलासिस सेवाको निरीक्षण गरेका हुन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अवस्थामा स्वास्थ्य सेवा विभागबाट अनुमतिका लागि… पुरा पढौ

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्यको सेवा थप गर्न माग

पोखरा, २३ चैत्र । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्यको सेवा थप गर्न माग गरिएको छ । अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा बहिरंग मात्र रहेकाले उक्त सेवा लिन जाने सेवाग्राहिहरुलाई भर्ना गरेर राख्नु परेमा त्यो सुबिधा नभएको हुदाँ उक्त सुबिधा थप गर्न माग गरिएको हो । बिहिवार पोखरामा रहेका बिभिन्न अधिकारवादी, सामाजिक, संघ-संस्थाको टोलिले संयुक्त रुपमा ज्ञापन पत्र मार्फत अस्पतालका प्रमुख डा. भरत खत्री समक्ष ज्ञापन पत्र पेस गर्याे । ज्ञापन पत्र बुझाउनेहरुमा इन्सेक, कोशिस, कोपिला नेपाल, शक्ति समूह,… पुरा पढौ

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

बैतडी, २३ चैत । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या दश लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। कैलालीमा सात लाख ३२ हजार सात… पुरा पढौ